विपद् व्यवस्थापनको जिम्मेवारीमा नेपाल अगाडि : शुशिल ज्ञवाली
नेपालबहस संवाददाता
कात्तिक २४, २०७६ आइतबार १३:५२:४०
४ कार्तिक काठमाडौं । दक्षिण एशिया क्षेत्रीय स्तरको विपद् प्रतिकार्यलाई थप प्रभावकारी बनाउन सार्क क्षेत्रका सदस्य राष्ट्रहरुका प्रतिनिधिहरु, रेडक्रसका प्रतिनिधिहरु तथा संयुक्त राष्ट्रसंघीय र साझेदार निकायहरुको वीच तीन दिने पूर्वतयारी छलफल कार्यक्रम काठमाडौंको बुढानिलकण्ठमा सम्पन्न भएको छ ।
कार्यक्रममा विपद्का दृष्टिकोणले अति संवेदनशील क्षेत्रमा रहेको दक्षिण एशियामा मौसम परिवर्तन र तापमान बृद्धिको कारणले मानिसहरु अझ समस्यामा पर्नसक्ने भएकोले सार्क क्षेत्रमा द्रुत प्रतिकार्य सम्बन्धी ठोस कार्य गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
प्राकृतिक विपद्को समयमा सार्क क्षेत्रमा द्रुत प्रतिकार्य सम्बन्धी सार्क सदस्य राष्ट्रहरुवीचको सम्झौता SAARC Agreement on Rapid Response to Natural Disasters को कार्यान्वयनलाई प्रभावकारी बनाउन सहयोग गर्न सार्क सचिवालय र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको संयूक्त आयोजनामा सो कार्यक्रम आयोजना गरिएको हो ।
यस अघि कार्यक्रमको सुभारम्भ गर्दै नेपाल सरकारको तर्फबाट राष्टिय पुननिर्माण प्राधिकरणका प्रमुख शुशिल ज्ञवालीले भने “आवास तथा पूर्वाधार निर्माणमा नयाँ प्रविधि अपनाउने र स्थानीय वासिन्दा तथा स्थानीय तहले नै विपद् व्यवस्थापनको जिम्मेवारी लिने अवस्थामा नेपाल अगाडि बढिरहेको छ । ”
अफगानस्तान, बंगलादेश, भुटान, मालदिप्स, नेपाल, पाकिस्तान र श्रीलंकाका सरकारी प्रतिनिधिहरु र ती देशका रेडक्रस रेडक्रिसेन्टका प्रतिनिधिहरु र सार्क सचिवालय, सार्क खाद्य वैँक, युएन ओचा, विश्व खाद्य कार्यक्रम, एडिपिसी, युनिसेफ नेपाल, आइसीआरसी नयाँदिल्ली क्षेत्रीय कार्यालय र स्वीस रेडक्रसका प्रतिनिधिहरुले नोभेम्बर ४ देखि ६ सम्म छलफल गरेका थिए भने भारत समेतका सवै देशका रेडक्रस रेडक्रिसेन्टका प्रतिनिधिहरुले शुक्रबारसम्म सहयोगी भूमिकासम्बन्धमा पुरक छलफल गरेका थिए ।
बैठकले प्राकृतिक विपद्को समयमा सार्क क्षेत्रमा द्रुत प्रतिकार्य सम्बन्धी सार्क सदस्य राष्ट्रहरुवीचको सम्झौता SAARC Agreement on Rapid Response to Natural Disasters को कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सवै सदस्य देशहरुमा कानुनी र नीतिगत तयारी गर्न, एक आपसको सिकाईलाई थप ध्यान दिन तथा सुचना, सञ्चार र चेतना वढाउन आव्हान गरेको छ ।
विपद पूर्वतयारी र अल्पिकरणमा सार्क सचिवालयले रेडक्रसको महासंघसँग मिलेर कार्यगर्ने बताउँदै सार्कका महासचिव Amjad Hussain B Sial ले सार्क क्षेत्रीय स्तरमा विपद्ले पार्ने प्रभावको अध्ययन भैसकेको र सवै सदस्य देशहरुबीच वातावरण संरक्षण तथा विपद व्यवस्थापनको क्षेत्रमा स्रोतको सहभागिता गर्दै पृथ्वीलाई राम्रो बनाउने सहमति गरिएको जानकारी दिए ।
वढ्दो शहरीकरणका बीच पानीको नजीक रहेका दक्षिण एशियाका मुख्य शहरहरु जलवायु परिवर्तनको कारण वढी जोखिममा रहेको बताउँदै रेडक्रसका अन्तराष्ट्रिय महासंघका निर्देशक Mr. Xavier Castellanos ( Regional Director, IFRC, Asia Pacific) ले विकाससँग विपद पनि जोडिएकाले बाटो, बन्दरगाह, पुल लगायतका भौतिक पूर्वाधारहरु राम्रो बनाउन सके विपदको समयमा सहयोग गर्न सघाऊ पुग्ने धारणा व्यक्त गरे।
युएन ओचा एशिया प्रशान्त क्षेत्रीय कार्यालयका प्रमुख Ms. Amy Martin (Head Asia Pacific Regional Office, OCHA) ले समुदायलाई केन्द्रमा राखी विकास प्रकृयाहरु अघि वढाउनुपर्ने आवश्यकता औँल्याए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपश्चिमी तथा स्थानीय वायुको प्रभावः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
मंसिर १, २०८१ शनिबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
पश्चिमी तथा स्थानीय वायुको प्रभावः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
मंसिर १, २०८१ शनिबार
सीमा सुरक्षालाई बलियो बनाउन आजदेखि काठमाडौंमा एपिएफ–एसएसबी आठौं समन्वयात्मक बैठक
मंसिर १, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १, २०८१ शनिबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार