मोदी प्रशासनको कारण केसीको १७ औं अनशन तोडियो, के लेखे त खुलापत्रमा ?
नेपालबहस संवाददाता
कात्तिक २६, २०७६ बुधबार ०:२:३६
२६ कार्तिक, काठमाडौं । स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै अनशनरत प्रा.डा. गोविन्द केसीको १७ औं अनशन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रशासनको कारण तोडिन पुगेको छ । आम नागरिकको स्वास्थ्य उपचार प्रति सरकार संवेदनहिन भएको, दलगत स्वार्थका कारण नेपालको स्वास्थ क्षेत्रमा विकृति फैलिएपछि चिकित्सा शिक्षा ऐन संशोधनको प्रमुख माग राखेर उनी डडेल्धुरामा सत्याग्रह बसेका थिए ।
वरिष्ठ चिकित्सक डा. केसीले आफ्नो १७ औँ सत्याग्रह अचानक आज स्थगन गर्नुपरेको छ । मङ्गलबार नवौँ दिनमा केसीले आफ्नो सत्याग्रह स्थगन गरेको घोषणा गरेका छन् । डा. केसीले डडेल्धुराको अमरगढी नगरपालिका–४ बस्ने चार वर्षीय बालक श्रीयान्स जैरुबाट सुन्तलाको जुस खाएर १७ औँ अनशन नवौँ दिनमा स्थगन गरे । राष्ट्रियताको संवेदनशील विषयमा जनस्तरबाट आवाज उठिरहँदा देशवासीको संवेदनालाई ख्याल गर्दै सत्याग्रह स्थगन गरेको उनले विज्ञप्तिमार्फत बताएका छन् ।
प्रा. डा. केसीले स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार तथा सुशासनका लागि आफ्नो लडाइँ जारी नै रहने स्मरण पत्रकारहरूमार्फत गराएका छन् । सरकारले आफ्नो माग पूरा नगरे पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने उनले बताएका छन् । सत्याग्रहकै बीचमा भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको समाचारले अरू नेपाली नागरिकजस्तै आफू पनि स्तब्ध भएको केसीले बताएका छन् ।
“आम नागरिकमा राष्ट्रियताको भावना बलियो हुनु राम्रो हो । तर सत्तामा हुनेहरूले राष्ट्रियताको बहाना पारेर कर्तव्यच्यूत हुने, गलत काम गर्ने तथा फरक मतमाथि दमन गर्नका लागि अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने काम गरे भने त्यो स्वीकार्य हुँदैन”, केसीले भनेका छन् । उनले सीमा रक्षा राष्ट्रियताको पहिलो शर्त भएको बताएका छन् ।
हेर्नुहोस् विज्ञप्ति
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज काठमाडौंका यी स्थानमा विद्युत अवरूद्ध हुने
असार २९, २०८१ शनिबार
सिरहामा सर्पले डस्दा महिलाको मृत्यु
असार २९, २०८१ शनिबार
सिमलताल पहिरो अपडेट : हराएका बस र यात्रु खोज्न वाटर ड्रोन र क्यामेरा प्रयोग
असार २९, २०८१ शनिबार
आइतबारदेखि एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री !
नेपालबहस संवाददाता
असार २९, २०८१ शनिबार
आठ दल प्रधानमन्त्रीको विपक्षमा, विश्वासको मत नदिने
नेपालबहस संवाददाता
असार २७, २०८१ बिहिबार
प्रचण्डलाई देउवासँग सम्बन्ध नबिगार्न मेटमणिको सुझाव
नेपालबहस संवाददाता
असार २८, २०८१ शुक्रबार
आइतबारदेखि एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री !
असार २९, २०८१ शनिबार
प्रचण्डलाई देउवासँग सम्बन्ध नबिगार्न मेटमणिको सुझाव
असार २८, २०८१ शुक्रबार
देउवा र ओलीसहितका शीर्ष नेताहरु शीतल निवासमा
असार २८, २०८१ शुक्रबार
भू–क्षय रोक्न गण्डकीमा १६६ योजना निर्माण
असार २९, २०८१ शनिबार
आज काठमाडौंका यी स्थानमा विद्युत अवरूद्ध हुने
असार २९, २०८१ शनिबार
कांग्रेसबाट मन्त्री छनोट गर्न देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
असार २९, २०८१ शनिबार
सिरहामा सर्पले डस्दा महिलाको मृत्यु
असार २९, २०८१ शनिबार
सिमलताल पहिरो अपडेट : हराएका बस र यात्रु खोज्न वाटर ड्रोन र क्यामेरा प्रयोग
असार २९, २०८१ शनिबार
भानु जयन्ती - शोभायात्रा
असार २९, २०८१ शनिबार