विद्याको कार्यकारी मोह
नेपालबहस संवाददाता
मंसिर ८, २०७६ आइतबार २०:३८:२८
८ मंसिर काठमाडौं । मन्त्रिपरिषद पुनर्गठन गर्नुअघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्र सघन वार्ता भए । प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्नुपूर्व अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सहमति लिन खोज्दा नयाँ परिस्थिति निर्माण भयो ।
पटकपटक भद्र सहमति गर्दा पनि व्यवहारमा लागू नभएको गुनासो मेटाउने उपयुक्त बेला यही थियो प्रचण्डका लागि ।उनले ओलीसँग अब प्याकेजमै सहमति गरेर अघि बढ्ने शर्त राखे । आलोपालो प्रधानमन्त्री चलाउने पूर्व सहमतिको कुरा निस्कने वित्तिकै ओलीको निधारमा चिटचिट पसिना आउन थाल्थ्यो ।
साथै पार्टीको कार्यकारी अध्यक्षको भूमिकामा समेत उनको उपस्थिति नभएकाले प्रचण्डको पारो चढेकै हो । त्यसलाई निमिट्यान्न पार्ने अचूक अवसरका रुपमा प्रचण्डले ओलीको किल्किले समाए । अनि प्याकेजमै सहमति भयो, त्यो पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर । सहमति बमोजिम ओली पाँचै वर्षका लागि प्रधानमन्त्रीमा रहने र प्रचण्ड पार्टीको कार्यकारी अध्यक्षको भूमिकामा रहने ।
ओलीको वचनप्रति प्रचण्डको विश्वास नरहेकाले यसपाला भने राष्ट्रपति भण्डारीलाई नै साक्षी राखेर यस्तो सहमति गरियो ।नभन्दै लगत्तै बसेको पार्टी सचिवालय बैठकले यस्तै निर्णय ग¥यो । अर्थात, ओलीको शासन सत्ता अब अनकण्टक चल्ने भयो । यस्तै प्रचण्डको कार्यकारी अध्यक्ष बन्ने धोको पनि पूरा हुने भयो ।
यसले पुरानो सहमति विस्थापित गरिदियो । तर राष्ट्रपतिको पार्टीमा अनावश्यक हस्तक्षेप बढेकोमा धेरै नेताको भने मन कुंढिएको छ । आलंकारिक राष्ट्रपतिलाई प्रधानमन्त्रीले जवर्जस्ती कार्यकारी बनाउने प्रयत्न गर्दै छन्, यसले भविष्यमा नराम्रो नजिरको काम गर्ने छ – नाम उल्लेख गर्न नचाहने एक नेताले भने । हुन पनि विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा दोहरिएपछि कार्यकारी बनाउने प्रयत्न भएको प्रतीत हुन्छ ।
उनले गर्ने काम र शैली सधैं आलोचित हुन थालेका छन् । पार्टी राजनीतिमा उनको अनावश्यक हस्तक्षेप बढेको अनुभूति गरिन थालेको छ । सात वर्षअघि पोखरामा सम्पन्न अखिल नेपाल महिला संघको अधिवेशनका बेला विद्यादेवीको उमेदवारी र रवैयाप्रति धेरै महिला नेतृले आवाज उठाएका थिए ।
ती मध्ये एक थिइन् – उर्मिला अर्याल । त्यस बेला उनले भनेकी थिइन् – अखिल नेपाल महिला संघ विद्याको प्राइभेट लिमिटेड हो र ? यही घटनापछि उनले तत्कालिन एमाले त्यागेर माओवादी प्रवेश गरिन् । यस्ता प्रताडना पाउने अरु धेरै नेता कार्यकर्ता थिए पुरानो एमालेमा । कारण थियो पार्टी अध्यक्ष ओलीको साथ र समर्थन ।
यो क्रम राष्ट्रपति भण्डारीको दोस्रो कार्यकालमा अचाक्ली भएको अनुभूति गर्न थालेका छन् नेता कार्यकर्ता । धेरैले विद्याको अनावश्यक हस्तक्षेपलाई रुचाएका छैनन् , तर ओलीको साथ भएकाले विरोधै गर्न पनि सकिरहेका छैनन् ।
पछिल्ला दिन विद्याको हस्तक्षेप धेरै नै हुन थालेको भन्दै माधव नेपाल पक्षले त मुखै खोलिसकेको छ । तर विद्याको कार्यशैलीमा कुनै बदलाव आएको छैन, बरु अझै कसिलो बनेको छ । राष्ट्रपति भण्डारी आफ्नी छोरीलाई राजनीतिमा ल्याएर स्थापित गर्न चाहन्छिन् । तर पार्टी पंक्तिमा यो विवादित भएको छ ।
नेपाल पक्षको बुझाइमा माधवको वरियता घटुवा प्रकरण, वामदेव गौतमलाई विधान विपरित उपाध्यक्ष बनाउने प्रयास तथा नेकपा नेताहरु विरुद्ध चलखेल गर्ने प्रयत्न राष्ट्रपति भण्डारीबाट भएका हुन् । यस्तै विभिन्न नियुक्ति र अवकाश प्रकरणमा समेत राष्ट्रपति भण्डारीको प्रत्यक्ष हस्तक्षेप हुने गरेको नेपाल पक्षले आरोप लगाउने गरेको छ ।
प्रहरी महानिरिक्षक फेर्ने प्रकरण होस् वा मन्त्रिमण्डलमा कोटा खोज्ने काम उनीबाट हुने गरेको छ । भर्खरै त्रिभुवन विश्वविद्यालयमा गरिएको नियुक्तिमा समेत भण्डारी हावी भएको धेरैको बुझाई छ । आफ्ना नातेदार समेत रहेका डा. धर्मकान्त बाँस्कोटालाई उनले उपकुलपति बनाउन ठूलै शक्ति लगाएको चर्चा व्याप्त छ ।
यति मात्र होइन , उनको राजशी शैली र उठबसले पनि धेरै विवाद सिर्जना गरेको छ । सडकम निस्कँदा सर्वसाधारणलाई दिने सास्ती होस् की संसद्मा जाँदा देखाउने ढाँटले उनी सधैं आलोचित छन् । तर जे भएपनि उनकै सकृयताले अहिले फेरि पार्टी भित्र नयाँ माहोल तयार भएको छ, चाहे विवादकै बीच किन नहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार