घरमा नै बसेर “छ माया छपक्कै” हेर्न पाइने
नेपालबहस संवाददाता
मंसिर ८, २०७६ आइतबार २२:५८:४४
८ मंसिर,काठमाडौं । हाँस्यकलाकार दिपकराज गिरी, केदारप्रसाद घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे) लगायत दर्जनौं कलाकारहरुको अभिनय रहेको “छ माया छपक्कै” अब डिशहोमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शन हुँदैछ । सो च्यानलमा यो चलचित्र मंसिर १३ गते देखि प्रदर्शन हुने डिशहोमले जनाएको छ ।
डिशहोमले हलसम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएका दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने पे पर भ्यु (Pay Per View) सुुविधा उपलब्ध गराईरहेको छ । पे पर भ्यु (Pay Per View) सुुविधा अन्तर्गत संचालन भईरहेको सिनेमा घर च्यानल नं. १०८ मा नयाँ नेपाली सिनेमा हलमा लागेसंगै वा हलमा लागेको केहि समय पछि न्युनतम शुल्कमा हेर्न सकिन्छ ।
हरेक दिन आठ शो प्रदर्शन हुने सिनेमा घर एसएमएस पठाएर, डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर र नजिकै डिशहोम बिक्रेता संग सम्पर्क गरेर सजिलै खुलाउन सकिन्छ ।
आमा सरस्वती मुभिज प्रा.लि. र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको वर्षकै सर्वाधिक सफल चलचित्र “छ माया छपक्कै” कात्र्तिक २४ गतेदेखि विभिन्न सहरहरुका मूख्य हलहरुमा सार्वजनिक रुपमा प्रदर्शन भएको थियो । चलचित्रले नेपाली सिनेमा जगतमा उत्कृष्ट प्रदर्शनी कायम गर्न सफल भएको जनकारी दिइएको छ । व्यापारको उच्च प्रतिफल पाएको यस चलचित्र ५१औँ दिन मनाउने तयारीमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
डोल्पाको चुँ गाउँ
पुष ३, २०८१ बुधबार
रुसले क्यान्सरको नयाँ खोप निःशुल्क वितरण गर्ने
पुष ३, २०८१ बुधबार
कतारमा भएको वार्ता ‘गम्भीर र सकारात्मक' : हमास
पुष ३, २०८१ बुधबार