एनआईसी एशियाले किन तोड्न खोज्यो भद्र सहमति ? त्यो विज्ञप्तीले ल्यायो विवाद !
आर्थिक संवाददाता
मंसिर ४, २०७६ बुधबार २१:४८:२१
४ मंसिर, काठमाडौं । बेलाबखत विवाद र चर्चामा आईरहने एनआईसी एशिया बैंकले हिजो मंगलबार अपरान्ह अधिकतम सुविधायुक्त सुपर चमत्कारिक मासिक निक्षेप योजना भन्दै बचत खातामा ९.७५ प्रतिशत ब्याज दिने भनेपछि बैंकिङ क्षेत्रमा ठुलै खैलाबैला मच्चियो ।
लक्ष्मण रिसाल यो बैंकको सीईओ हुदाँ पनि बैंकर्स एशोसियशनले लगाएको भद्र सहमति तोड्दा ठुलै लफडा भएको थियो । पछि उनको जागीर नै संचालक समितिले खाईदियो ।
जबकी बैंकर्स एशोसियशनले बिगत डेढ बर्षदेखि भद्र सहमतिको नाममा बचतमा अधिकतम साढे ६, ब्यक्तिगत मुद्दतीमा ९.७५ र संस्थागत मुद्दतीमा ९.५ प्रतिशतसम्म मात्र ब्याज दिन पाईने नियम बसालेको छ । भद्र सहमतिका नाममा बैंकर्स एशोसियशनले खुला र उदार अर्थनीतिको बिरुद्ध कार्टेलिङ गरेको भन्दै अधिकांश साना बैंकहरुले बिरोध गर्दै आएका छन् ।
तरलता अभावलाई व्यवस्थापन गर्न भन्दै राष्ट्र बैंकको पनि मौन सहमति दिएपछि कार्टेलिङको बिरोध गर्नेहरुको आवाज कमजोर हुदै गएको थियो । तर हिजो अचानक एनआईसी एशियाले फेरि भद्र सहमति तोड्यो भनेर एकछिन बैंकिङ क्षेत्र मै खैलाबैला भयो ।
त्यसको केही समय पश्चात बैंकले अघि पठाएको विज्ञप्ति नछाप्नु है भन्दै सबै संचारमाध्याममा फोन गर्न थाल्यो । त्यसमा केही प्राविधिक त्रुटी भएकाले अर्को विज्ञप्ती पठाउने भन्दै बैंकले समाचार हटाउन अनुरोध गरेको थियो ।
तरलता अभावले बचतमै मुद्दती सरह साढे नौं प्रतिशत ब्याज दिएपछि अरु बैंकको निक्षेप एनआईसी एशियामा सार्ने योजना थियो कि साच्चै प्राविधिक त्रुटी भएको हो भन्ने बारे प्रष्ट नभएपनि आज भने बैंकले शाब्दिक गल्ती भएको प्रष्टिकरण दिएको छ । आज बुधबार बैंकका डेपुटी सीईओ सुधीरनाथ पाण्डेले अर्को विज्ञप्ति जारी गर्दै मंगलबारको विज्ञप्तिका बारेमा प्रष्ट पारेका हुन ।
एनआईसी एशियाले मुद्दती खाताको सट्टा बचत भन्ने शब्द परेको जनाएको छ । बैंकले पुरानो “सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता” को नाम मात्र परिर्वतन गरेको जनाउदै विज्ञप्तिमा भनेको छ – “विगत २२ वर्षदेखि ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकद्धारा मिति मंसिर ३, २०७६ मा जारी गरिएको “सुपर चमत्कारिक मासिक निक्षेप खाता” बिषयको प्रेस विज्ञप्तिका सम्वन्धमा विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचार प्रति बैंकको ध्यानाकर्षण भएकोले यस सम्बन्धि सत्य तथ्य प्रस्ट्याउन यो विज्ञप्ति जारी गरिएको छ ।”
बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्वेश्यले “सुपर चमत्कारिक मासिक निक्षेप खाता” योजना सार्वजनिक गरेको जानकारी गराउदै उक्त योजना बैंकको “सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता” को नाम परिर्वतन मात्र रहेको बताउदै आम जनमासहरुलाई सजिलोसँग बुझ्न र बुझाउन सजिलो होस भन्ने हेतुले यस योजनालाई “सुपर चमत्कारिक मासिक निक्षेप खाता” भनि नामाङ्कन गरिएको दावी गरेको छ ।
रिकरिङ्ग निक्षेप एक विशेष प्रकारको मुद्दती निक्षेप योजना हो जसमा ग्राहकमहानुभावहरुले आफ्नो भविष्यको विभिन्न योजनाहरुको लागि चाहिने वित्तिय श्रोत जुटाउनका लागि मासिक रुपमा किस्ताको हिसाबले उक्त खातामा जम्मा गरी चाहिएको रकम जम्मा गर्न सकिन्छ ।
रिकरिङ्ग निक्षेप योजना अन्तर्राष्ट्रिय बैंकिङ्ग अभ्यासमा समेत निकै नै प्रचलित एवंम पहिला देखी नै संचालनमा रहेको योजना रहेको र नेपालमा समेत केही बैंकहरुले विभिन्न नाममा रिकरिङ्ग निक्षेप योजनाहरु सञ्चालन गरी निक्षेप श्रोत परिचालन गरिरहेको पछिल्लो विज्ञप्तीमा उल्लेख छ ।
बैंकले सार्वजानिक गरेको “सुपर चमत्कारिक खाताहरु” अन्तरगत उक्त “सुपर चमत्कारिक मासिक निक्षेप खाता” बचत खाता नभई एक विशेष प्रकारको मुद्दती खाता भएकोले ग्राहकले ३ महिनादेखि १० वर्षसम्मको लागि आफ्नो आवश्यकता अनुशार खाता खोल्न र मुद्दती निक्षेपकै ब्याज आर्जन गर्न सक्ने जानकारी दिईएको छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार