उपनिर्वाचन २०७६ : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन
नेपालबहस संवाददाता
कात्तिक २४, २०७६ आइतबार १५:४८:४८
२४ कार्तिक, काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागी प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दर्ता गराएकाहरूको अन्तिम नामावली आज प्रकाशित गर्ने भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानमा मंसिर १४ हुने उपनिर्वाचनका लागि आयोगले कात्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । प्रतिनिधिसभाको १ र प्रदेशसभाको ३ रिक्त स्थानका लागि ६५ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आयोगले शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उजुरी दिने समय निर्धारण गरेको थियो । आयोगले २३ गते दिउँसो साढे १ बजेसम्म उजुरीउपर जाँचबुझ गरी उम्मेदवारहरूको नामावली प्रकाशन गरिसकेको छ ।
आइतबार उम्मेदवारी फिर्ता लिने समय दिएको आयोगले यो सकिएलगत्तै अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको निर्वाचन आयोगले जनाएको छ ।
विभिन्न कारणले रिक्त प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी मनोनयन कात्तिक २१ गते नै भइसके पनि स्थानीय तहको मनोनयन कात्तिक २७ का लागि तय गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार
प्रेस चौतरी नेपालको महाधिवेशन फागुन २३ गतेदेखि २५ सम्म
पुष १७, २०८१ बुधबार
पनौती नगरपाकिाले बाढीप्रभावित क्षेत्रमा सम्पत्ति कर छुट दिने
पुष १७, २०८१ बुधबार