बिहीबारदेखि ‘बिडीसीए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता’ शुरु हुने
नेपालबहस संवाददाता
मंसिर २, २०७६ मंगलबार १:१६:३९
२ मंसिर बैतडी । जिल्लामा बिहीबारदेखि ‘बिडीसीए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता’को १९औँ संस्करण शुरु हुने भएको छ । बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा हुने उक्त प्रतियोगितामा २० टोलीको सहभागीता रहने छ ।
मंसिर १४ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेताले रु ३० हजार तथा उपविजेताले रु २० हजार पुरस्कार प्राप्त गर्ने जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्दले जानकारी दिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु पाँच हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताका खेल देहीमाडौँस्थित निङ्गलाशैनी खेल मैदान तथा बुड्डास्थित बुड्डाबाजे क्रिकेट मैदानमा हुने छन् ।
देहमाडौँस्थित निङ्गलाशैनी खेल मैदानमा प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट सङ्घ ‘क्यान’का अध्यक्ष चतुरबहादुर चन्दले गर्ने आयोजक संस्थाले जनाएको छ । प्रतिभाको खोजी गर्न तथा निकट भविष्यमा हुने प्रदेश र राष्ट्रियस्तरका खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष चन्दले बताए।
सङ्घले २०५८ सालदेखि निरन्तर रुपमा बिडीसीए कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको छ । गत वर्ष सम्पन्न १८औँ संस्करणको उपाधि कालाशैनी क्रिकेट क्लबले जितेको थियो । फाइनलमा कालाशैनीले निङ्गलाशैनी क्रिकेट क्लब ‘एनसीसी’ लाई नौ रनले पराजित गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार