सिड्नीको वायु प्रदुषणको मात्रा खराब, ६ जनाको मृत्यु
नेपालबहस संवाददाता
मंसिर ३, २०७६ मंगलबार १८:१२:५९
३ मंसिर एजेन्सी । अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नी वरपरका क्षेत्रमा लागेको डढेलोका कारण बाक्लो धुवाँले छोपिएको छ। रातभरी चलेको वायुले शहरको उत्तरतर्फबाट धुवाँ ल्याएपछि सिड्नीको वायु प्रदुषणको मात्रा खराब स्तरमा पुगेको हो ।
सामाजिक सञ्जालमा स्थानीय बासिन्दाहरूले बिहान उठ्दा धमिलो आकाश देखेको र घरमा धुवाँको गन्ध आएको लेखेको बीबीसीले उल्लेख गरेको छ । न्यू साउथ वेल्सको राजधानी सिड्नीमा करिब ५० लाख मानिसहरू बस्दै आएका छन् ।
न्यू साउथ वेल्सको उत्तरी क्षेत्रमा हप्तौँदेखि फैलिएको डढेलोका कारण ६ जना मानिसहरूको मृत्यु भइसकेको पनि अन्तराष्ट्रिय समाचार संस्था एजेन्सी बीबीले उल्लेख छ । धुँवाका कारण सिड्नीका बासिन्दाहरूलाई मङ्गलवार तापक्रम ३७ डिग्री सेल्सियससम्म पुग्न सक्ने भनिएको छ। शहरका केही भागहरूको वायुको गुणस्तर अस्ट्रेलियाले तोकेको न्यूनतमभन्दा आठ गुणासम्म धेरै भएको मापन गरिएको छ।
स्वास्थ्य अधिकारीहरूले मानिसहरूलाई घरभित्रै बस्न र बाहिर निस्केर शारीरिक रूपमा बल पर्ने कामहरू नगर्न सुझाव दिएको छ। न्यू साउथ वेल्सको एम्बुलेन्स सेवाले श्वासप्रश्वाससम्बन्धी समस्या भएका मानिसहरूले थप सचेत हुनुपर्ने बताएको छ। गत हप्ता नजिकैका भागहरूमा डढेलो फैलिएपछि सिड्नीमा यसअघि नदेखिएको खतरा देखिएको हो।
अधिकारीहरूका अनुसार मङ्गलवारको धुवाँको स्रोत १५० किलोमिटर पर रहेको वोलेमी राष्ट्रिय निकुञ्जमा एक लाख ५० हजार हेक्टरमा फैलिएको डढेलो भएको बताएका छन्। सिड्नीको उत्तरतर्फका भागहरूमा झन्डै ५० स्थानमा डढेलो फैलिएको कारण त्यहाँ वरपरका बासिन्दाहरूले हप्तौँदेखि बाक्लो धुवाँ र खराव वायु प्रदूषणको सामना गर्नुपरेको छ।
अधिकारीहरूले यो हप्ता डढेलो अझै बढ्न सक्ने बताएका छन्। उनीहरूले डढेलो छिमेकी क्वीन्सल्यान्ड राज्यमा बढ्ने तापक्रमले यसलाई अझै खतरनाक बनाउन सक्ने बताएका छन्। त्यहाँको राजधानी एडेलेडमा बुधवारको तापक्रम ४२ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिजबुल्लाहद्वारा एकैदिन इजरायलमा पाँचवटा रकेट आक्रमण
कात्तिक २३, २०८१ शुक्रबार
इरानमा आतङ्कवाद विरोधी अभियानमा चार आतङ्कवादी मारिए
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
हिजबुल्लाहद्वारा एकैदिन इजरायलमा पाँचवटा रकेट आक्रमण
कात्तिक २३, २०८१ शुक्रबार
इरानमा आतङ्कवाद विरोधी अभियानमा चार आतङ्कवादी मारिए
कात्तिक २३, २०८१ शुक्रबार
'तेल भिसा' मा विपिन बुबा र छोराको गरी दोहोरो भूमिकामा
कात्तिक २३, २०८१ शुक्रबार
बागलुङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
कात्तिक २३, २०८१ शुक्रबार