ठूलै परिवर्तनको तयारीमा प्रधानमन्त्रीको गृहकार्य
कुसुम सेञ्चुरी
कात्तिक २७, २०७६ बिहिबार १:४५:२०
२७ कार्तिक,काठमाडौं । मन्त्रिपरिषदमा मात्र होईन, सभामुख, संवैधानिक अंग र राजदूतहरूमा नियुक्ति र हेरफेरको ठूलै तयारीमा प्रधानमन्त्री के.पी. शर्मा ओली जुटेका छन् । हाल भईरहेको बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको ४ दिने नेपाल भ्रमण चलिरहेको हुनाले ३० कार्तिकपछि नियुक्ती र हेरफेरको निर्णय हुन थाल्नेछ ।
प्रधानमन्त्री ओलीले आफ्नो सल्लाहकार लगायत सचिवालयका स्टाफलाई मंसिर १ देखि लागु हुनेगरी पदबाट राजिनामा दिन लगाएका हुनाले मंसिर १ पछि नियुक्तिको क्रम चल्ने देखिन्छ ।
सभामुखको खोजी
कृष्णबहादुर महराले बलात्कार आरोप लागेपछि सभामुखबाट हट्नु परेपछि नयाँ सभामुखको नियुक्ति हुन बाँकी रहेको अहिले एमाले–माओवादी पार्टी एकताको शर्त बमोजिम सभामुख पूर्वमाओवादी पक्षबाट दिईने प्रयास हुनेछ वा चित्तबुझ्दो साटफेर मिलेमा नेकपाका अर्का अध्यक्ष प्रचण्डले सभामुखमा आफ्नो दावी छोड्न सक्छन् ।
अग्नि सापकोटालाई सभामुख बनाउनमा व्यवधान उनलाई लागेको काभ्रेका अर्जुन तामाङ्को हत्या अभियोग हो । वास्तवमा उनी उपरको मुद्दा मुल्तबीमा राखी उनलाई छोडिदिए पनि सर्वोच्च अदालतले सरकारी निगरानीमा राख्नुपर्ने अभियुक्तका रुपमा किटान गरेको छ । त्यसैले उनलाई सभामुख बनाउनु नेकपा र प्रचण्डकै लागि एकदमै महँगो पर्न जानेछ ।
हाल पूर्वमाओवादी पक्षमा सो पदका लागि नेकपाका प्रमुख सचेतक देव गुरूङ्, अग्नि सापकोटा, पम्फा भूषाल, लेखराज भट्ट लाईनमा देखिन्छन् । पूर्व एमालेबाट उपसभामुख भएकी शिवमाया तुम्बाहाङ्फेको तकाई पनि सभामुखमै छ । उनलाई उपसभामुखबाट राजिनामा गराएर मन्त्री बनाईने सम्भावना बढी छ ।
तर देव गुरूङ्लाई सभामुख बनाउन प्र.म. ओली नै मानसिक रुपमा तयार देखिन्नन् । पूर्वसभामुख महराजस्तै गुरूङ पनि अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का मुखर आलोचक मानिन्छन्, जो प्र.म. ओलीकै लागि ठूलो चुनौती हुनपुगेको छ । सरकारले सबै प्रक्रिया पूरा गरी अनुमोदनका लागि संसदमा पठाएको एमसीसी प्रस्ताव सभामुखको हैसियतबाट महराले आलटाल गर्दै रोकेर राखेकोलाई लिएर एक अन्तरवार्तामा प्रधानमन्त्री ओलीले भनेका थिए, “त्यसमा तत्कालीन सभामुखजी (कृष्णबहादुर महरा) ले अलि बेठिक काम गर्नुभयो ।
सरकारले टेबुल गरिसकेपछि अन्यत्रका दृष्टिकोणहरूका आधारमा, छलफलका आधारमा त्यसलाई अनुमोदनका लागि प्रस्तुत नगर्नु कर्तब्यभन्दा परको, सभामुखको पदको हैसियतको अनुशासन पालना नगरेको हो । कसैले उहाँलाई भनिदियो, अलिकति बिलम्ब गर्नुपर्छ । त्यसपछि विभिन्न नेताहरूका अभिव्यक्तिलाई लिएर पनि विचार गरौं भन्नेतर्फ उहाँ (महरा) लाग्नुभयो” (कान्तिपुर, शनिबार २ कात्तिक ०७६) । प्र.म. ओलीले यहाँ ईंगित गरेको ‘अन्यत्र’ भनेको अमेरिका विरोधी पक्ष हो र त्यो भनेको चीन नै हो । त्यसैले देव गुरूङलाई सभामुख बनाउनु भनेको त्यही समस्या बल्झाउनु जस्तो हुने प्र.म. ओलीको धारणा देखिन्छ ।
एउटै पार्टीबाट सभामुख र उपसभामुख दुवै पद लिन नमिल्ने संवैधानिक बाध्यताका कारणले उनको सम्भावना बढी छ । राष्ट्रिय जनमोर्चासँग उपचुनावमा तालमेल पनि भएको छ, सत्तारुढ नेकपा र जनमोर्चाका बीच । त्यही लयमा उपसभामुखको उपहार जनमोर्चाले पायो भने अनौठो नहोला ।
अग्नि सापकोटालाई सभामुख बनाउनमा व्यवधान उनलाई लागेको काभ्रेका अर्जुन तामाङ्को हत्या अभियोग हो । वास्तवमा उनी उपरको मुद्दा मुल्तबीमा राखी उनलाई छोडिदिए पनि सर्वोच्च अदालतले सरकारी निगरानीमा राख्नुपर्ने अभियुक्तका रुपमा किटान गरेको छ । त्यसैले उनलाई सभामुख बनाउनु नेकपा र प्रचण्डकै लागि एकदमै महँगो पर्न जानेछ ।
लेखराज भट्ट र पम्फा भूषाल त उभ्याईएका नाममात्र हुन् । त्यसैले सभामुखमा आफ्नो पक्षको दावी प्रचण्डले छोडेर अन्य विकल्प लिन सक्छन् । ओलीको इच्छा दुईपटक संविधानसभा अध्यक्ष भैसकेका सुवासचन्द्र नेम्वाङमै छ । त्यो पदको लायक त भीम रावल छन् । तर ओलीको छनोटमा रावल अटाउने सम्भावना निकै कम छ ।
उपसभामुख को ?
शिवमाया तुम्बाहाङ्फेको उपसभामुखबाट सम्भावित विदाईपछि उपसभामुख हुनेमा सत्तावृत्तको स्रोतले चित्रबहादुर के.सी.को राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलको सम्भावना भएको बताउँछ । एउटै पार्टीबाट सभामुख र उपसभामुख दुवै पद लिन नमिल्ने संवैधानिक बाध्यताका कारणले उनको सम्भावना बढी छ । राष्ट्रिय जनमोर्चासँग उपचुनावमा तालमेल पनि भएको छ, सत्तारुढ नेकपा र जनमोर्चाका बीच । त्यही लयमा उपसभामुखको उपहार जनमोर्चाले पायो भने अनौठो नहोला ।
अहिलेको जटिल परिस्थितिमा मूख्य विपक्षी दल नेपाली कांग्रेसलाई विश्वासमा लिएर हिंड्नुपर्छ भन्ने समझ्दारी ओलीले लिए भने कांग्रेसबाट उपसभामुख हुनेमा पुष्पा भूषालको नाम अगाडि देखिन्छ ।
हट्ने मन्त्रीहरू
सल्लाहकार र सचिवालयका स्टाफलाई हाल बिदा गरेर एक्लै गृहकार्य गरिरहेका प्रधानमन्त्रीबाहेक अरूलाई को हट्ने को रहने भन्ने केही निश्चित केही थाहा छैन । प्रधानमन्त्री सरप्राईज दिने मुडमा भएको एउटा स्रोतले बतायो । त्यसपछि प्रम ओली मृगौलाको उपचार गर्न तीन महिना लामो अेमेरिका बसाईमा जाने निकट स्रोतको भनाई छ । त्यहाँ उनको मृगौला प्रत्यारोपण गरिने छ ।
मूख्य राजनीतिक सल्लाहकार विष्णु रिमालमाथि ठूलो भरोसा गरेका प्रधानमन्त्रीले उनलाई नहटाउने कुरा ‘ओलीगुट’ का सारथीहरू बताउँछन् । ५ नम्बर प्रदेशका मूख्यमन्त्रीले यस्तै सम्भावना व्यक्त गर्दै ट्विट गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडा र संचारमन्त्री गोकुल बाँस्कोटा उनी प्रम रहेसम्म हट्ने सम्भावनामा छैनन् ।
पूर्वमाओवादी पृष्ठभूमीका सबैजसो मन्त्रीहरू ‘मौका यही हो’ भन्ने खालको मानसिकताका साथ कामको नाममा माखो नमारी कमाउ धन्धामा लागेकोमा प्रधानमन्त्री निकै असन्तुष्ट रहेको बुझिन्छ ।
एकपछि अर्को विवादमा मुछिएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भरसक मन्त्रिपरिषदबाट हटाईने, त्यो नभए पनि अर्को पोर्टफोलियोमा लैजाने सम्भावना छ । भाई र छोरालाई कमाउ धन्धामा छाडा छोडेर आफू अनभिज्ञ भएको नाटक गरेको आरोप लागेका गृहमन्त्री बादलको कार्यसम्पादनबाट नेकपा अध्यक्ष प्रचण्ड सन्तुष्ट नभएको बावजूद प्र.म. ओलीको आडमा टिकेका हुनाले गृहमन्त्रीमा रहन पाएका हुन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादब, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, वन तथा वातावरण मन्त्री चक्रपाणी खनाल, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलगायतका ८ मन्त्री हट्ने सम्भावनामा परेको बुझिएको छ । पूर्वमाओवादी पृष्ठभूमीका सबैजसो मन्त्रीहरू ‘मौका यही हो’ भन्ने खालको मानसिकताका साथ कामको नाममा माखो नमारी कमाउ धन्धामा लागेकोमा प्रधानमन्त्री निकै असन्तुष्ट रहेको बुझिन्छ ।
परराष्ट्र विज्ञलाई परराष्ट्रमन्त्री ?
परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली नै सो मन्त्रालयबाट हट्ने सम्भावनामा देखिएका छन् । उनलाई अर्को पोर्टफोलियो दिएर सो पदमा कुनै धुरन्धर परराष्ट्र विज्ञलाई सो पोर्टफोलियो जिम्मा लगाउने कि ? प्रधानमन्त्री ओली यस्तो वैकल्पिक मानसिकतामा भएको निकटस्थहरू बताउँछन् ।
भारतमा भाजपाले शानदार स्तरमा निर्वाचित भएको र विदेशमन्त्रालय चलाउने एकसे एक व्यक्तित्व हुँदाहुँदै पनि सेवानिवृत्त कर्मचारी (पूर्वविदेश सचिव) एस. जयशंकरलाई विदेशमन्त्री बनाएको उदाहरणले प्र.म. ओलीलाई प्रभावित पारेजस्तो छ ।
आफ्नो स्वास्थ्यस्थितिलाई विचार गर्दै प्र.म. ओलीले अन्तिम प्रयासको रुपमा महत्वपूर्ण हेरफेरको तयारी गरेका हुन् भन्ने स्वतः अनुमान लगाउन सकिन्छ । सम्भवतः मंसिरको प्रारम्भमै सबै नियुक्ति र हेरफेरको टुङ्गो लागिसक्ने छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थप'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
सभापति देउवाले वरिष्ठ नेताबारे निर्णय नगर्दा कांग्रेसमा सधैं वरीयता विवाद
मंसिर २३, २०८१ आइतबार
बीआरआई सहकार्य फ्रेमवर्कपछि गठबन्धनमा खटपट बढेको आशंका, कांग्रेस नेताहरु बीच नै मतभेद
मंसिर २१, २०८१ शुक्रबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौं–टीकापुर–काठमाडौं हवाई उडान यही मंसिर ३० गतेदेखि
मंसिर २८, २०८१ शुक्रबार
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए
मंसिर २८, २०८१ शुक्रबार
विश्व बैंकले नेपाललाई दिने भो साढे १३ अर्ब ऋण
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
हिउँबिनाको हिमशृङ्खला
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंगसले चितवन राइनोजलाई ५१ रनले हरायो, प्लेअफ सम्भावना कायमै
मंसिर २८, २०८१ शुक्रबार