शाहीकालिन मन्त्री एवम् व्यापारी रूप ज्योति विमानस्थलबाट पक्राउ
नेपालबहस संवाददाता
कात्तिक २१, २०७६ शुक्रबार ३:४४:११
२१ कार्तिक, काठमाडौं । ल्यान्डमार्क डेभलपर्स प्रालिका नाममा हाउजिङ बनाउने भन्दै विभिन्न व्यक्ति एवम् व्यापारीहरुसँग करोडौैं रुपैयाँ ठगी गरेको आरोपमा शाहीकालिन पूर्वअर्थ सहायकमन्त्री एवं ज्योति ग्रुपका उपाध्यक्ष रूपज्योति कंसाकारलाई प्रहरीले आज साँझ त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ ।
शाहीकालिन मन्त्री पक्राउको तयारी शिर्षकमा नेपालबहस डटकमले केही घण्टा अगाडिमात्र समाचार सम्प्रेशण गरेको थियो । समाचार स्राेतका अनुसार महानगरीय प्रहरी परिसरको टोली उनी काठमाडाैं आउँदै गरेकाे गाेप्य सुचना पाएपछि ज्याेतिलाई पक्राउ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकाे थियाे । सिल्क एयरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ल्याण्ड भएका व्यवसायी ज्योतिलाई पक्राउ गरेसँगै अदालतले दिएकाे आदेश कार्यान्वयन भएकाे छ ।
काठमाडौं प्रहरी परिसरले उनलाई व्यापक खोजी गरिरहेको थियो । प्रहरीले पक्राउ गर्ने डरले उनी भुमिगत शैलीमा कहिले देश त कहिले विदेशका विभिन्न ठाउँमा लुकिछिपी बस्दै आएका थिए । ठगीको आरोपमा यसअघि नै पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेश कार्यान्वयन नगर्न माग गर्दै रूपज्योतिका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिट हिजो सर्वोच्चले खारेज गरेपछि रूपज्योतिलाई पक्राउ गर्ने बाटो खुलेको थियाे । हेर्नुहोस् थप समाचार
शाहीकालिन मन्त्री पक्राउको तयारीमा प्रहरी !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीआईजी पोखरेलको बढुवा सिफारिसमा गृहमन्त्रीकै कमजोरी
असार २२, २०८१ शनिबार
काठमाडौं प्रहरीको आधुनिक नयाँ भवन बन्यो, अब भद्रकालीबाट सेवा प्रदान गर्ने
असार २१, २०८१ शुक्रबार
ललितपुरबाट ५० लाख नगद र सुन गाल्ने मेसिनसहित शंकास्पद करोबारमा संलग्न ५ जना पक्राउ
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार
आज यी ठाउँहरुमा अति भारी वर्षा हुने
असार २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २२, २०८१ शनिबार
पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा
असार २२, २०८१ शनिबार
देशभर बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ६ बेपत्ता
असार २२, २०८१ शनिबार
पुराणेषु नेपालविषयकंः रचनागर्भ नियाल्दै नेपालका पुण्यक्षेत्रको भ्रमण गर्दा
असार २२, २०८१ शनिबार
काठमाडौं डुबानबारे बालेनको प्रश्न : केपी ओलीज्यू भोटको राजनीति सँधै गरिरहने हो ?
असार २२, २०८१ शनिबार
बिपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा
असार २२, २०८१ शनिबार
जंगली च्याउ खाँदा तनहुँमा ३ जना बिरामी
असार २२, २०८१ शनिबार
राप्ती नदीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारियो
असार २२, २०८१ शनिबार