सिटिजन्स बैंकका अधिकांश सुचक नेगेटीभ, कर्जाको ब्याजदर महंगो, संचित मुनाफा घट्दै
आर्थिक संवाददाता
मंसिर ८, २०७६ सोमबार ०:७:५८
८ मंसिर, काठमाडाैं । सिटिजन्स बैंकले आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रथम त्रैमासमा आकर्षक वित्तिय विवरण प्रकाशन गर्न भने सकेको छैन।
सिटिजन्स बैंकले आर्थिक वर्ष ०७५/७६ को साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले साधारण सभा सम्पन्न गर्दै ३ प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । केही वाणिज्य बैंकहरुले आक्रामक रुपमा व्यापार विस्तार गरेको बेलामा सिटिजन्स बैंक भने बजारमा त्यति आक्रामक रुपमा प्रस्तुत हुन सकेको छैन ।
कम्पनीको संचालक समितिको अध्यक्षमा केही समय अघि राजनसिंह भण्डारी चुनिएका छन् भने प्रमुख कार्यकारी अधिकृतको भूमिकामा गणेशराज पोखरेल कार्यरत छन् ।
कम्पनीको लाभांशको इतिहास:
प्रथम त्रैमास राम्रो आउँन सकेन:
सिटिजन्स बैंकले प्रथम त्रैमासक वित्तीय विवरण पनि आकर्षक निकाल्न सकेन । धेरै बैंकहरुले नाफा बृद्धि गरिरहेको बेला सिटिजन्स बैंकको नाफा भने घटेको छ ।
कम्पनीको आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमास र आर्थिक वर्ष ०७५/७६ को प्रथम त्रैमासलाई दाँजेर हेर्दा :
खुद ब्याज आम्दानीमा ठुलो सुधार आएन:
बैंकको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद ब्याज आम्दानीमा गिरावट आएको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७० करोड ८३ लाख खुद व्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले ७५ करोड ३१ लाख खुद व्याज आम्दानी गरेको थियो । खुद व्याज आम्दानी ६ प्रतिशतले घटेको छ । प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा गिरावट आउँदा कम्पनीले प्रथम त्रैमासको वित्तीय विवरण आकर्षक निकाल्न सकेन ।
खुद मुनाफामा गिरावट:
संचालन मुनाफा घटे संगै कम्पनीको खुद मुनाफा पनि घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४२ करोड ८८ लाख खुद मुनाफा गरेको कम्पनीले अहिले भने जम्मा ३४ करोड ९१ लाख मात्र खुद मुनाफा गरेको छ । यसरी खुद मुनाफामा १९ प्रतिशतको गिरावट देखिएको छ ।
प्रतिशेयर आम्दानीमा गिरावट:
खुद मुनाफा घटे संगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि गिरावट देखिएको छ । कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैंया २० पैसा रहेको छ । गत वर्ष प्रथम त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैंया ४९ पैसा थियो । प्रतिशेयर आम्दानीमा पनि २१ प्रतिशतको गिरावट देखिएको छ।
जगेडा कोष स्थिर हुँदै संचित मुनाफा घट्दै:
कम्पनीको जगेडा कोष सामान्य वृद्धि भएको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा २ अर्ब ८२ करोड रहेको जगेडा कोष अहिले २ अर्ब ९५ करोड पुगेको छ । संचित मुनाफा भने ८० प्रतिशतले घट्दै २५ करोड २७ लाख पुगेको छ । शेयर प्रिमियम शिर्षकमा भने कुनै रकम छैन ।
निक्षेप र कर्जा प्रवाहमा सुस्त:
बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमास र अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासलाई आधार मान्दा बैंकको निक्षेप संकलन ३ प्रतिशतले मात्र वृद्धि गर्न सफल भएको छ भने कर्जा प्रवाह ७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७२ अर्ब ४३ करोड निक्षेप संकलन गरी ६७ अर्ब ५५ करोड कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जा विस्तारमा बैंक अत्यन्त सुस्त रहेको प्रस्ट देखिन्छ।
मूल्य आम्दानी अनुपात ११ गुणा:
कम्पनीको मंसिर ५ गतेको बजार मूल्य १८३ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात ११ दशमलव २९ गुणा आउँछ । कम्पनीको बजार मूल्य र प्रतिशेयर आम्दानीलाई आधार मान्दा कम्पनी “अण्डरभ्यालुड” जोनमा रहेको देखिन्छ।
खराब कर्जा घटाउन सफल:
गत वर्ष प्रथम त्रैमासमा १ दशमालव २३ प्रतिशत रहेको खराब कर्जा अहिले भने १ प्रतिशत भन्दा केही कममा आएको छ । प्रकाशित रिपोर्ट अनुसार कम्पनीको खराब कर्जा ० दशमलव ९८ प्रतिशत रहेको छ।
आधार व्याजदर घट्यो :
कम्पनीले आधार व्याजदर घटाउन सफल भएको छ । कम्पनीको अहिले आधार व्याजदर १० दशमलव ७५ प्रतिशत रहेको छ । तैपनि याे निकै उच्च आधार रेट हाे । आधार ब्याजदर उच्च हुनुको अर्थ उधोगी व्यवसायीले सिटिजन्स बैंकबाट ऋण लिदाँ ब्याजदर अत्यन्त महंगो पर्न जान्छ । उधोगी व्यवसायीको ढाड सेक्ने काममा यो बैंकले पनि महत्वपूर्ण योगदान गरेको छ ।
वितरणयोग्य मुनाफा:
कम्पनीको प्रथम त्रैमाससम्म वितरणयोग्य मुनाफा २१ करोड ३ लाख मात्र रहेको छ ।
वास्तविक मूल्य (Fair Value):
कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ २० पैसा र किताबी मूल्य १३७ रुपैयाँ १८ पैसालाई आधार मान्दा कम्पनीको वास्तविक मूल्य २२३ रुपैयाँ हुन आउँछ । यसको आधारमा अहिलेको कम्पनीको बजार मूल्य १८३ लाई हेर्दा कम्पनीको बजार मूल्य वास्तविक मूल्य भन्दा पनि थोरैमा कारोवार भएको छ।
मूल्य र किताबी मूल्यको आधारमा:
कम्पनीको दोश्रो बजारको मूल्य र किताबी मूल्यको अनुपात निकाल्दा कम्पनीको अनुपात १ दशमलव ३३ गुणा आउँछ । बेन्जामिन ग्रामले सो अनुपात १ दशमलव ५ गुणा भन्दा धेरै भएका कम्पनीलाई “ओभर भ्यालूड” क्षेत्रमा राखेको देखिन्छ। यो शुत्र प्रयोग गर्दा कम्पनीको बजार मूल्यलाई कम्पनीको आधारभुत हिसाबसँग दाँजेर हेर्दा कम्पनी “अण्डर भ्यालूड” क्षेत्रमा देखिन्छ।
किताबी मूल्य घट्यो :
कम्पनीको प्रकाशित प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ १८ पैसा रहेको छ। गत वर्ष कम्पनीको किताबी मूल्य १४९ दशमलव २६ रुपैया थियो। यसरी किताबी मूल्य ८ प्रतिशतले घटेको छ।
शेयर मूल्य ५२ हप्ताको न्यून विन्दुमा:
कम्पनीको ५२ हप्ताको उच्च विन्दु २३७ रुपैयाँ प्रतिकित्ता रहेकोमा कम्पनीको ५२ हप्ताको न्यून विन्दु प्रति कित्ता १८३ रुपैयाँ रहेको छ। कम्पनीको अहिलेको बजार मूल्य १८३ रुपैया रहेकोमा कम्पनीको शेयर मूल्य ५२ हप्ताको न्यून विन्दु क्षेत्रमा प्रस्ट देखिन्छ।
कम्पनीको बजार मूल्य १८० दिनको औसत भन्दा पनि थोरै:
कम्पनीको १८० दिनको औसत बजार मूल्य २१२ रुपैया रहेकोमा दोश्रो बजारमा कम्पनीको शेयर मूल्य त्यो भन्दा पनि थोरैमा कारोवार भएको देखिन्छ।
निस्कर्ष :
कम्पनीले आक्रामक रुपमा व्यापार गर्न सकेको छैन । निक्षेप र कर्जालाई आक्रामक वृद्धि गर्न नसक्दा कम्पनी नाफामा ठुलो वृद्धि नआउने देखिन्छ। कम्पनीले आकर्षक वित्तीय विवरण निकाल्दा नसक्दा दोश्रो बजारमा शेयर मूल्य निरन्तर घटेको छ।
दोश्रो बजारको मूल्यलाई आधार मान्दा कम्पनीको बजार मूल्य ५२ हप्ताको न्यून मूल्यको वरीपरी र १८० दिनको औसत मूल्य भन्दा थोरैमा कारोवार भएको देखिन्छ । यसरी कम्पनीको बजार मूल्य निकै घटेको देखाउँछ ।
उपलब्ध तथ्याङ्क आधारित विश्लेषण पूर्ण होइन, निर्णय लिँदा थप अनुसन्धान गर्नुपर्ने छ। – लेखक
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार