गरिमा विकास बैंकले तीन महिना मै कमायो २६ करोड ९० लाख, खराब कर्जा शुन्यतर्फ लम्कदै
आर्थिक संवाददाता
मंसिर २, २०७६ मंगलबार ०:४४:५१
२ मंसिर, काठमाडौं । विकास बैंकहरु मध्य अब्बल मानिदै आएको गरिमा विकास बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १८ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो नाफा गत आवको सोही अवधिको तुलनामा २१.४२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १५ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
बैंकको वितरणयोग्य मुनाफा भने ६ करोड ३ लाख रुपैयाँ रहेको छ । यद्दपि बैंकको कोषको लागत बढेको छ तर मुनाफामा भने कुनै असर परेको छैन । बैंकले यस अवधिमा २६ करोड ९० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गतवर्ष यस्तो मुनाफा २२ करोड २१ लाख रुपैयाँ थियो ।
वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ करोड २१ लाख रुपैयाँले बढेर ४६ करोड ४६ लाख रुपैयाँ पुगेको छ । गतवर्ष यही अवधिमा बैंकको खुद ब्याज आम्दानी ४० करोड २५ लाख रुपैयाँ रहेको थियो ।
बैंकले असोजसम्ममा ३५ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गतवर्ष यही अवधिमा बैंकले ३३ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यो अवधिमा बैंकको खर्च करिब ५ करोड ७६ लाख रुपैयाँले बढेको भएपनि सञ्चालन आम्दानी पनि सोही अनुपातमा बढेको छ । त्यसैगरी बैंकको फि तथा कमिशन आम्दानी पनि एक करोडले बढेको छ।
२ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको सञ्चित कोषमा ६३ करोड २० लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको सञ्चित कोषमा ५१ करोड ७३ लाख रुपैयाँ मात्र थियो ।
चालु आर्थिक वर्षको असोजसम्ममा बैंकको आधार ब्याजदर घटेर ११.२० प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको असोजसम्ममा बैंकको आधार ब्याजदर ११.८८ प्रतिशत थियो । यो असोजसम्ममा बैंकको कोषको लागत भने बढेर ८.४८ प्रतिशत कायम भएको छ । यस्तो लागत गत आवको सोही अवधिमा ८.२२ प्रतिशत थियो ।
तर, बैंकको चालु आवको तीन महिनामा खराब कर्जाको अंश भने घटेको छ । यस अवधिमा बैंकको खराब कर्जा ०.३६ प्रतिशत मात्र छ । गत आवको असोजसम्ममा बैंकको खराब कर्जा ०.८४ प्रतिशत थियो ।
चालु आर्थिक वर्षको असोजसम्मको तथ्याङक अनुसार बैंकको प्रतिशेयर आम्दनी २५.१२ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी २२.०५ रुपैयाँ थियो । सो अवधिमा बैंकको मूल्य आम्दानी अनुपात ८.६० गुणा रहेको छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
विनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
बेनी बजारको घना बस्ती
जेठ १६, २०८१ बुधबार
अग्ला हिमालको सुरक्षा चुनौति बनिरहेको छः प्रधानमन्त्री
जेठ १६, २०८१ बुधबार
‘विश्वको साझा सम्पत्ति सगरमाथा जोगाऔँ’
जेठ १६, २०८१ बुधबार
भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी हुँदै
जेठ १६, २०८१ बुधबार
७१ औँ अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा प्रभातफेरी [ फोटोफिचर ]
जेठ १६, २०८१ बुधबार
न्यायाधीश सुवेदी र शर्माको इजलासमा पर्यो कोशी सरकारविरुद्धको रिट
जेठ १६, २०८१ बुधबार