अष्ट्रेलियामा डढेलोमा परी तीनको मृत्यु, १५० घरमा पूर्ण क्षति
नेपालबहस संवाददाता
कात्तिक २३, २०७६ आइतबार ५:१८:४०
२३ कार्तिक एजेन्सी । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाक्लो बस्ती नजिक झाडीबाट सल्किएको डढेलोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १५० घरमा पूर्ण क्षति भएको त्यहाँका अधिकारीहरूले बताएका छन् ।
आगलागीका कारण हजारौँ नागरिक विस्थापित भएका बताइएको छ । बस्ती वरपर लागेको डढेलोका कारण सामुद्रिक शहर फोस्टर र बोबिनमा तातो हावा र धुवाँका कारण दर्जनौ व्यक्ति बिरामी परेका बताइएको छ । सबैस्थलमा अग्नि नियन्त्रक तथा उद्धार टोली पुग्न कठिनाइ भएको बताइएको छ । घटनामा आगोले जलेका केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको र मृतक सङ्ख्या बढ्न सक्ने बताइएको छ ।
डढेलो ग्रामीण बजाररहेको बस्तीमा पसेपछि भएको हताहतीको पूर्ण विवरण आउन अझै बाँकी रहेको छ । प्रारम्भिक जानकारीमा करीब १५० घरधूरी खरानीमा परिणत भएका छन् । उक्त क्षेत्रमा करीब १०० स्थानमा लागेको डढेलो निभाउनका लागि एक हजार ३०० अग्नि नियन्त्रक टोली पठाइएको र आवश्यकताअनुसार सेनालाई पनि सहयोगका लागि आग्रह गर्न लागिएको अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बताउनुभएको छ । घटनापछि कैयौँ व्यक्ति हराएका छन् भने स्थानीय सयौँ व्यक्तिले डढेलो नियन्त्रणका लागि स्वयम्सेवकका रूपमा निरन्तर काम गरिरहेका छन् ।
शनिबार हावाहुरी केही कम भएका कारण डढेलो नियन्त्रणमा केही सहजता मिलेको बताइएको छ । डढेलो करीब एक हजार किलोमिटर क्षेत्रमा फैलिएको रिपोर्टहरूमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
अर्बौं वर्षअघि चन्द्रमाको टाढाको भागमा ज्वालामुखी विस्फोट : अनुसन्धान
कात्तिक ३०, २०८१ शुक्रबार
श्रीलंकामा राष्ट्रपति अनुराकुमाराको दललाई दुई तिहाइ बहुमत
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
पश्चिमी तथा स्थानीय वायुको प्रभावः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
मंसिर १, २०८१ शनिबार
सीमा सुरक्षालाई बलियो बनाउन आजदेखि काठमाडौंमा एपिएफ–एसएसबी आठौं समन्वयात्मक बैठक
मंसिर १, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १, २०८१ शनिबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार