तिलावे पुलमा राजनीतिक घुस्यो, यस्तो छ विकास विरोधी रणनीतिको नालीबेली
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर ४, २०७६ बुधबार १६:३१:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/teeli-oppl_G5LaTHt9EH.jpg)
४ मंसिर वीरगंज । सत्तानिकट केही स्थानीय नेताको राजनीतिक स्वार्थका कारण वीरगञ्ज–ठोरी हुलाकी मार्गअन्तर्गत निर्माणाधीन तिलावे पुलको काम अघि बढ्न सकेको छैन ।
तिलावे पुलको निर्माणका लागि पप्पु-लुम्बिनी जेभीबीच २०७३ असारमा सम्झौता भएको थियो । आयोजनाले म्याद थपका लागि पटकपटक सिफारिस गरे पनि राजनीकि दबाबका कारण रोकिएको बताइएको छ ।
तिलावेको म्याद थप नगर्नुको पछाडि पप्पु कन्स्ट्रक्सनका संस्थापक हरिनारायण रौनियारसँगको राजनीतिक पूर्वाग्रह मुख्य कारण भएको बताइएको छ । समाजवादी पार्टीका सांसद रहेका रौनियार पर्सा ३ नम्बर क्षेत्रबाट निर्वाचित हुन् ।
कुनै पनि बाहानामा तिलावेको काम अघि बढ्न नदिने र त्यसको अपजसबाट रौनियारलाई राजनीतिक हानी पु¥याउन उनका राजनीतिक प्रतिस्पर्धीले सत्ता राजनीतिमा पहुँच पु¥याएर चलखेल गरिरहेको बुझिएको छ ।
म्याद थप र भुक्तानी रोकेर निर्माण व्यवसायीलाई आर्थिक समस्यामा पार्दा पुलको काम रोकिने र त्यसको राजनीतिक फाइदा उठाउन पाइने काइते मानसिकताबाट जिल्लाको विकासमा अवरोध भइरहेको छ ।
तिलावे पुल हरिनारायण रौनियारको निर्वाचन क्षेत्रसहित पर्साका अधिकांश ग्रामीण क्षेत्रलाई सदरमुकाम वीरगञ्जसित जोड्ने मुख्य मार्गमा पर्दछ । सो पुल निर्माण कार्यमा बाधा उत्पन्न गराएर यथास्थितिमा राख्दा त्यसको अपजसले रौनियारलाई राजनीतिक हानी पु¥याउने रणनीतिअन्तर्गत म्याद थपमा आलटालका लागि निरन्तर दबाब आएको हुलाकीको उच्च स्रोतले बताएको ।
तिलावेको म्याद थपको प्रक्रियालाई लम्ब्याउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाटै दबाब आएको हुलाकी परियोजनाका उच्च अधिकारीले नाम नछाप्ने शर्तमा बताएका छन् ।
३ वर्षमा पुल निर्माण गरिसक्ने सम्झौता भएकोमा सडक विभागले नक्सा स्वीकृतिमै २८ महीना लगाएको थियो । सडक विभागको प्रक्रियागत ढिलाईका कारण निर्माणमा बिलम्व भएपछि हुलाकी सडक आयोजनाले २ पटक म्याद थपका लागि पत्र लेखे पनि म्याद थप गरिएको छैन ।
हुलाकीका प्रोजेक्ट मेनेजर दीपेन्द्र पाण्डेले म्याद थपका लागि सिफारिस गरेका थिए । सामान्यत ः विभागीय कमजोरी र काबुबाहिरको अवस्थामा काम सम्पन्न हुन नसकेको अवस्थामा मात्रै ती निकायले म्याद थपको सिफारिस गर्दछन् ।
परियोजनाले नै म्याद थप्ने सिफारिस गरेकाले निर्माण भएको ढिलाईमा हुलाकीको प्रक्रियागत विलम्व नै मुख्य कारण भएको प्रमाणित भइसकेको अवस्थामा समेत म्याद थपमा आलटालको कारण राजनीतिक दबाब नै भएको हुलाकीका अधिकारीहरु बताउँछन् ।
राजनीतिक दबाबमा आयोजनाले म्याद थप नगर्दा निर्माण व्यवसायीले काम गरेवापतको ३ करोड रुपैयाँ भुक्तानीसमेत रोकिएको छ । म्याद थप नभएको अवस्थामा ठेक्का रकमको १० प्रतिशत रोक्का राखेर भुक्तानी दिन सकिने व्यवस्था ठेक्का सम्झौतामा भए पनि हुलाकी परियोजनाले भुक्तानी दिन नमानेको निर्माण व्यवसायीले बताएका छन् ।
म्याद थप र भुक्तानी रोकेर निर्माण व्यवसायीलाई आर्थिक समस्यामा पार्दा पुलको काम रोकिने र त्यसको राजनीतिक फाइदा उठाउन पाइने काइते मानसिकताबाट जिल्लाको विकासमा अवरोध भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
माघ २३, २०८१ बुधबार
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विषयमा माइतीघर मण्डलामा विरोध [ फोटो फिचर ]
फागुन ६, २०८१ मंगलबार
तीनवर्षदेखि चिस्यान घर निर्माण रोकियो
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभाको बैठक सुरु
फागुन ६, २०८१ मंगलबार
बूढानीलकण्ठबाट अनलाइन जुवा कारोबारमा सम्लग्न रहेको आरोपमा २४ भारतीय पक्राउ
फागुन ६, २०८१ मंगलबार
केआईआईटीले माग्यो माफी, नेपाली विद्यार्थीलाई कुटपिट गर्ने कर्मचारीमाथि कारबाही
फागुन ६, २०८१ मंगलबार