सेलपे सेवाले शुरु गर्यो भाटभटेनी सुपरमार्केटमा दोस्रो चरणको स्टल एक्टिभेसन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २९, २०७६ शुक्रबार १७:२९:५४
![](https://nepalbahas.prixacdn.net/media/albums/Cellpay-Kiosk_L9sZht9dDi.jpg)
२९ कार्तिक,काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आजबाट दोस्रो चरणको स्टल एक्टिभेसन शुरु गरेको छ ।
यो एक्टिभेसन कार्यक्रम नक्साल भाट्भटेनीमा कार्तिक २९ र ३० गते, महाराजगञ्ज भाट्भटेनीमा मंसिर ६ र ७ गते र पाटन भाट्भटेनीमा मंसिर १३ र १४ गते १० देखि ५ बजेसम्म हुन गैरहेको छ ।
यस एक्टिभेसनको मुल उदेश्य ग्राहकहरुसँग अन्तर्कि्रया बढाउने र सेलपे एप्पको प्रयोग र फाईदाहरुको बिस्तारमा जानकारी उपलव्ध गराउने रहेको कम्पनीले जनाएको छ । एक्टिभेसनको समयमा सेलपेले Spot KYC प्रमाणिकरण सेवा प्रदान गर्नुका साथै पहिलो बैंक खाता लिंक भए पश्चात रु.१०० को फ्रि टपअप आफ्नो ग्राहकहरुलाई प्रदान गर्नेछ ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरुमा बिना वालेट कारोबार गर्न सकिने, बास्तविक समयमा भुक्तानी हुने, सरल, सहज र सुरक्षित सेवा पाइने, न्युन सेवा शुल्क तथा कारोबार गरे वापत लोयाल्टि पोइन्टस पाइने रहेका छन् ।
सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टीभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, P2P, P2B, B2P, B2B आदि वास्तविक समयमा गर्न सकिन्छ ।
यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणालीमार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आबद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा पनि उपलब्ध छन् ।
सेलपे एप्प डाउनलोड गरी आजै आफ्नो बैंक खाता लिंक गर्नुहोस् र आफ्नो वालेट र कार्डहरु बोक्नबाट मुक्त हुन कम्पनीले सबैमा अनुराेध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
माघ २३, २०८१ बुधबार
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार