कैलालीको टिकापुरबाट एनसेलको वाईफाई सेवा सुरु
नेपालबहस संवाददाता
कात्तिक २२, २०७६ शुक्रबार १४:२१:७
२२ कार्तिक, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले मोबाइल सेवाबाहेक वाईफाई सेवा पनि सुरु गरेको छ । कम्पनीले ‘रेडियो रिसिभर ट्रान्समिटर’मा आधारित रहेर पहिलोपटक यस्तो सुरु गरेको जनाएको छ ।
कम्पनीका अनुसार फोरजीका लागि प्राप्त फ्रिक्वेन्सीकै आधारमा यस्तो सेवा सम्भव भएको हो । जीएसएमका लागि प्राप्त फ्रिक्वेन्सीमार्फत नै उपलब्ध गराइने वाईफाई नेपालको सन्दर्भमा भने पहिलोपटक नै भएको कम्पनीको दाबी छ । एनसेलले हाल १८ सय ब्यान्डमा ११ मेगाहर्ज फ्रिक्वेन्सीमा फोरजी सेवा उपलब्ध गराइरहेको छ ।
कम्पनीका अनुसार तत्कालका लागि यो सेवा कैलालीको टीकापुरमा परीक्षणका रूपमा सञ्चालन गरिएको छ । इन्टरनेट सेवा प्रदायकको खास उपस्थिति नभएका क्षेत्रमा यस्तो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।
वायरलेस ब्रोडब्यान्ड इन्टरनेट प्रयोगका लागि राउटरको प्रयोग गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ । यस्तो राउटर कम्पनीले आफै निःशुल्क उपलब्ध गराउने छ ।
यद्यपि यो बजारमा उपलब्ध राउटरभन्दा फरक प्रकृतिको हुने कम्पनीले स्पष्ट पारेको छ । यस्तो राउटरले फोरजीका लागि प्रयोग भइरहेको फ्रिक्वेन्सी उपयोग गर्ने क्षमताको हुने पनि कम्पनीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गम पलाँतामा टेलिकमको टावर सञ्चालन
पुष १, २०८१ सोमबार
टेलिकमको टावर सञ्चालनमा आएपछि फोरजी सेवा सञ्चालन
मंसिर १९, २०८१ बुधबार
नेपाल टेलिकममा रोबोट सेवा सुरु
मंसिर २, २०८१ आइतबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
एनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार