गरिमा धानको क्षति मूल्याङ्कन : प्रतिकट्ठा ३ हजार ६ सय ३५
नेपालबहस संवाददाता
मंसिर ६, २०७६ शुक्रबार २२:५०:४०
७ मंसिर चितवन । चितवनका छ र मकवानपुरका दुई पालिकामा लगाइएको नक्कली गरिमा धानको क्षति मूल्याङ्कन गरिएको छ । जग्गाको उत्पादन क्षमताको आधारमा रु १० करोड ३७ लाख २९ हजार ४८४ र उत्पादन लागतको आधारमा रु सात करोड ३६ लाख ९१ हजार ३०० बराबरको क्षति मूल्याङ्कन गरिएको छ ।
बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापाको नेतृत्वमा गठन भएको समितिले दुवै जिल्लामा लगाइएको धानको क्षति मूल्याङ्कन गरेको हो । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालका अनुसार क्षतिको विवरण कृषि सचिव युवकध्वज जिसीलाई समितिले आज बुझाउँदै छ । ढकालले भने, “हामी आजै कृषि सचिवलाई प्रतिवेदन बुझाउँदै छौँ । क्षतिपूर्ति के कति हुने भन्ने निर्णय सरकारले गर्छ ।”
केन्द्रका बाली विकास अधिकृत माधव पौडेलका अनुसार समितिले बालीको लागत अनुमानको आधारमा, बीमा नीतिको आधारमा र उत्पादन क्षमताको आधारमा क्षति मूल्याङ्कन गरेको छ ।
बीमा नीतिको आधारमा रु छ करोड ६३ लाख २२ हजार १८६ क्षति मूल्याङ्कन गरिएको छ । यसमा पनि प्रतिकट्ठा लागत रु तीन हजार ६३५ नै मूल्याङ्कन गरिएको छ । उत्पादन क्षमताको आधारमा सबैभन्दा बढी रु १० करोड ३७ लाख २९ हजार ४८४ क्षति मूल्याङ्कन
बालिको लागत अनुमानको आधारमा रु सात करोड ३६ लाख ९१ हजार ३१७ क्षतिको मूल्याङ्कन गरिएको पौडेलले जानकारी दिए । यसमा प्रतिकट्ठा लागत मूल्य रु तीन हजार ६३५ मूल्याङ्कन गरिएको छ ।
बीमा नीतिको आधारमा रु छ करोड ६३ लाख २२ हजार १८६ क्षति मूल्याङ्कन गरिएको छ । यसमा पनि प्रतिकट्ठा लागत रु तीन हजार ६३५ नै मूल्याङ्कन गरिएको छ । उत्पादन क्षमताको आधारमा सबैभन्दा बढी रु १० करोड ३७ लाख २९ हजार ४८४ क्षति मूल्याङ्कन गरिएको उनले जानकारी दिए । यसमा प्रतिकट्ठा रु पाँच हजार ११६ मूल्याङ्कन गरिएको छ ।
कृषि ज्ञान केन्द्र, चितवनले दिएको जानकारीअनुसार उत्पादन क्षमताको आधारमा मकवानपुरको मनोहरी गाउंँपालिकाको २७२ बिघा क्षेत्रफलको रु पाँच हजार ११६ का दरले रु १३ लाख ९१ हजार ७३३ बराबरको क्षति मूल्याङ्कन गरिएको छ । यसैगरी राक्सिराङ गाउंँपालिकाको ७६ बिघामा लगाइएको धानको रु तीन लाख ८८ हजार ८६६ क्षति मुल्याङ्कन गरिएको छ ।
चितवन जिल्लाको राप्ती नगरपालिकाको छ हजार ४० बिघाको प्रतिकठ्ठा सोहीअनुसार रु तीन करोड नौ लाख चार हजार ६६६, खैरहनी नगरपालिकाको चार हजार १११ बिघा क्षेत्रफलको रु दुई करोड १० लाख ३८ हजार ९८३, कालिका नगरपालिकाको एक हजार ६८ बिघाको रु ५४ लाख ६७ हजार १५८ क्षति मूल्याङ्कन गरिएको छ ।
यसैगरी रत्ननगर नगरपालिकाको तीन हजार १३० बिघामा रु एक करोड ६० लाख १८ हजार ९०१, भरतपुर महानगरपालिकाको तीन हजार २७५ बिघाको रु एक करोड ६७ लाख ६१ हजार ७४ क्षति मूल्याङ्कन गरिएको छ । यस्तै माडी नगरपालिकाको दुई हजार २९८ बिघामा रु एक करोड १७ लाख ५८ हजार १०० क्षति मूल्याङ्कन भएको छ ।
गरिमा जातको धानमा तोकिएको समयभित्र बाला नलागेपछि सरकारी टोलीले स्थलगतरुपमा क्षतिको मूल्याङ्कन गरेको थियो ।
केन्द्रले दिएको जानकारीअनुसार समितिले उत्पादन लागत अनुमानको आधारमा पनि क्षति मूल्याङ्कन गरेको छ । मनोहरी गाउंँपालिकामा २७२ कठ्ठा क्षेत्रफलमा रु नौ लाख ८८ हजार ७१२ बराबरको क्षति मूल्याङ्कन गरिएको छ ।
राक्सिराङ गाउंँपालिकाको ७६ बिघामा रु दुई लाख ७६ हजार २५८ बराबरको क्षति मूल्याङ्कन गरिएको छ । यसैगरी राप्ती नगरपालिकाको छ हजार ४० कट्टा क्षेत्रफलको रु दुई करोड १९ लाख ५५ हजार २३८, खैरहनीको चार हजार १११ बिघामा रु एक करोड ४९ लाख ४६ हजार ४७७ क्षति मूल्याङ्कन भएको छ ।
यसैगरी रत्ननगर नगरपालिकामा तीन हजार १३० बिघा क्षेत्रफलमा रु ३८ लाख ८३ हजार ९६९, भरतपुर महानगरपालिकाको तीन हजार १३० बिघामा रु एक करोड १९ लाख सात हजार ३७२ को क्षति मूल्याङ्कन गरेको छ । माडी नगरपालिकाका दुई हजार २९८ बिघामा रु ८३ लाख ५३ हजार १६८ क्षति भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिकाबाहेक सबै तहमा गरिमा धान लगाइएको थियो । सबै स्थानीय तहमा गरी नक्कली गरिमाको धानबाट दुई हजार ६९० किसान यसको प्रत्यक्ष मारमा परेका छन् । दुई जिल्लामा गरी ६७५ हेक्टरमा यो धान लगाइएको थियो ।
गरिमा जातको धानमा तोकिएको समयभित्र बाला नलागेपछि सरकारी टोलीले स्थलगतरुपमा क्षतिको मूल्याङ्कन गरेको थियो । मूल्याङ्कन टोलीले बाला नलागेको धान सक्कली गरिमा जातको धान नभएको बताएको थियो । धान पाक्ने समयमा पनि बाला नलागेपछि कृषक चिन्तित वनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार