ओली एक महिना अझै सक्रिय हुने, मृगौला प्रत्यारोपण गर्न अमेरिका जाने !
कुसुम सेञ्चुरी
कात्तिक २८, २०७६ बिहिबार १९:४३:१०
२८ कार्तिक,काठमाडौं । प्रधानमन्त्री केपी ओली दोस्रो पटक मृगौला प्रत्यारोपण गर्ने टुंगोमा पुगेका छन् । यसको तारतम्य मिलाउन उनले गत साता निजी चिकित्सक डा. दिव्या सिंह शाह र परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईलाई अमेरिका पठाएका छन् । संभवत : अर्काे साता दुवैजना नेपाल फिरेपछि कहिले र कसरी उपचार गर्ने भन्नेबारे थप छलफल हुने छ ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार , अमेरिकामा नयाँ पद्धति र विधिबाट मृगौलाको प्रत्यारोपण गर्ने सुविधा रहेको छ ।मङ्सिर महिना भरिमा सरकार र पार्टीका काम सकाएर पुस लागे लगत्तै उपचारका लागि उनी अमेरिका प्रस्थान गर्ने तयारीमा रहेको ओली निकट स्रोतको दावी छ । दोस्रो पटकको मृगौला प्रत्यारोपण गर्दा उनको स्वास्थ्य सुदृढ हुने विश्वास ओलीमा पलाएको छ ।
त्यसैले डाइलासिस भन्दा प्रत्यारोपण विधि नै उनले रोजेको देखिन्छ । एक महिना उनको सक्रियता अझै बढ्ने बुझिएको छ । सबैभन्दा पहिला उनी प्रधानमन्त्रीको नयाँ सचिवालय बनाउने पक्षमा छन् । गत साता नै उनले आफ्नो सचिवालय टीमका सबैलाई मार्ग प्रशस्त गर्न भनिसकेका थिए । लगत्तै अधिकांश सल्लाहकार, सहयोगीले यही मंसिर १ देखि लागू हुने गरी राजीनामा दिइसकेको खबरहरु सार्वजनिक भएका छन् ।
मन्त्रिमण्डलमा पनि उनी आफूलाई सहज हुने टीम बनाउने तयारीमा जुटेका छन् । उपचारका लागि लामो समय अमेरिका बस्नुपर्ने अवस्था आएमा उनले पत्यारिलो व्यक्तिलाई कार्यबाहक बनाउने छन् । सरकार चलाउन उनले बामदेव गौतम उपयुक्त पात्र हुन सक्ने ठम्याएका छन् ।
त्यसैले ओलीलाई सबैभन्दा पहिला सहयोगी टीम बनाउने हतारो छ । यसको गृहकार्य लगभग सकिएको ओली निकट स्रोतको भनाई छ । केही सदस्य फेरि पनि दोहोरिने गरी गृहकार्य भएको बुझिएको छ । हाललाई प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकिय सचिव राजेश बज्राचार्य यथावत रहने बुझिएको छ ।
प्रमुख राजनीतिक सल्लाहकार रिमालप्रति धेरैको रोष र आक्रोश भएपनि उनको ठाउँमा उपयुक्त पात्र छान्न नसक्दा ओलीलाई तत्कालका लागि समस्या परेको छ । स्रोत भन्छ– केही समयपछि प्रमुख राजनीतिक सल्लाहकारको लागि उपयुक्त व्यक्ति फेला पार्ने वित्तिकै रिमाललाई अन्यत्रै व्यवस्थापन गर्ने तयारी ओलीको रहेको छ ।
त्यस लगत्तै ओली मन्त्रिमण्डल पुनर्गठनमा केन्द्रित हुने छन् । मन्त्रिमण्डलमा पनि उनी आफूलाई सहज हुने टीम बनाउने तयारीमा जुटेका छन् । उपचारका लागि लामो समय अमेरिका बस्नुपर्ने अवस्था आएमा उनले पत्यारिलो व्यक्तिलाई कार्यबाहक बनाउने छन् । सरकार चलाउन उनले बामदेव गौतम उपयुक्त पात्र हुन सक्ने ठम्याएका छन् ।
त्यसैले गौतमलाई राष्ट्रियसभा सदस्यमा ल्याउने गरी आफूपछिको उपप्रधानमन्त्री बन्न ओलीले प्रस्ताव गरिसकेका छन् । हिजो सरकारी निवास बालुवाटारमा बोलाएर ओलीले गौतमलाई यो प्रस्ताव गरेका हुन् । गौतम पनि यो प्रस्तावमा सकारात्मक छन् , तर उनको चाहना भने प्रधानमन्त्री हुने नै रहेको छ ।
अब फेरि पूर्व एमालेको बर्चश्व बढाउने खेल त होइन भनेर पूर्व माओवादीलाई भने सशंकित बनाएको छ । कतिपयको बुझाईमा पूर्व माओवादीलाई साइजमा राख्न ओली नेपाल सहमत भएकाले नयाँ परिवेश खडा भएको हो । प्रधानमन्त्री ओली नेपालको विश्वास लिएर अब बाँकी नियुक्ति गर्न चाहन्छन् ।
प्रधानमन्त्री ओलीको यस्तो तयारीले अर्का उपप्रधानमन्त्री ईश्वर पोखरेल भने झस्किएका छन् । ओलीले आफूलाई नपत्याएकोमा उनको आक्रोश छ । तर तत्काल प्रतिवाद वा विरोध गर्ने अवस्थामा पोखरेल छैनन् । यस्तै ओलीले पार्टी भित्रको सन्तुलन मिलाउन सके मात्रै सफल हुने सोच बनाएका छन् ।
हिजो जस्तो एक्लै हिंड्दा समस्या पर्न सक्ने उनको बुझाई रहेको छ । त्यसैले चार महिनादेखि बोलचालै बन्द गरेका पार्टी नेता माधवकुमार नेपालसँग सम्बन्ध सुधार गर्न थालेका छन् । हिजो मात्रै ओलीले माधवलाई आफ्नो सरकारी निवासमा बोलाएर लामो लञ्च बैठक गरेका छन् । झण्डै चार घण्टा भएको छलफलमा ओलीले अब मिलेर अघि बढ्ने प्रस्ताव गरे भने नेपाल पनि उत्साहित भएका छन् ।
ओली नेपालबीच सम्वन्ध सुधार हुनुको अर्थ अब फेरि पूर्व एमालेको बर्चश्व बढाउने खेल त होइन भनेर पूर्व माओवादीलाई भने सशंकित बनाएको छ । कतिपयको बुझाईमा पूर्व माओवादीलाई साइजमा राख्न ओली नेपाल सहमत भएकाले नयाँ परिवेश खडा भएको हो । प्रधानमन्त्री ओली नेपालको विश्वास लिएर अब बाँकी नियुक्ति गर्न चाहन्छन् ।
प्रदेश प्रमुख नियुक्ति गर्दा नेपालको सुनुवाई नभएको क्षतिपूर्ति अब हुने संवैधानिक परिषदको नियुक्तिमा गर्ने प्रस्ताव ओलीले गरेको बुझिएको छ । नेता नेपाल पनि यसमा सहमत भएका छन् । यसको छनक अब हुने मन्त्रिमण्डलबाटै दिने आश्वासन ओलीले नेपाललाई दिइसकेका छन् । त्यसैले अबको मन्त्रिमण्डल पुनर्गठनमा नेपालको सिफारिशमा मन्त्री हुने छन् ।
सोमप्रसाद पाण्डे अबको पुनर्गठनमा पर्ने निश्चित भएको स्रोतको भनाई छ । स्मरण रहोस् , पाण्डे नेता नेपालका सम्धि हुन् । साथै ओली उपचारमा जानु अघि सबै संवैधानिक निकायलाई पूर्ति गरिसक्ने तयारीमा रहेका छन् ।
हाल ४२ पदमा संवैधानिक पदाधिकारी नियुक्त गर्ने सक्ने ठाउँ रिक्त छन् । यसैबाट ओलीले असन्तुष्ट पक्षलाई समेट्ने योजना बनाएका छन् । त्यसपछि लगभग तीनदेखि ५ महिनाको अवधि उपचारपछिको आराम गर्ने सोचमा ओली रहेको उनी निकट स्रोतको दावी छ ।
र याे पनि….. ठूलै परिवर्तनको तयारीमा प्रधानमन्त्रीको गृहकार्य
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपराष्ट्रियसभामा अध्यादेश सर्वसहमतिले स्वीकृत
जेठ २०, २०८१ आइतबार
अर्थमन्त्रीले बजेट ल्याउने क्रममा सत्तारुढ दलसँग छलफल नगरेको पौडेलको आरोप
जेठ २०, २०८१ आइतबार
तस्बिर प्रदर्शनीले राजनीतिक दलका नेतालाई सचेत गराएको छ : नेता केसी
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
‘नेलपलिस’को गन्ध आएपछि श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो
जेठ २०, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन
जेठ २०, २०८१ आइतबार
मापसे गरेकालाई सडकमा स्वयंसेवकको काम गराउने गृहमन्त्रीको निर्णयमा सर्वोच्चको रोक
जेठ २०, २०८१ आइतबार
गर्मी छल्न सुकुटे, र्याफ्टिङले पर्यटक आकर्षित
जेठ २०, २०८१ आइतबार
राष्ट्रियसभामा अध्यादेश सर्वसहमतिले स्वीकृत
जेठ २०, २०८१ आइतबार
अर्थमन्त्रीले बजेट ल्याउने क्रममा सत्तारुढ दलसँग छलफल नगरेको पौडेलको आरोप
जेठ २०, २०८१ आइतबार