क्याटलोनियाली सरकार प्रमुख टोरामाथि कानून ‘अवज्ञा’ आरोपमा सुनुवाई सुरू
नेपालबहस संवाददाता
मंसिर २, २०७६ मंगलबार २:२८:२३
२ मंसिर एजेन्सी । स्पेनको क्याटलोनिया क्षेत्रका सरकार प्रमुख क्विम टोराले राष्ट्रिय कानूनको ‘अवज्ञा’ गरेको आरोपमा परेको मुद्दामा सोमबारदेखि सुनुवाई सुरू भएको छ ।
क्याटलोनिया क्षेत्रमा राजनीतिक तनावले जटील रूप लिएका समय सार्वजनिक कार्यालय तथा भवनहरूबाट ‘पृथकतावादी’ चिन्ह्हरू हटाउन केन्द्र सरकारबाट गरिएको आग्रहलाई ‘अवज्ञा’ गरेको आरोपमा मुद्दा परेको थियो ।
स्पेनी अभियोजनकर्ताहरूले टोरा आगामी २० महिना सार्वजनिक पदमा रहन अयोग्य घोषणा हुनुपर्ने बताउँदै उनलाई आर्थिकरूपमा समृद्ध स्पेनको बार्सिलोना क्षेत्रको सरकार प्रमुख रहन असम्भव भएको जिकिर गरेका छन् ।
स्पेनको सर्वोच्च अदालतले सन् २०१९ को अक्टोबर १४ मा क्याटलोनिया स्वतन्त्र भएको घोषणा गर्ने र स्वतन्त्रता अभियान सञ्चालन गरेको अभियोगमा नौ क्याटलोनियाली नेताहरूलाई लामो जेल सजाय तोकेपछि टोराविरूद्ध परेको मुद्दामाथि सुनुवाई सुरू भएको हो ।
क्याटलोनियालाई स्पेनबाट स्वतन्त्र बनाउने नाममा उक्त क्षेत्र आक्रामक विरोध कार्यक्रम र हिंसात्मक गतिविधि चलिरहेका समय अदालतले पछिल्लो कदम चालेको हो । जनमत सङ्ग्रहबाट क्याटलोनियालाई स्वतन्त्र बनाउने पक्षमा बहुमत आएपछि तत्कालिन सरकार तथा संसदले सन् २०१७ मा उक्त क्षेत्र स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेको थियो । तर पछि क्याटलोनियालाई केन्द्र सरकारले प्रत्यक्ष शासन पुनः निर्वाचन गरिएको थियो ।
क्षेत्रिय नेताहरू जेलमा वा निर्वासनमा रहेका समयमा समेत क्याटलोनियालीहरूले पुनः स्वतन्त्रता पक्षधर दललाई नेतृत्वमा पठाएको थियो । टोराले अप्रिलमा स्पेनभर भएको संसदीय निर्वाचनमा संस्थागत तटस्थता प्रदर्शन गर्न नसकेको आरोप लागेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार
आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह
असोज १२, २०८१ शनिबार
विपद् प्रतिकार्यको लागि सशस्त्र प्रहरीबाट १० हजार ५ सयभन्दा बढी जनशक्ति परिचालन
असोज १२, २०८१ शनिबार