प्रहरी बुलेटिन : शनिबार देशमा कहाँ- के भयो ?
नेपालबहस संवाददाता
मंसिर ८, २०७६ आइतबार १७:३१:३६
८ मंसिर काठमाडौं । काठमाडौं शंखरापुर नगरपालिका-९ इन्द्रेणीबाट अवैध लागूऔषध पोल्याण्ड १ केजी सहित काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ माकलबारी प्रगति चोक बस्ने भारत जितिया पोखरीया घर भएका राकेश शाहालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले बा.९६ प ९८५३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा शाहालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय ८५ ट्याब्लेट सहित ललितपुर सानेपा बस्ने सर्लाही हरिवन नगरपालिका-११ घर भएका २३ वर्षीय सूर्य बहादुर तिमल्सिनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चौकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याब्लेट सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका-१४ दैनी खोला घर भएका २१ वर्षीय प्रकाश लामा, झापा दमक नगरपालिका-१० घर भएका २६ वर्षीय मनोज कुमाल र उदयपुर गाईघाट नगरपालिका घर भएका २४ वर्षीय रोशन थापा मगर रहेका छन् । प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरीले प्रकाश लामालाई नाईट्राभेट १ सय ५० ट्याब्लेट, मनोज कुमाललाई नाईट्राभेट १ सय ५० ट्याब्लेट र रोशन थापालाई नाईट्राभेट ३ सय ट्याब्लेट सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्राम र नगद ७० हजार रुपैयाँ सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ घर भएका २५ वर्षीय सुमित बोहरालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भे.७ प १४८१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरका चालक बोहरालाई उक्त परिमाणको लागूऔषध र नगद सहित फेला पारी पक्राउ गरेको हो ।
विभिन्न हातहतियार सहित पक्राउ
पाल्पाको निस्दि गाउँपालिका-३ मोहरीया बस्ने ६१ वर्षीय लाल बहादुर बिकलाई भरुवा बन्दुकको नाल र वड १ थान, फाईरिङ पिन ५ थान, हम्बर ३ थान, बारुद ५० ग्राम, छर्रा २ सय ग्राम, पेचकस २ थान, रेती ७ थान, फलाम काट्ने आरी १ थान र काठ काट्ने आरी १ थान सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिकले आफ्नै घरमा भरुवा बन्दुक बनाउँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी रुक्सेभन्ज्याङबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।
सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु
ललितपुर, सप्तरी, दोलखा, बाँके, धनुषा र कञ्चनपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । ललितपुर, ललितपुर महानगरपालिका-११ युएन पार्कस्थित सडकमा बा.९१ प १३०१ नम्बर र बा.७७ प ६७९३ नम्बरका मोटरसाइकल शनिबार दिउँसो एक-आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका बा.७७ प ६७९३ नम्बरको मोटरसाइकल चालक काठमाडौं चाबहिल घर भएका २२ वर्षीय सत्यम भट्टराईको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । बा.९१ प १३०१ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी, हनुमाननगर कंकालिन नगरपालिका-४ मधुवापुरस्थित भित्री सडकमा स-१ त ७४२० नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ११ वर्षीय शंकर साहको शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दोलखा, भिमेश्वर नगरपालिका-५ स्थित सडकमा बा.२ ख ६२०४ नम्बरको बसबाट लडेर गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने ३० वर्षीया उर्मिला श्रेष्ठको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचारको क्रममा शुक्रबार साँझ मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके, कोहलपुर नगरपालिका-११ चौराहास्थित सडकमा भे.८ प ९६७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय अर्जुन खत्रीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कोहलपुर नगरपालिका-११ बस्ने १८ वर्षीय निराजन खत्रीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
धनुषा, गणेशमान चारनाथ नगरपालिका-६ गोदारस्थित बिआर ३२ यू १७०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३५ वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
यसैगरी धनुषा, बिदेह नगरपालिका-८ बफै पुलस्थित भित्री सडकमा स.८ प ७५७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति भत्किएको बफैपुलबाट करिब १० फिट तल पानीमा खस्दा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेको अन्दाजी २० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ बाणीस्थित सडकमा हाल नम्बर नखुलेको स्कार्पियो जिपको ठक्करबाट गम्भीर घाइते भएका बाजुरा गहुँमल गाउँपालिका-२ बस्ने ३० वर्षीय राम बहादुर रोकायालाई पद्मा अस्पताल हुँदै थप उपचारको लागि सेती प्रादेशिक अस्पताल लैजाने क्रममा शुक्रबार राति बाटोमै मृत्यु भएको छ ।
साथै सोही जिपको ठक्करबाट घाइते भएका कञ्चनपुर महाकाली नगरपालिका-२ बस्ने २८ वर्षीय राम बहादुर ठगुन्नाको बाणीस्थित स्थानिय मेडिकलमा उपचार भइरहेको छ । ठक्कर दिने जिपको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका-७ कार्की गाउँस्थित सर्लाही बरहथवा नगरपालिका-१४ घर भएको शिवशंकर महतोको मोटरसाइकल पार्टस पसलमा बिद्युत सर्ट भई शुक्रबार राति आगलागी हुँदा विभिन्न मोटरसाइकलको पार्टसहरु जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडा बस्ने ६० वर्षीय बम बहादुर सिंहको घरमा शनिबार बिहान आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै उक्त आगो निभाउने क्रममा घाइते भएकी बम बहादुरको श्रीमती ५५ वर्षीया कुन्ती देवी सिंहको प्रादेशिक अस्पताल सेती धनगढीमा उपचार भइरहेको छ ।
सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-५ बस्ने हलिन मिया समेत ४ जनाको घरमा बिद्युत सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा चारै जनाको घर जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
आईजीपी वसन्तबहादुर कुँवर स्वदेश फिर्ता
बैशाख १९, २०८१ बुधबार
धरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
कस्तो छ आजको मौसम ?
बैशाख २१, २०८१ शुक्रबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख २१, २०८१ शुक्रबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार