दाराज डटकम चम्किन नपाउँदै थन्किने बाटोमा, कारोवार र उपभोक्ता ठगी बढेपछि विभागले थाल्यो कारवाही
नेपालबहस संवाददाता
कात्तिक २६, २०७६ मंगलबार १९:४९:४२
२६ कार्तिक, काठमाडौं । नेपालमा नम्बर वान इ–कमर्श साइट भएको दावा गर्ने दराजडटकममाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छानबिन सुरु गरेको छ । नेपालमा दराजले विस्तार गर्दै गरेको व्यापारको वैधता र उपभोक्ताको व्यापक गुनासोपछि विभागले दराजमाथि एक्सन लिएको हो ।
अनलाइन सपिङ कम्पनी दराजले उपभोक्ता ठग्दै आएको गुनासो बढेपछि कागजपत्र नियन्त्रणमा लिएर गत शुक्रवारदेखि नै अनुसन्धान थालेको छ । टोलीले दराज कम्पनीका कारोबारसम्बन्धी विवरण नियन्त्रणमा लिएर अध्ययन गरिरहेको स्रोतले नेपालबहस डटकमलाई जानकारी दिएकोछ । विसं २०७३ फागुन १४ गते कम्पनी रजिस्टारको कार्यालयमा क्यामु दराज कम्पनी प्रालिको नाममा दर्ता भएपछि ठुलै तामझामका साथ यसले नेपाली बजारमा आफ्नो प्रभाव बढाउने कार्य गरेको थियो ।
कम्पनी अनलाइन विज्ञापन, सफ्टवेयर विकास र कार्गो उद्योग संचालन गर्ने भन्दै उद्योग विभागमा दर्ता भएको देखिएको छ । चिनियाँ कम्पनी अलिबाबासँगको सहकार्य र विदेशी लगानीसमेत भित्र्याएको उक्त कम्पनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा भने दर्ता नभएको थाहा भएको छ तथापी कानुनतः कुनै पनि कम्पनीले व्यापारका लागि वाणिज्य विभागका दर्ता हुनुपर्ने कानुनी प्रावधान रहेकोछ।
अनुसन्धानका क्रममा उपभोक्ता कुनै वस्तु तथा सेवाको खरिदमा मूल्य र गुणस्तरमा ठगिएको भेटिए उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही गर्ने विभागले जानकारी दिएको छ । टोलीले संस्थाको नियमावली र प्रबन्धपत्र झिकाएर अध्ययन गर्ने तयारी थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार