देशभर विभिन्न कार्यक्रम आयोजना गर्दै “लौहपुरुष” सिंहको सम्झना
नेपालबहस संवाददाता
कात्तिक २४, २०७६ सोमबार १:४६:३२
२४ कार्तिक, काठमाडौं । लौहपुरुष तथा २०४६ सालका जनआन्दोलनका कमान्डर स्व. गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहको १०५औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस काठमाडौं र गणेशमान सिंह फाउन्डेशनको आयोजनामा आज शोभाभगवतीमा रहेको उनको सालिक माल्यार्पण गरिएको हो ।
कांग्रेस नेता राजनकुमार केसीले प्रजातन्त्र सुदृढ गर्न स्व. गणेशमानका आदर्शलाई व्यावहारिक रूपमा अनुसरण गर्नुपर्ने बताए । सोही पार्टीका जिल्लासभापति सबुज बानियाँले विवादित कम्युनिस्टलाई एक ठाउँमा ल्याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।
स्व. सिंहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइएको छ । कांग्रेसका जिल्ला तथा भ्रातृ संगठनले सिंहको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरेका थिए ।
गणेशमानका आदर्श आत्मसात् गर्नुपर्नेमा जोड
पोखरामा आयोजित कार्यक्रममा गणेशमानका आदर्शलाई आत्मसात गर्नुपर्नेमा जोड दिइएको छ । जन्मजयन्तीका अवसरमा पोखरा महानगरपालिका–४ स्थित गणशमानको सालिकमा माल्यार्पण गर्दै वक्ताहरूले प्रत्येक राजनीतिकर्मीले राष्ट्रप्रतिको त्याग र समर्पण गणेशमानबाट सिक्नुपर्ने बताए ।
कांग्रेस नेता एवं कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेलले गणेशमानको आदर्शबाटै आफू राजनीतिमा प्रेरित भएको बताउँदै व्यक्तिगतरूपमा केही पाउने र गुमाउनेभन्दा पनि समाज र राष्ट्रप्रतिको योगदानका लागि आफ्नो उम्मेदवारी भएको बताए ।
राजनीतिक यात्रामा पद र सुविधालाई गणेशमानले कहिल्यै पनि प्राथमिकतामा नराखेको उल्लेख गर्दै पौडेलले उनले प्रत्येक राजनीतिक दलका लागि अनुकरणीय भएको उल्लेख गरे । पूर्वमन्त्री यज्ञबहादुर थापाले गणेशमान सिंहले नेपालको प्रजातन्त्रिक आन्दोलनमा अतुलनीय योगदान गरेको उल्लेख गर्दै सिंह देश र जनताप्रतिको त्याग र बलिदानको पर्याय जस्तै बनेको धारणा राखे ।
कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि पार्टीले लामो समय देश र जनताका लागि क्रियाशील व्यक्तिलाई उम्मेदवार बनाएको बताउँदै उनले सिङ्गो पार्टी पङ्क्ति चुनावमा क्रियाशील बनेर लागेको उल्लेख गरे । सो अवसरमा उम्मेदवार पौडेल, पूर्वमन्त्री थापासहित पार्टीका क्षेत्रीय सभापति माधवप्रसाद बाँस्तोला, पूर्व क्षेत्रीय सभापति निर्मल कर्माचार्यलगायतले गणेशमानको सालिकमा माल्यार्पण गरे । पार्टीले कास्की क्षेत्र नं २ मा आजैदेखि घरदैलो कार्यक्रम शुरु गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार