विकास बैंक भन्दा पनि कमजोर बन्दै सिभिल बैंक, मुनाफा घट्यो, लाभांश न्यून
आर्थिक संवाददाता
मंसिर ४, २०७६ बुधबार २३:३९:४९
४ मंसिर,काठमाडाैं । सिभिल बैंकले आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यो पटक पनि लगानीकर्ता खुशी बनाउने खालको वित्तिय विवरण प्रकाशन गर्न सफल भएको छैन ।
सिभिल बैंकले आर्थिक वर्ष ०७५/७६ को लाभांश प्रस्ताव गरेको छ । कम्पनीको संचालक समितिको वैठकले आर्थिक वर्ष ०७५/७६ को नाफाबाट ६ दशमलव ५७ प्रतिशत मात्र नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश नेपाल रास्ट्र बैंकले स्वीकृत दिए पश्चात कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्ने छन्।
कम्पनीले प्रदान गरेको यो लाभांश निकै थोरै रहेको छ । आर्थिक वर्ष ०७५/७६ को लाभांश प्रस्ताव गर्ने वाणिज्य बैंकहरुमध्ये सिभिल बैंकले प्रस्ताव गरेको लाभांश एकदमै थोरै रहेको छ ।
कम्पनीको बजार मूल्य १३८ र प्रस्तावित लाभांशलाई दाँजेर हेर्दा कम्पनीबाट लगानीकर्ताले ४ दशमलव ७६ प्रतिशत मात्र प्रतिफल प्राप्त गर्ने देखिन्छ । ४ दशमलव ७६ प्रतिशत भनेकाे अहिले बैंक तथा वित्तिय सस्थाहरुले वचत खातामा दिदै आएको ६.५ प्रतिशतकाे ब्याजदर भन्दा पनि कम हो ।
लाभांशको मामलामा लगानीकर्ता निराश :
विगत केही वर्षको तथ्यांक हेर्दा कम्पनीले लगानीकर्तालाई आकर्षक लाभांश प्रदान गर्न सकेको छैन । लगातार दूई वर्षको लाभांश हेर्दा कम्पनीले पुँजी वृद्धि भन्दा पनि नगद लाभांशलाई नै प्राथमिकतामा राखेको देखिन्छ । आर्थिक वर्ष ०७४/७५ मा कम्पनीले ४ दशमलव ०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरको थियो भने अहिले कम्पनीले ६ दशमलव ५७ प्रतिशत मात्र नगद लाभांश प्रस्ताव गरेको छ । जुन विकास बैंकहरूले दिने प्रतिफल भन्दा पनि अत्यन्त कम हाे ।
हेरौं कम्पनीको विगत ५ वर्षको लाभांशको ईतिहास :
(लाभांशलाई प्रतिशतमा देखाईएको छ )
प्रथम त्रैमास राम्रो आउँन सकेन:
सिभिल बैंकले प्रथम त्रैमासक वित्तिय विवरण पनि आकर्षक निकाल्न सकेन । धेरै बैंकहरुले नाफा वृद्धि गरिरहेको बेला सिभिल बैंकको नाफा भने लगातार घटेको छ।
कम्पनीको आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमास र आर्थिक वर्ष ०७५/७६ को प्रथम त्रैमासलाई दाँजेर हेर्दा :
खुद ब्याज आम्दानीमा ठुलो सुधार आएन:
बैंकको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद ब्याज आम्दानीमा बैंकले ठुलो वृद्धि हासिल गर्न सकेको छैन। बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६० करोड २९ लाख खुद व्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले ५८ करोड ६४ लाख खुद व्याज आम्दानी गरेको थियो । यसरी प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमै उल्लेखनीय वृद्धि गर्न नसक्दा बैंकलाई असर परेको देखिन्छ।
खुद मुनाफामा गिरावट:
संचालन मुनाफा घटे संगै कम्पनीको खुद मुनाफा पनि घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड ५० लाख खुद मुनाफा गरेको कम्पनीले अहिले भने जम्मा १५ करोड ८९ लाख मात्र खुद मुनाफा गरेको छ। यसरी खुद मुनाफामा १४ प्रतिशतको गिरावट देखिएको छ।
प्रतिशेयर आम्दानीमा गिरावट:
खुद मुनाफा घटे संगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि गिरावट देखिएको छ । कम्पनीको प्रतिशेयर आम्दानी जम्मा ७ रुपैंया ९४ पैसा रहेको छ । गत वर्ष प्रथम त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैंया २५ पैसा थियो । प्रतिशेयर आम्दानीमा पनि १४ प्रतिशतको गिरावट देखिएको छ । यसरी प्रति शेयर आम्दानी १० रुपैया भन्दा कम हुनु र भविष्यमा पनि उल्लेखनीय व्यापार वृद्धि हुन नसकेको अवस्थामा अर्को वर्षपनि लगानीकर्ताले राम्रो प्रतिफल प्राप्त गर्न सक्ने छैन्न।
जगेडा कोष कमजोर हुँदै संचिति मुनाफा बढ्दै:
कम्पनीको जगेडा कोष सामान्य रकमले घटेको छ। गत आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब ६० करोड ७७ लाख रहेको जगेडा कोष अहिले घटेर १ अर्ब ६० करोड २२ लाख पुगेको छ। संचित मुनाफा भने ३० प्रतिशतले वृद्धि हुँदै ७० करोड पुगेको छ। शेयर प्रिमियम शिर्षकमा भने कुनै रकम छैन।
निक्षेप र कर्जा प्रवाहमा सुस्त:
बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमास र अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासलाई आधार मान्दा बैंकको निक्षेप संकलन २ प्रतिशतले मात्र वृद्धि गर्न सफल भएको छ भने कर्जा प्रवाह ४ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४२ अर्ब ९१ करोड निक्षेप संकलन गरी ४४ अर्ब १८ करोड कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जा विस्तारमा बैंक अत्यन्त सुस्त रहेको प्रस्ट देखिन्छ।
मूल्य आम्दानी अनुपात १७ गुणा:
कम्पनीको मंसिर ३ गतेको बजार मूल्य १३८ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात १७ दशमलव ३७ गुणा आउँछ । सिभिल बैंक अरु वाणिज्य बैंकको तुलनामा केही रुपैयाँ महँगो रहेको देखिन्छ ।
खराब कर्जा घटाउन सफल:
गत वर्ष प्रथम त्रैमासमा ३ प्रतिशत माथि रहेको खराब कर्जा अहिले भने ३ प्रतिशत भन्दा केही कममा आएको छ। प्रकाशित रिपोर्ट अनुसार कम्पनीको खराब कर्जा २ दशमलव ९३ प्रतिशत रहेको छ।
आधार व्याजदर वृद्धि :
कम्पनीको आधार व्याजदर भने वृद्धि भएको छ । यसको अर्थ कम्पनीले प्रवाह गर्ने कर्जा महँगो हुँदै गएको प्रस्ट बुझ्न सकिन्छ।
निकै थोरै वितरणयोग्य मुनाफा:
कम्पनीको प्रथम त्रैमाससम्म वितरणयोग्य मुनाफा २ करोड ९८ लाख मात्र रहेको छ ।
वास्तविक मूल्य (Fair Value):
कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९४ पैसा र किताबी मूल्य १२८ रुपैयाँ ७७ पैसाले आधार मान्दा कम्पनीको वास्तविक मूल्य १५१ रुपैयाँ हुन आउछ। यसको आधारमा अहिलेको कम्पनीको बजार मूल्य १३८ लाई हेर्दा कम्पनीको बजार मूल्य वास्तविक मूल्य भन्दा पनि थोरैमा कारोवार भएको छ।
मूल्य र किताबी मूल्यको आधारमा:
कम्पनीको दोश्रो बजारको मूल्य र किताबी मूल्यको अनुपात निकाल्दा कम्पनीको अनुपात १ दशमलव ०७ गुणा आउँछ । बेन्जामिन ग्रामले सो अनुपात १ दशमलव ५ गुणा भन्दा धेरै भएका कम्पनीलाई “ओभर भ्यालूड” क्षेत्रमा राखेको देखिन्छ। यो शुत्र प्रयोग गर्दा कम्पनीको बजार मूल्यलाई कम्पनीको आधारभुत हिसाब संग दाँजेर हेर्दा कम्पनी “अण्डर भ्यालूड” क्षेत्रमा देखिन्छ।
दोश्रो बजारमा देखिएन चमक:
कम्पनीको बजार मूल्य २२ जुलाई २०१९ मा सर्वाधिक १६४ रुपैया प्रति कित्तामा कारोवार बन्द भएको थियो तर त्यसपछि भने कम्पनीको बजार मूल्य निरन्तर ओरालो लागेको हो। कमजोर वित्तिय प्रतिवेदन र कम लाभांशले गर्दा कम्पनीको बजार मूल्य निरन्तर घट्दै आएको ट्रेण्ड देखिन्छ।
शेयर मूल्य ५२ हप्ताको न्यून विन्दुमा:
कम्पनीको ५२ हप्ताको उच्च विन्दु १७२ रुपैयाँ प्रतिकित्ता रहेकोमा कम्पनीको ५२ हप्ताको न्यून विन्दु प्रति कित्ता १३८ रुपैयाँ रहेको छ। कम्पनीको अहिलेको बजार मूल्य १३८ रुपैया रहेकोमा कम्पनीको शेयर मूल्य ५२ हप्ताको न्यून विन्दु क्षेत्रमा रहेको प्रस्ट देखिन्छ।
कम्पनीको बजार मूल्य १८० दिनको औसत भन्दा पनि थोरै:
कम्पनीको १८० दिनको औसत बजार मूल्य १४८ रुपैया रहेकोमा दोश्रो बजारमा कम्पनीको शेयर मूल्य त्यो भन्दा पनि थोरैमा कारोवार भएको देखिन्छ।
निस्कर्ष :
लाभांशको मामलामा कम्पनीले लगानीकर्तालाई खुशी बनाउन सकेको छैन। कम्पनीले प्रदान गरेको लाभांश र कम्पनीको बजार मूल्यलाई दाँजेर हेर्दा कम्पनीको प्रतिफल निकै कम देखिन्छ । लाभांश मात्र नभएर कम्पनीले आक्रामक रुपमा व्यापार गर्न सकेको छैन । निक्षेप र कर्जालाई आक्रामक वृद्धि गर्न नसक्दा कम्पनी नाफामा ठुलो वृद्धि नआउने देखिन्छ। यसरी सबैभन्दा कमजोर वाणिज्य बैंकका रुपमा सिभिल बैंक स्थापित भएको छ।
दोश्रो बजारको मूल्यलाई आधार मान्दा कम्पनीको बजार मूल्य ५२ हप्ताको न्यून मूल्यको वरीपरी र १८० दिनको औसत मूल्य भन्दा थोरैमा कारोवार भएको देखिन्छ। यसरी कम्पनीको बजार मूल्य निकै घटेको देखाउँछ ।
उपलब्ध तथ्याङ्क आधारित विश्लेषण पूर्ण होइन, निर्णय लिँदा थप अनुसन्धान गर्नुपर्ने छ। – लेखक
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार