आलम प्रकरण : तथ्य बंग्याउन चलखेल
नेपालबहस संवाददाता
कात्तिक २७, २०७६ बुधबार १४:४८:५८
२७ कार्तिक काठमाडौं । राजपुर बमकाण्डसम्बन्धी मुद्दाका आरोपित मोहम्मद आफताब आमल पक्षले बम विस्फोटमा घाइेत भएका भारत सीतामढीका गौरीशंकर राम चमारलाई अपहरण गरी बयान फेर्न लगाएको खुलासा भएको छ ।
मंगलबार बिहान नागरिकसँग सो बम विस्फोटका घाइते तथा साझी चमारले आफूलाई आलम पक्षले अपहरण गरी बयान फेर्न लगाएको बताएका हुन् । बिहारको सीतामढी जिल्ला बैरगनिया मुसाचोक घर भएका चमारले आफूलाई चार दिनसम्म बन्धक बनाएर बयान फेरेको कागज गराएको स्पष्ट पारे ।
आलमविरुद्ध जिल्ला अदालत रौतहटमा थुनछेक बहस चलिरहेको थियो । सोही समय अदालत प्रवेश गर्दै सरकारी साक्षीका रुपमा राखिएका चमारले आफूलाई प्रहरीले पक्राउ गरी जबरजस्ती गलत बयान गर्न लगाएको भन्दै निवदेन दिन लगाएका थिए ।
४ दिनअगाडि भारत सीतामढीकै मुसाचोकस्थित आफ्नो घरमा बसिरहेका बेला ४–५ जना मानिस जिप लिएर आई केही काम छ भनी अपहरण गरी आलमको शिवहर जिल्लास्थित आफ्न्तको घरमा बन्धक बनाएर राखेको बताए ।
मानिसले ‘तिमीलाई जति पैसा चाहिन्छ दिउँला तर अदालत गएर बयान फेर’ भन्दै आधार कार्ड लिई एउटा लिखित कागजमा बलपूर्वक हस्ताक्षर गर्न लगाएको चमारले खुलासा गरे । नागरिक दैनिकले खबर छापेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा हावा हुरीले एफएमको टावर ढल्यो, दर्जनौं घरको छाना उडायो
असार ७, २०८१ शुक्रबार
सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार