कवि हेमन्त गिरिको कवितामा गुन्जियो काव्यगन्ज !
नेपालबहस संवाददाता
मंसिर ८, २०७६ आइतबार १४:४०:१२
८ मंसिर बाँके ।
आत्मअपराधको अनुसन्धान महाशाखाको कठघरामा उभिएर
सत्यको इजलासको सामु म केहि स्केचहरु वनाइरहें
पहिलो स्केच वनाए
पाँच छ फिटको कफन
पाँच छ वर्षको शासन
पाँच छ जनाको परिवार
पाँच छ अरबको भ्रष्टाचार
स्केच तयार भयो
हुवहु मेरा बाको जस्तै
जजसाव, मेरा बा रहिछन् यो देशको गद्घार ।
कविताका यी हरफ हुन् कवि हेमन्त गिरीका कविता पारखीहरुलाई स्तरीय कविताको स्वाद चखाउने उद्येश्यले शनिवारबाट नेपालगन्जमा सुरुवात गरीएको काव्यगन्जको पहिलो श्रृंखलामा कवि हेमन्त गिरीले एक दर्जन वढि कविता प्रस्तुत गरे ।
मध्यपश्चिम श्रष्टा समाज बाँकेको आयोजना र क्रियटिभ बुक्सको सहकार्यमा काव्यगन्जको पहिलो श्रृंखला सम्पन्न भएको हो । नेपालगन्जका साहित्यकार, राजनीतिकर्मी, व्यवसायी, बुुद्धिजिवी लगायत करीब एक सय जनाको सहभागीता रहेको कार्यक्रममा कवि गीरीले क्याफे, तन्ना, विश्वास, आधा चिठठ्ी, मलाई हेर्नुस्, पठाइदे, अव म कविता लेख्दिन लगायतका आधा दर्जन कविता आफ्नै आवाजमा प्रस्तुत गरे ।
गिरीका ढुङ्गो, स्केच, विश्वास, निबन्ध लगायत ५ वटा कविता सहयोगी कविका रुपमा प्रदिप भटराई, विपि अस्तु, गोल्डेन उद्भाष, सन्तोषि विष्ट र हेम प्रकाश मन्जिलले वाचन गरेका थिए । कार्यक्रममा कवि भट्राईले वाचन गरेको गीरीको निवन्ध शिर्षकको कवितामा भनिएको छ ।
देशको निवन्ध लेख भनेको दिन
मेरो सानी छोरीले लेख्छिन्
मलाई देश मन पर्दैन ।
वावा आमा, काका काकी, दाई दिदिहरु
नअटाउने देश के देश रु
मलाई देश मन पर्दैन । ।।।।।
रोजगारीको शिलशिलामा जापानमा वस्दै आएका गुल्मी निवासी कवि गीरीका कवितामा परदेशीको मनोदशा, सामाजिक विसंगतिप्रतिको व्यंग्य देखी समसायमीक आक्रोस झल्किन्थ्यो । नेपाल आएको समयमा पश्चिम नेपालका कविताप्रेमीका विचमा कविता सुनाउन पाएकोमा गिरिले खुशी व्यक्त गरे ।
उनले भने – “नेपालगन्ज साहित्यको उर्भर भूमी भनेर सुन्दै आएको थिए । कविता सुन्न आएको यो उपश्थिती देख्दा सहि ठाँउमा आएको महसुस भएको छ ।” कार्यक्रमका प्रमुख अतिथी वरीष्ठ साहित्यकार सनत रेग्मीले गिरीका कविताको प्रसंशा गरे ।
उनले सधै आफ्ना रचना सुनाउन आउने नेपालगन्जका साहित्यकारहरुबिच राम्रा कविताहरु सुन्ने श्रृंखलाको सुरुवात भएकोमा पनि खुसी व्यक्त गर्दै भने, “कविता पढ्न भन्दा सुन्ने विधा भएकाले पुस्तकले भन्दा यस्ता कार्यक्रमले लोकप्रियता वढाउछ ।”
आयोजक मध्यपश्चिम श्रष्टा समाज बाँकेका अध्यक्ष सृजन लम्सालले नेपालगन्जमा हालसम्म वहुभाषिक कवि गोष्ठीहरु हुदै आएकोमा अब प्रतिभाशाली कविहरुलाई पहिचान गरेर एकल मन्च प्रदान गर्न काव्यगन्जको सुरुवात गरिएको जानकारी दिएका छन ।
नेपालगन्जको नामसँग सामन्जस्य रहेको काव्यगन्जका श्रृखंलाहरु प्रत्येक २ महिनामा आयोजना गरिने मध्यपश्चिम श्रष्टा समाजका सचिव अमृत ढकालले जानकारी दिएका छन । काव्यगन्जका आगामी श्रृंखलाहरुमा श्रोताहरुका लागी टिकटको व्यवस्था समेत गरीने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार