ओलीको बढ्दो सक्रियताको राज के हो ?
नेपालबहस संवाददाता
कात्तिक २६, २०७६ मंगलबार २२:४८:५
२६ कार्तिक, काठमाडौं । रोगले जति चाप्दै लगेको छ, प्रधानमन्त्री खड्गप्रसाद ओली त्यति नै सक्रिय हुन थालेका छन् । आम नागरिकमा आखिर बिमारी शरीर लिएर किन सक्रिय राजनीति गर्दै छन् त ओली ? भन्ने प्रश्न उठ्नु स्वभाविक पनि हो । गएको साता उनको पुरानो बिमार बल्झेर मृगौलाको डायलिस थालियो, उनको राजनीतिक सक्रियता पनि झनै बढ्न सुरु भयो ।
जति बिमार बढ्छ, उत्तिनै काम गर्ने जोश जाँगर र हौसला बुलन्द हुन थालेको छ, ओलीको । ओलीको यो सक्रियतालाई धेरैले अनौठो मानेका छन् । चिकित्सक पनि ओलीले पूर्ण रुपमा आराम गर्नुपर्ने बताउँछन्, तर उनको राजनीतिक सक्रियता भने उत्कर्षमा पुगेको हुन्छ ।
आफूले राजनीतिक रुपमा विश्राम लिनु अघि उनी बलियो उत्तराधिकारीको टिम तयार गर्न चाहन्छन्, त्यसैले शंकर पोखरेललाई प्रदेशबाट केन्द्रीय तहको राजनीतिमा तान्ने तयारी गरिएको हुनसक्छ । यतिले मात्रै ओलीको काम गर्ने हुटहुटी घटेको छैन ।
संभवतः ओली आफ्नो राजनीतिक उत्तराधिकारीलाई स्थापित गर्न यसरी जोशिएका होलान् :– राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी भन्छन् । म आफैं पनि मृगौलाको रोगी हुँ, मलाई थाहा छ रोगले च्यापेपछि आराम गर्नुपर्छ, तर ओलीमा उल्टो स्वभाव देखिएको छ : केसी भन्छन् ।
यो सक्रियता भनेको राजनीतिक उत्तराधिकारीकै लागि हुनुपर्छ :– उनी भन्छन् । सायद सबै काम टुंग्याएर ओली निबृत्त हुन चाहन्छन् । त्यसैले उनी रोगले गाँज्दै गर्दा आप्mनो सहयोगी समूहमै आमूल परिवर्तन गर्न चाहन्छन् ।
त्यसैले आफ्नो सचिवालयका सदस्यहरुलाई मार्ग प्रशस्त गर्न भनिसकेका छन् । प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालमार्फत ओलीले आफ्नो सन्देश प्रवाहित गरेका थिए । अरुले राजीनामा दिइसक्दा पनि रिमाल भने छाड्न तयार छैनन् ।
प्रधानमन्त्री चाहिं रिमालको ठाउँमा ५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई उक्त जिम्मेवारी दिन चाहन्छन् :– स्रोत भन्छ । रिमाललाई भने रिक्त हुन लागेको अमेरिकाको लागि राजदूत बनाउन चाहन्छन् ओली ।
आफूले राजनीतिक रुपमा विश्राम लिनु अघि उनी बलियो उत्तराधिकारीको टिम तयार गर्न चाहन्छन्, त्यसैले शंकर पोखरेललाई प्रदेशबाट केन्द्रीय तहको राजनीतिमा तान्ने तयारी गरिएको हुनसक्छ । यतिले मात्रै ओलीको काम गर्ने हुटहुटी घटेको छैन ।
वामदेव र विष्णु पौडेललाई ओलीले अघि बढाउँदा प्रचण्डको तर्फबाट खासै आपत्ति नभए पनि माधव नेपालको पक्षबाट भने सहज नहुन सक्ने बुझाई छ ।
उनी विगत २० महिना अघि गठन भएका मन्त्रिमण्डलमै व्यापक फेरबदल गर्न तम्सिएका छन् । यसको गृहकार्य उनले लगभग पूरा गरिसकेका छन् । उनी आफ्नो मन्त्रिमण्डलबाट झण्डै १० जनालाई गलहत्याउन चाहन्छन् ।
यसबारे उनले आफ्ना निकट सहयोगी र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी गराइ सकेका छन् । स्रोत भन्छ, प्रधानमन्त्री ओली अहिले पूर्वमाओवादीका तर्फबाट मन्त्री भएका ४ र पूर्व एमाले तर्फबाट बनाइएका ६ जनालाई विदा गर्न चाहन्छन् ।
हिजो बसेको सचिवालय बैठकमै यसबारे छलफल गरेर आजै मन्त्रिमण्डल पुनर्गठन गर्ने उनको तयारी थियो । तर आज मंगलबार बंगलादेशका राष्ट्रपति चार दिवसीय औपचारिक भ्रमणमा आउने भएकाले अहिलेलाई धकेलिएको छ ।
तर आगामी हप्तासम्म मन्त्रिमण्डलमा फेरबदल भइसक्ने स्रोतको दावी छ । प्रधानमन्त्री ओली वामदेव गौतमलाई उपप्रधानमन्त्री बनाएर राजनीतिक सक्रियता कम गर्न चाहन्छन् । यसका लागि ओलीले वामदेवलाई आगामी फागुनमा रिक्त हुने राष्ट्रियसभामा मनोनित गर्ने तयारी गरेको स्रोत बताउँछ । तर मन्त्रिमण्डल फेरबदलमा वामदेव पर्ने संभावना स्रोतले औंल्याएको छ ।
संविधान अनुसार, मन्त्री भएको व्यक्ति ६ महिना भित्र सांसद भैसक्नुपर्ने छ । वामदेवलाई बिना विभागीय उपप्रधानमन्त्री बनाएर प्रधानमन्त्रीको सचिवालय जिम्मा लगाउने उनको योजना रहेको छ । यसबारे उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत राजी गराएका छन् ।
तर वामदेवपछि भने महासचिव विष्णु पौडेललाई स्थापित गर्न ओली लालयित देखिएका छन् । यसबारे ओलीले वामदेवसँग छलफल गरेको स्रोत बताउँछ ।
त्यसैले संभवतः पौडेललाई अर्थमन्त्री बनाउने ओलीको चाहना रहेको स्रोतको भनाई छ । किनभने वामदेव त्यति भरपर्दा नेता नभएको ओलीको ठहर छ । त्यसैले सुरुमा वामदेवलाई उपप्रधानमन्त्री बनाउने र पछि विष्णु पौडेललाई स्थापित गर्ने ओलीको रणनीति रहेको जानकारहरु बताउँछन् ।
यसो गर्दा पार्टी भित्र राम्रै कसरत गर्नु पर्ने हुन्छ । वामदेव र विष्णु पौडेललाई ओलीले अघि बढाउँदा प्रचण्डको तर्फबाट खासै आपत्ति नभए पनि माधव नेपालको पक्षबाट भने सहज नहुन सक्ने बुझाई छ ।
त्यसैले मन्त्रिमण्डल पुनर्गठन गर्दा माधव नेपालका सम्धी समेत रहेका नेता सोमप्रसाद पाण्डेलाई समेत समेट्ने तयारी भइरहेको बताइन्छ । यसबारे ओलीले माधव नेपालसँग खासै छलफल गरी सकेका छैनन् ।
पार्टी भित्रको सन्तुलन मिलाउन भने उनलाई हम्मे–हम्मे नै पर्ने देखिन्छ । झलनाथ खनाललाई कसरी व्यवस्थापन गर्ने ? योे विषय पनि पेचिलो छ । साथै, राष्ट्रपति विद्यादेवी भण्डारीको पनि कोटा मिलाउनुपर्ने वाध्यता प्रधानमन्त्रीका सामु छ ।
नेपाल पनि सानोतिनो प्राप्तिमै रमाउने नेताको पहिचान बनाउने मध्येका भएकाले जे पनि हुन सक्ने स्रोतको भनाई छ । यस्तै अब हुने नयाँ मन्त्रीमा ओलीले आफ्ना प्रखर आलोचक मध्येका घनश्याम भुषाललाई समेत समेट्न सक्ने संभावना औंल्याइएको छ । साथै भर्खरै पर्यटन मन्त्रीको जिम्मेवारी दिएका योगेश भट्टराईलाई समेत यथावत राख्ने उनको रणनीति रहेको छ ।
यसले माधव नेपाल पक्षलाई समेत समेटेको सन्देश जाने उनको बुझाई छ । तर ओली निकट केही नेता भने यस्तो नगर्न सल्लाह दिंदै छन् । स्रोत भन्छ :– यसपाली चाहिं ओली आफ्नै ब्रम्हले देखेको मात्रै गर्ने सोचमा रहेका छन् ।
प्रचण्डको साथ लिएर उनी चमत्कार गर्ने दाउमा छन् । तर पार्टी भित्रको सन्तुलन मिलाउन भने उनलाई हम्मे–हम्मे नै पर्ने देखिन्छ । झलनाथ खनाललाई कसरी व्यवस्थापन गर्ने ? योे विषय पनि पेचिलो छ । साथै, राष्ट्रपति विद्यादेवी भण्डारीको पनि कोटा मिलाउनुपर्ने वाध्यता प्रधानमन्त्रीका सामु छ । यस्ता बग्रेल्ती समस्याका बीच ओली भने अन्तिम कसरतमा जुटेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार