मेरो प्रतिस्पर्धा विद्यासँग होइन, नेकपासँग हो :-उम्मेदवार पौडेल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २७, २०७६ बुधबार १८:१०:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/khemraj-poudel_Yk8WZVtgqA.jpg)
२७ कात्तिक,पोखरा । कास्की क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार खेमराज पौडेलले आफ्नो प्रतिस्पर्धा विद्या भट्टराईसँग नभई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग भएको बताएका छन् । बु्धबार बिहानैदेखि पोखरा छोरेपाटनका मतदातासँगको भेटघाटमा सक्रिय पौडेलले यस्तो बताएका हुन् ।
उम्मेदवार पौडेलले भने, ‘मेरो चुनावी प्रतिस्पर्धा विद्यासँग होइन, नेपाल कम्युनिष्ट पार्टीसँग मात्र हो ।’ उम्मेदवार पौडेलले आफूले ६० वर्षको राजनीतिक यात्रामा अहिलेसम्म कसैमाथि केही अन्याय नगरेको स्पष्ट पारे । ‘अब पनि जनतामाथि कत्ति पनि अन्याय हुने काम गर्न मेरो स्वाभिमानले दिंदैन’, उनले भने ।
चुनावी अभियान सशक्त ढंगले अघि बढको भन्दै उम्मेदवार पौडेलले यो चुनावमा सिंगो नेपाली कांग्रेस केन्द्रदेखि जिल्ला हुँदै तल्ला कमिटीहरु एकढिक्का भएको भन्दै खुशी प्रकट गरे । ‘पार्टीका नेता कार्यकर्ताको उत्साहले मलाई नै उर्जा थपेको छ, ममाथि मेरा विद्यार्थी, मेरा समकक्षी लगायत सबैको सहानुभूति र माया छ ।’ आफ्नो उम्मेदवारीले पार्टी, जनता र अन्य दलहरूमा पनि सकारात्मक सन्देश प्रवाह भएको उनले बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र उक्त पार्टीद्वारा सञ्चालित सरकार जुन ढंगले बढ्नुपर्ने हो, जनताको मर्म र भावना अनुसार अघि बढ्न नसकेको उनले बताए । उनले भने, ‘सरकारले जनताको घरघरमा ग्याँस पाइप, रेल, पानी जहाज जस्ता हावादारी कुरा गरेर अघि बढ्दा जनतामा निराशा छाएको छ, जनताले कम्युनिष्ट सरकारको रवैया बुझिसकेका छन्, त्यसैले यो पार्टीको विकल्प खोजिरहेका छन्’, उनले भने नेपाली कांग्रेसको पनि यो सरकारले राम्रोसँग काम गरोस्, संविधानको मर्म र जनताको भावना कदर गर्दै अघि बढोस् भन्ने नै छ तर सरकार उल्टो बाटोमा हिंडिरहेको छ ।’
नेकपाप्रति सामाजिक, राजनीतिक र प्रशासनिक लगायत कुनै पनि क्षेत्रमा सन्तुष्ट हुने ठाउँ नभएको उम्मेदवार खेमराजले बताए । उनले राजनीतिक लगाव, इमान्दारिता, आस्था, संस्कार र संस्कृति बुझेर मत दिन आग्रह गरे । उम्मेदवार खेमराजले आफूले पद प्राप्तिका लागि भन्दा पनि जनताको सेवा गर्नकै लागि चुनावमा होमिएको बताए । ‘पार्टीले दिएको जिम्मेवारी र जनताको आशा भरोषालाई कत्ति पनि तलमाथि हुन दिन्न’, उनले भने ।
कांग्रेस वडासभापति देवराज आचार्यले खेमराज पौडेलले चुनाव नजित्ने कुनै कारण नभएको बताए । उनले भने, ‘मातदाता उत्साहित छन्, पार्टीका सबै संयन्त्र सक्रिय छ, सबै मतदाता भेटेर समस्या बुझेर पार्टीको आफ्नो धारणा राखेका छौं ।’
उनले उम्मेदवार खेमराजको व्यक्तिगत इमान्दारिता, पार्टीगत निष्ठा र त्यागका साथै धर्म, संस्कार र संस्कृति संरक्षणमा खेलेको भूमिका नै चुनाव जित्ने आधार भएको बताए । ‘खेमराजको व्यक्तिगत इमान्दारिताले नै चुनाव जित्न काफी छ भने पार्टीप्रति जनताको विश्वासले झनै बलियो बनाएको छ’, उनले भने ।
टिका लगाइदिएर आशिर्वाद दिए खेमराजलाई
पोखरा–१७ मा घरदैलोका क्रममा मतदाताले उम्मेदवार खेमराज पौडेललाई टिका नै लगाइदिएर आशिर्वाद दिएका छन् । ‘यो चुनाव जसरी पनि जित्नू, धर्म, संस्कार र संस्कृति कुल्चनेलाई परास्त गर्नू’, खमेराजलाई टिका लगाइदिएर एक वृद्धाले दिएको आशिर्वाद थियो यो ।
‘तिमी इमान्दार छौं, कसैको चित्त दुखाएका छैनौ । अझै पनि इमान्दार बन्छौ भन्ने हाम्रो विश्वास छ’, सबैले ढाट्ने काम गरे तिमीले त्यस्तो नगर्नू सक्ने काममात्र गर्नु, झुट नबोल्नु’, अर्की एक वृद्धाको आशिर्वाद थियो, ‘तिमीले संस्कृत विद्या पढेका छौ, तिमीलाई पाप गर्न पक्कै डर लाग्छ । त्यसैले तिमीप्रति भरोषा छ ।’
मतदाताको घरघरमा पुगेका उम्मेदवार खेमराजलाई यस्तै सहानुभूतिको ओइरो लागेको छ । उनले पढाएका कति चेलाहरू खुट्टा समात्न, समकक्षीहरू अंकमाल गर्न आइपुग्दा खेमराज निकै उत्साहित देखिन्छन् । नेकपाका नेता एवं पूर्वमन्त्री खगराज अधिकारी, नेता रामजी बराल जीवन पनि उम्मेदवार खेमराजका चेलाहरू हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
विद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित
फागुन ६, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार