‘आर्गनिक माया’ लिएर कोरियाबाट आए भिम थापा मगर [ भिडियो ]
नेपालबहस संवाददाता
मंसिर १, २०७६ आइतबार १४:१८:६
१ मंसिर काठमाडौं । चर्चित इन्डियन डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्टरनरअप सुजन मार्पा तामाङ र वुगी वुगीकी विजेता कविता नेपालीको अभिनय रहेको नयाँ भिडियो ‘आर्गनिक माया’ सार्वजनिक भएको छ ।
डी पी खनालको शब्द ,धनु ज्ञाङ्मी मगरको संगीत र वैदेशिक रोजगारका लागी दक्षिण कोरीयामा रहेका गायक भिम थापा मगरको स्वर रहेको गीतको म्युजिक भिडियोलाई शुक्रबार सुजन मार्पा तामाङको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । रोमान्टिक डान्समा बनेको भिडियो सुजन मार्पा तामाङकै कोरियोग्राफी छ ।
प्रकाश खतिवडाको छायाँकन रहेको भिडियोमा एकान्त मगरको सम्पादन एबम निर्देशन रहेको छ । यस अघि माया पिरतीका धेरै गीतहरुमा आफ्नो मिठासपूर्ण स्वर दिइसकेका स्वरका धनी गायक भिम थापा मगरको ‘आर्गनिक माया’ मा “खाटी छ यो मनमा प्रेम मिसावट छैन, टिकाउ छ माया मेरो देखावटी हैनुु भन्ने जस्ता शब्दले भरिपुर्ण गरिएको छ।
जसलाई पछिलो समयका लोकप्रिय गीतकार डी पी खनालले लेखेका हुन । गायक भिम थापा मगर भोजपुरमा जन्म लिई हाल वैदेशिक रोजगारका लागि दक्षिण कोरीयामा पसिना बगाउँदै गीत संगितमा रमाइरहेका छन भने उनले आजका युवा पुस्ता धेरै जसो रोमान्टिक डान्समा कम्मर भाची-भाची नचाउने खालको गीत मन पराउने भएकाले ‘आर्गनिक माया’ लाइ युवा पुस्ताहरुले मन पराउने विश्वास ब्यक्त गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
१४ करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै
मंसिर २८, २०८१ शुक्रबार
नेपाली सेनामा नर्स, पण्डितदेखि भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुल्यो (सूचनासहित)
मंसिर २८, २०८१ शुक्रबार
एनपीएल: लुम्बिनीविरुद्व ब्याटिङ गर्दै कर्णाली
मंसिर २८, २०८१ शुक्रबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार