सागको सुरक्षा तयारी अन्तिम चरणमा, २२ हजार सुरक्षाकर्मी परिचालन हुने
नेपालबहस संवाददाता
कात्तिक २८, २०७६ बिहिबार १३:५४:७
२८ कार्तिक, काठमाडौं । नेपालमा आयोजना हुने ‘साग’–२०७६ को सुरक्षा तयारी अन्तिम चरणमा पुगेको छ । आगामी मङ्सिर १५–२४ गतेसम्म साग खेलकुद प्रतियोगिता हुँदैछ ।
सो खेलकुदको सुरक्षाका लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संयोजकत्वमा छ सदस्यीय सुरक्षा व्यवस्थापन समिति गठन भएको छ । यो समितिले साग खेलकुद प्रतियोगिताको पुगेको जानकारी दिएको छ ।
समितिका सदस्यमा नेपाल प्रहरीका डीआईजी दीपक थापा, सशस्त्र प्रहरीका डीआईजी चन्द्रप्रकाश गौतम, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र सेनाका सहायक रथी हिमांशु खड्का ररहेका छन् । राष्ट्रिय खेलकुद परिषद्को वरिष्ठ कर्मचारी फणिन्द्र पौडेललाई समितिको सचिव तोकिएको छ ।काठमाडौँ, ललितपुर, पोखरा र जनकपुर गरी चार स्थानमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुनेछ ।
साग खेलकुदको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीका १४ हजार, सशस्त्र प्रहरीका छ हजार, विशेष प्रहरीका करिब दुई हजार र सेना गरी करिब २२ हजार सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ ।
नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स र भुटानका गरी पाँच हजार खेलाडी, प्रशिक्षक तथा सहयोगी कर्मचारी गरी आठ हजार जनाको सहभागिता हुनेछ । साग खेलकुदमा अफगानिस्तान भने सहभागी हुने छैन । केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार काठमाडौँमा २९, ललितपुरमा ११, पोखरामा नौ र जनकपुरमा कुस्ती एउटा खेल प्रतियोगिता आयोजना हुनेछन् ।
ती खेलकुद प्रतियोगितालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन काठमाडौँमा करिब १० हजार, ललितपुरमा सात हजार, पोखरामा दुई हजार सात सय र जनकपुरमा एक हजार सातभन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन् । भारत र पाकिस्तानबीच काश्मीरलाई लिएर विवाद चर्किएपछि त्यसको प्रभाव खेलाडीमा पनि पर्नसक्ने भन्दै त्यसका लागि विशेष किसिमको सुरक्षा योजना तयार पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
भारत र पाकिस्तानका खेलाडी र समर्थकबीच हुनसक्ने सम्भावित हुलदङ्गाका लागि होटेलदेखि, यातायात व्यवस्थापन र खेलकुदस्थलमा समेत विशेष किसिमको सुरक्षा व्यवस्था मिलाइएको समितिले जनाएको छ । समितिका सदस्य फणिन्द्र पौडेलले ती दुई देशका खेलाडी र समर्थकहरूका लागि बास बस्ने होटेलदेखि स्थान पनि फरक–फरक गरी छुट्याइएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार