नेपाल भ्रमण वर्ष : पर्यटन व्यवसायीलाई सक्रिय बनाइँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर २, २०७६ सोमबार १४:४:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/visit-nepal-2020_EC2FFY04yO.jpg)
सिद्धराज भट्ट / रासस
२ मंसिर धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई प्रत्यक्ष अप्रत्यक्ष सघाउ पुग्ने गरी पर्यटन व्यवसायीलाई सक्रिय बनाउने योजनासहित पर्यटनका गतिविधि सञ्चालन गर्न लागेको छ ।
सोका लागि तेस्रो मुलुकका पर्यटकलाई सुदूरपश्चिम प्रदेशका पर्यटकीय गन्तव्यस्थलमा घुमाइदिन व्यवसायीलाई तोकिएको मापदण्डका आधारमा अनुदान उपलब्ध गराउने गरी कार्यविधिको तयारी अन्तिम चरणमा पुगेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन शाखाका प्रमुख भोजराज पाठकले बताए ।
“यो प्रदेशमा अहिलेसम्म भारत र आन्तरिक पर्यटक घुम्न आउने भए पनि तेस्रो मुलुकका पर्यटक नगण्य रुपमा भित्रिने गरेका छन्”, उनले भने, “तेस्रो मुलुकका पर्यटकलाई भित्र्याउन यस्तो रणनीति बनाउन लागिएको हो ।” मन्त्रालयले पर्यटन प्रवद्र्धनका लागि सुदूरपश्चिमका पर्यटन व्यवसायीलाई लक्षित गरी बनाउन लागेको यो कार्यक्रम नयाँ कार्यक्रम रहेको बताइएको छ ।
नेपाल भ्रमण वर्षका सन्दर्भमा प्रदेश सरकारले सहकार्य गर्नका लागि चालू वर्षमा रु २० लाख बजेट विनियोजन गरेको छ । यसबाहेक हालै गठन गरिएको प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिका लागि रु २५ लाख बजेट छुट्याइएको छ । सुदूरपश्चिमस्तरीय सो पर्यटन प्रवद्र्धन समिति ३६ सदस्यीय छ ।
मुख्यमन्त्री संरक्षक रहेको सो समितिको अध्यक्षमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अध्यक्ष छन् । प्रदेश सरकारका प्रमुख सचिव उपाध्यक्ष रहेको समितिमा उद्योग वाणिज्य सङ्घ, होटेल व्यवसायी सङ्घ, पर्यटन व्यवसायी लगायतका व्यक्ति सदस्य छन् ।
धार्मिकस्थलका रुपमा परिचित सुदूरपश्चिम प्रदेशमा भारतीय पर्यटक बढी आउने गरेका छन् । मन्त्रालयले प्रदेशमा रहेका मुख्य पर्यटकीय गन्तव्य तोक्ने तयारी गरिरहेको छ । यसरी तोकिने पर्यटकीय गन्तव्यस्थलमा पर्यटकलाई घुमाइदिए वापत सम्बन्धित व्यवसायीलाई अनुदान दिने योजना पनि बनाउन लागिएको छ ।
नेपाल सरकारले तोकेका १०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमध्ये सुदूरपश्चिममा बाजुराको बडिमालिका, बझाङको गोरखनाथ मन्दिर, डोटीको बड्डी केदार, दार्चुलाको मालिकार्जुन, कैलालीको बर्दगोरिया मन्दिर, भादा गाउँ, टीकापुर सर्किट दोधारा चाँदनी क्षेत्र लगायतका आठ पर्यटकीयस्थल समावेश छन् । यस्तै प्रदेशमा प्राकृतिक रुपमा मनोरम क्षेत्र खप्तड, रमारोशन, अपिनाम्पा संरक्षण क्षेत्र, शुक्लाफाँटा, रामसार क्षेत्र, घोडाघोडी क्षेत्र लगायतका मुख्य पर्यटकीय गन्तव्यस्थलका रुपमा छन् ।
‘मिसन साइपाल’
प्रदेश सरकारले पहिलो पटक चालू वर्षमा ‘मिसन साइपाल’ को योजना सञ्चालन गर्न लागेको छ । प्रदेशका हिमाल आरोहरण गर्न आउने पर्यटकलाई अपी, साइपाल हिमाल आरोहण गराउने योजनासहित सहजीकरण गर्न लागिएको पाठकले जानकारी दिए ।
दार्चुला र बझाङ जिल्लामा पर्ने यी हिमालको आरोहणको योजना सङ्घ र प्रदेश सरकारको समन्वयमा कार्यान्वय गर्न लागिएको हो । गत वर्ष अपी, साइपाल हिमाल आरोहण गर्न गएको एक टोली प्रतिकुल मौसमका कारण आरोहण गर्न नसकी फर्किएको थियो । एक निर्वाचन क्षेत्र, एक पर्यटन क्षेत्रको विकास गर्न मन्त्रालयले प्रदेशसभाका सदस्यको समन्वय र सिफारिसमा हरेक निर्वाचन क्षेत्रमा सो योजना पनि अघि सारेको छ ।
यसवाहेक तराईमा बसोबास गर्ने थारु लगायतका समुदायलाई पहाडी क्षेत्रका पर्यटकीयस्थल घुमाउने योजना पनि बनाउन लागिएको छ । यसबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्नुका साथै तराई र पहाडी समुदायबीच सद्भाव अभिवृद्धि हुने विश्वास गरिएको छ । प्रदेश सरकारले पर्यटकीय सम्भावना भएका क्षेत्रलाई एक आपसमा जोडेर पर्यटकीय करिडोर निर्माणको अवधारण लिएको छ ।
यसअन्तर्गत टीकापुर–कर्णाली पर्यटन करिडोर, दार्चुला–महाकाली नदी करिडोर, धनगढी–बुडर–बझाङ–कैलाश मानसरोवर, खुटिया–बिपीनगर–तेल्लेक–दिपायल–साँफे रामारोशन–बडीमालिका र झुलाघाट–खोड्पे बझाङ करिडोर निर्माणको अवधारण लिएको हो । यी करिडोर निर्माणका लागि चालू वर्षमा रु १३ करोड ५२ लाख विनियोजन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
माघ २३, २०८१ बुधबार
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार