अर्बपति क्लबबाट बाहिरियो इन्भेष्टमेन्ट बैंक, खराब कर्जा दोब्बरले बृद्धि, मुनाफा र प्रतिशेयर आम्दानीमा २० प्रतिशतको गिरावट
आर्थिक संवाददाता
मंसिर ३, २०७६ मंगलबार २२:२७:३०
नेपाल इन्भेष्टमेन्ट बैंक किन लागिरहेको छ ओरालो ? लगानी गर्नु पुर्व हेरौं, कम्पनी विश्लेषण
३ मंसिर,काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कुनै बेला निकै राम्रो वित्तीय विवरण सार्वजनिक गर्दै आएको कम्पनीले अहिले भने लगानीकर्तालाई धेरै नै निराश बनाएको छ । खराब कर्जामा आएको भारी बृद्धि र प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा आएको गिरावटले कम्पनीकाे मुनाफामा ठुलै असर परेको हाे ।
नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष ०७५/७६ को लाभांश प्रस्ताव गरेको छ । कम्पनीको संचालक समितिको वैठकले आर्थिक वर्ष ०७५/७६ को नाफाबाट १० दशमलव ५ प्रतिशत बोनस शेयर र ८ दशमलव ५० प्रतिशत मात्र नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल रास्ट्र बैंकले स्वीकृत दिए पश्चात कम्पनीको वार्षिक साधारण सभाले पारित गरे पछि लगानीकर्ताले प्राप्त गर्ने छन् ।
घट्दो लाभांश :
कम्पनीको विगत ५ वर्षको लाभांशको इतिहास हेर्दा कम्पनीकाे लाभांश यो पटक निकै घटेको छ । कम्पनीले आर्थिक वर्ष ०७४/७५ र ०७३/७४ मा ४० प्रतिशत लाभांश दिएकोमा यो वर्ष भने कम्पनीले प्रदान गरेको लाभांश १९ प्रतिशतमा सिमित भएको छ।
हेरौं कम्पनीको विगत ५ वर्षको लाभांशको ईतिहास :
(लाभांशलाई प्रतिशतमा देखाईएको छ )
प्रथम त्रैमास राम्रो आउँन सकेन:
कम्पनीको चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्षको प्रथम त्रैमासमा त्यति राम्रो प्रदशन गर्न सकेको छैन ।
कम्पनीको आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमास र आर्थिक वर्ष ०७५/७६ को प्रथम त्रैमासलाई दाँजेर हेर्दा :
खुद ब्याज आम्दानीमा गिरावट :
बैंकको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद ब्याज आम्दानीमा गिरावट देखिएको छ । कम्पनीले अघिल्लो वर्ष प्रथम त्रैमासमा १ अर्ब ५९ करोड खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब ५२ करोड खुद व्याज आम्दानी गरेको छ । खुद व्याज आम्दानीमा ४ प्रतिशतको गिरावट देखिएको हाे ।
खुद मुनाफामा गिरावट :
कम्पनीको खुद मुनाफामा २० प्रतिशतको गिरावट देखिएको छ । कम्पनीले अघिल्लो वर्ष प्रथम त्रैमासमा १ अर्ब ५ करोड खुद मुनाफा गरेकोमा अहिले प्रथम त्रैमाससम्म आउँदा कम्पनीले ८४ करोड ४४ लाख मात्र खुद मुनाफा गरेको छ । गत वर्ष प्रथम त्रैमासमै अर्ब कमाउने बैंकको सुचीमा रहेकोमा अहिले आएर कम्पनीले प्रथम त्रैमासमा १ अर्ब खुद मुनाफा गर्न सकेको छैन । पहिलाे पटक इन्भेष्टमेन्ट बैंक अर्बपति क्लबबाट बाहिरिएकाे छ ।
प्रतिशेयर आम्दानीमा गिरावट :
खुद नाफा घटे संगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि गिरावट देखिएको छ । कम्पनीको प्रतिशेयर आम्दानी जम्मा २६ रुपैंया २६ पैसा रहेको छ । गत वर्ष प्रथम त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ३२ रुपैंया ७८ पैसा थियो । प्रतिशेयर आम्दानीमा पनि २० प्रतिशतको गिरावट देखिएको छ ।
जगेडा कोष कमजोर हुँदै संचिति मुनाफा बढ्दै :
कम्पनीको जगेडा कोष १ प्रतिशतले घट्दै १० अर्ब ४२ करोडमा सिमित भएको छ भने संचित मुनाफा ४१ प्रतिशतले बृद्धि हुँदै २ अर्ब ९० करोड पुगेको छ।
निक्षेप र कर्जा प्रवाहमा सुस्त :
बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमास र अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासलाई आधार मान्दा बैंकको निक्षेप संकलन १ प्रतिशतले मात्र वृद्धि गर्न सफल भएको छ भने कर्जा प्रवाह ६ प्रतिशतले वृद्धि गर्न सफल भएको छ। बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ खर्ब ५१ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३० अर्ब कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जा विस्तारमा बैंक अत्यन्त सुस्त रहेको प्रस्ट देखिन्छ।
खराब कर्जामा वृद्धि :
कम्पनीको खराब कर्जा २ प्रतिशत भन्दा माथि पुगेको छ । कम्पनीको आर्थिक वर्ष ०७५/७६ को प्रथम त्रैमासमा १ दशमलव २१ प्रतिशत रहेको खराब कर्जा अहिले वृद्धि भएर २ दशमलव ८४ प्रतिशत पुगेको छ ।
मूल्य आम्दानी अनुपात १६ गुणा:
कम्पनीको मंसिर ३ गतेको बजार मूल्य ४२२ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात १६ गुणा आउँछ।
वास्तविक मूल्य (Fair Value ):
कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ २६ पैसा र किताबी मूल्य २०४ रुपैयाँ ४४ पैसाले आधार मान्दा कम्पनीको वास्तविक मूल्य ३४८ रुपैयाँ हुन आउछ। यसको आधारमा अहिलेको कम्पनीको बजार मूल्य ४२२ लाई हेर्दा कम्पनीको बजार मूल्य “ओभर भ्यालूड” रहेको देखिन्छ।
मूल्य र किताबी मूल्यको आधारमा :
कम्पनीको दोश्रो बजारको मूल्य र किताबी मूल्यको अनुपात निकाल्दा कम्पनीको अनुपात २ गुणा आउँछ । बेन्जामिन ग्रामले सो अनुपात १ दशमलव ५ गुणा भन्दा धेरै भएका कम्पनीलाई “ओभर भ्यालूड” क्षेत्रमा राखेको देखिन्छ।
वितरणयोग्य मुनाफा :
कम्पनीको प्रथम त्रैमाससम्म वितरणयोग्य मुनाफा ४२ करोड ३७ लाख मात्र रहेको छ।
उपलब्ध तथ्याङ्क आधारित विश्लेषण पूर्ण होइन, निर्णय लिँदा थप अनुसन्धान गर्नुपर्ने छ। – लेखक
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार