व्यापार विस्तारमा आक्रामक माछापुच्छ्रे बैंक, तीन महिनामा ९ अर्बको निक्षेप र ८ अर्बको कर्जा लगानी
आर्थिक संवाददाता
मंसिर २, २०७६ मंगलबार १:४१:५९
२ मंसिर,काठमाडौं । तीन अर्बको ऋणपत्र उत्साहजनक रुपमा बिक्री गर्न सफल माछापुच्छ्रे बैंकले चालु आर्थिक बर्षको प्रथम तीन महिनामा करिब १७ अर्बको आक्रामक व्यापार विस्तार गरेको छ ।
९ अर्बको निक्षेप संकलन र ८ अर्ब भन्दा बढीको कर्जा लगानी गरेर आक्रमक व्यापार विस्तारमा अघि बढेको बैंकले १२ वटा नयाँ शाखा खोलेर १४३ वटा पुर्याएको छ । बैंकले गत आर्थिक बर्ष मात्रै ४३ वटा शाखा थपेर १३१ वटा पुर्याएको थियो ।
बैंकमा असोजमसान्तसम्म ९१ अर्ब २७ करोड निक्षेप संकलन रहेको छ भने कर्जा लगानी ८६ अर्ब ६३ करोड पुगेको छ । गत आबको पहिलो त्रैमाससम्ममा बैंकमा ८५ अर्ब १९ करोड निक्षेप रहेको थियो भने कर्जा लगानी ७५ अर्ब ९ करोड पुगेको थियो ।
यस अवधिमा बैंकले ३७ करोड ६० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। मुनाफाबाट शेयरधनीलाई बाड्न मिल्ने मुनाफा भने १५ करोड ५ लाख रहेको छ ।
बैंकको खराब कर्जा अनुपात (एनपीएल) अत्यन्त न्यून ०.३१ प्रतिशत रहेको छ भने कर्जा-पुँजी-निक्षेप अनुपात ७७.०८ प्रतिशत रहेको छ । बेसरेट १०.५६ प्रतिशत रहेको छ ।
गतवर्ष जस्तै चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा बैङ्कले आफ्नो समग्र गतिविधिलाई द्रुतगतिमा विस्तार गर्दै लगेको उसको आर्थिक विवरणमा उल्लेख गरिएको छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार