ज्योति विकास बैंक र जेएमई रेमिटबीच सम्झौता
नेपालबहस संवाददाता
मंसिर २, २०७६ सोमबार १५:२१:१८
२ मंसिर काठमाडौं । ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा जेएमई रेमिटसगं रेमिट सेवाको लागि सम्झौता गरेको छ। ज्योति विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय, कमलादीमा आइतबार ज्योति विकास बैंक र जेएमई रेमिटबीच उक्त सहकार्य सम्झौता भएको हो।
सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा जेएमई रेमिटको तर्फबाट जेएमई रेमिटका प्रबन्धक मीरा शर्माले हस्ताक्षर गरेका छन् । जेएमई रेमिटले स्थापनाकाल देखि नै जापानबाट गुणस्तरिय रेमिट सेवा प्रदान गर्दै आएको छ।
यस सम्झौता पश्चात जेएमई रेमिटको रेमिट सेवा ज्योति विकास बैंकको जुनै पनि शाखा कार्यालयबाट लिन सकिनेछ। ज्योति विकास बैंकको मुलुकभर रहेका १०२ वटा शाखाबाट जेएमई रेमिटको देश विदेशबाट हुने रेमिट सेवा उपलब्ध हुनेछ।
हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटिएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ ।
हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु ३० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु २६ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष
पुष १७, २०८१ बुधबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार