पश्चिमी सीमामा सधैं समस्या
नेपालबहस संवाददाता
कात्तिक २२, २०७६ शुक्रबार १३:५२:५५
२२ कार्तिक, काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित विभिन्न पत्रपत्रिकाले भारत सरकारले हालै प्रकाशित गरेको नयाँ नक्साबारे प्रमुख समाचार छापेका छन् । यसका साथै पत्रपत्रिकाले विभिन्न फरक-फरक विषयका समाचारलाई पनि प्राथमिकता दिएर प्रकाशन गरेका छन् ।
नागरिक दैनिकमा ‘पश्चिमी सीमामा सधैं समस्या’ शीर्षकमा प्रमुख समाचार छ । दार्चुलाको व्यास गाउँपालिकाको त्रिदेशीय सीमाक्षेत्रमा भारतीय अतिक्रमण भएको पाँच दशक नाघिसकेको छ । वडा नम्बर १ साबिकको व्यास गाविस चीन र भारतसँग सिमाना जोडिएको त्रिदेशीय बिन्दु भए पनि नेपालको राज्यसंयन्त्रको पहुँच बाहिर छ, जसका कारण यहाँ भारतीय दबदबा रहँदै आएको छ ।
समाचारमा लेखिएको छ, ‘यसअघि पनि नेपाली भूभागमा भारतीय पक्षले मनलाग्दी गतिविधि गरिरहेको सूचना नेपाल सरकारले नपाएको भने होइन् । तर राज्यको प्रतिक्रिया स्थानियले सुन्न पाएका थिएनन् ।’ तर भारतले हालै प्रकाशित गरेको नयाँ नक्साका कारण मिचिएका कालापानी, लिपुलेकलगायतबारे देशव्यापी चर्चा चलेको छ । सिमाबारे यतिबेला राम्ररी चर्चा चल्न थालेपनि भारतले नेपालको पश्चिमी क्षेत्रमा सन् १९६२ देखि नै अतिक्रमण गर्दै आएको देखिन्छ ।
समाचारमा समेटिए अनुसार, सुगौली सन्धी अनुसार नेपाल र भारतको सिमा काली नदी हो । भारतले ३० किलोमिटर पूर्व कृत्रिम नदी बनाई त्यसलाई ‘काली’ र त्यसबेलादेखि नै पश्चिमको भूभाग अतिक्रमण हुन थालेको हो ।
गोरखापत्र दैनिकमा सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कालापनी नेपालको भूमि भएको र छिमेकी भारतले सानो चित्त बनाउन नहुने बताएको समाचारले समाचारले प्राथमिकता पाएको छ । समाचारमा लेखिए अनुसार मन्त्री बाँस्कोटाले कालापानी क्षेत्रमा मात्र नभई अन्यत्र पनि सीमासम्बन्धी समस्या रहेको र तिनलाई कूटनीतिक र राजनीतिक पहलद्वारा ऐतिहासिक तथ्य र प्रमाणका आधारमा टुंग्याइने बताए ।
गोरखापत्रले राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो नेपाली चलचित्र सम्पादन गर्ने वैकुण्ठ मास्केलाई सम्मान गरेकाे समाचारलाई पनि प्रथम पृष्ठमै प्रकाशित गरेको छ ।
कान्तिपुर दैनिकमा भारतले कालापनी लगायतका भूभाग अतिक्रमणमा परेको भन्दै नेपालमा विरोध चर्किंदै गएपछि भारती पक्षले दिएको प्रतिक्रियालाई समाचार बनाइएको छ । समाचारमा उल्लेख गरिए अनुसार भरतले आफूले जारी गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालमा भइरहेको विरोधका सन्दर्भमा पहिलोपटक औपचारीक प्रतिक्रिया दिएको छ ।
उक्त नक्साले ‘भारतको सार्वभौम भूभागलाई सही ढंगले चित्रण गरेको’ र ‘नेपालसँग सीमामा कुनै फेरबदल नगरिएको’ दाबी भारतीय पक्षले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा हावा हुरीले एफएमको टावर ढल्यो, दर्जनौं घरको छाना उडायो
असार ७, २०८१ शुक्रबार
सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार