बन्दीपुरमा सिसाको ‘दृश्यावलोकन स्तम्भ ’ बन्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर ६, २०७६ शुक्रबार १७:२७:५६
![](https://nepalbahas.prixacdn.net/media/albums/nandipur_v7WsZq6iDv.jpg)
६ मंसिर दमौली । पर्यटक आकर्षणको केन्द्रका रुपमा विकसित भइरहेको जिल्लाको बन्दीपुर गाउँपालिकामा सिसाको ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गरिने भएको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनमा थप योगदान पु¥याउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सिसाको ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गर्न लागेको हो ।
बन्दीपुरको टुँडिखेलमा निर्माण गरिने सिसाको ‘दृश्यावलोकन स्तम्भ’ का लागि करिब रु तीन करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । जमीनको सतहबाट पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकनको केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ ।
“बन्दीपुर आफैँमा पनि सुन्दर र प्रख्यात पर्यटकीयस्थलका रुपमा विकसित भइरहेको छ”, गाउँपालिकाका अध्यक्ष थापाले भने, “यहाँको पर्यटनका लागि यसले ठूलो योगदान दिनेछ भन्ने अपेक्षा गरेका छौँ ।” दृश्यावलोकन स्तम्भबाट मनोरम दृश्यावलोकनका लागि दूरबिनको समेत व्यवस्था मिलाइनेछ ।
एकपटकमा १५ जनाले अवलोकन गर्न मिल्ने उक्त दृश्यावलोकन स्तम्भको हाल डिपिआर निर्माण भइरहेको छ । एक हप्ताभित्र डिपिआरको काम सकिने र टेन्डरको प्रक्रिया अगाडि बढाइने थापाले जानकारी दिए ।
बन्दीपुरमा प्रत्येक वर्ष घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । गत वर्ष मात्रै एक लाख ५० हजार पर्यटकले बन्दीपुरको भ्रमण गरेका थिए । बन्दीपुर घुम्न आउनेमध्ये ८० स्वदेशी र २० प्रतिशत विदेशी पर्यटक छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङले दृश्यावलोकन स्तम्भ निर्माणपछि अझ यो सङ्ख्या बढ्ने अनुमान गरिएको बताए ।
यहाँ घुम्न आउने विदेशी पर्यटकमध्ये अमेरिका, थाइल्यान्ड, चीन, भारत, कोरिया र युरोपियन मुलुकका धेरै रहेका छन् । जाडो मौसम शुरु भएसँगै यतिबेला बन्दीपुरमा पर्यटकको भीड लागेको छ । बन्दीपुरमा हाल हिमालय दरबार, ग्रिनपार्क, फेवा, गाउँ घर, वल्र्ड इन, बन्दिपुर प्यालेस, मगर भिजेललगायत साना–ठूला गरी ५७ वटा होटल तथा २२ वटा होमस्टे सञ्चालनमा छ । ती सबै होटलमा एकै पटक एक हजार ३०० देखि एक हजार ४०० पर्यटकले रात बिताउन सक्छन् ।
बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारी साधन जान निषेध गरिएको र पुराना घरहरु भएकाले पनि विदेशीहरु आकर्षित हुने गरेका छन् । यहाँ रहेका परम्परागत घरका कारण यहाँको पर्यटनमा टेवा मिलेको व्यवसायीको भनाइ छ । पोखरादेखि ७४ किलोमिटर र काठमाडौँदेखि १४२ किलोमिटरको दूरीमा रहेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरि लगायतका हिमशृङ्खला देखिन्छ ।
भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
माघ २३, २०८१ बुधबार
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार
नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह
फागुन ५, २०८१ सोमबार
मोरङमा बज्राचार्यको भब्य प्रस्तुति, मध्यरातसम्म मनमगनमा नाचे दर्शक
फागुन ५, २०८१ सोमबार
'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार