बटमलाईन क्रस गर्दै नेप्से : लगानीकर्तामा बढ्दो त्रास, ओली सरकार मौन किन ?
नेपालबहस संवाददाता
मंसिर ८, २०७६ सोमबार ०:४५:०
८ मंसिर, काठमाडौं । भाेकले रन्थनिएकाे साँढे कुदेझैं निरन्तर ओह्रालो लागेको नेपाली धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । बिहान उज्यालो भएसँगै मुस्कुराउँदै शेयर कारोबार गर्न पुग्ने लगानीकर्ता र ब्रोकरहरु घर फर्किनेबेला निन्याउरो र बिरामी जस्तो अनुहार लिएर फर्कनु नियति जस्तै बनेको छ ।
नेप्से बढ्ने आशामा बजारमा पुग्ने लगानीकर्ता बजार खुल्दा हँसिलो देखिन्छन् तर बजार बन्द हुँदा नसोचेको घाटा ! गिरावटसहित सबै सुचकाङ्क रातो भएपछि आँखा पनि रातो बनाएर घर फर्किन बाध्य हुन्छन् । अस्ताउँदो घामले पारि डाँडामा रातो रेखी हाले झैँ सँधै साँझमा नेप्सेले पनि रातो नछर्केको दिन छैन ।
तर दुईतिहाईको बलियो सरकार कहिले बालुवाटार त कहिले ग्राण्डीमा दौडिरहेको छ । अर्थतन्त्रको ऐनामा राता डोरा देखिँदा अर्थमन्त्री किन ढुक्क छन् ? धितोपत्र बोर्ड के हेरीरहेको छ ? के नियामक निकाय नै असक्षम भएका हुन् ? कि ठूला लगननीकर्ताहरुको चलखेल हो ? होइन भने किन नेप्सेमा सँधै रातो दाग ? यो सामान्यतः शेयर बजारमा होमिएका लगानीकर्ताले गर्ने प्रश्न हो । के यो प्रश्नको जवाफ दुई तिहाइको बलियो सरकारसँग छैन ?
आज पनि नेप्से १०.५४ विन्दुले घटेर एक हजार ११०.०८ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक २.०३ विन्दुले घटेर २४४.८६ विन्दुमा पुगेको छ । नेप्से घटेपनि कारोबार रकम भने औसतमा सीमित भयो । कूल १६२ कम्पनीको नौ लाख २९ हजार ७४४ कित्त शेयर रु २८ करोड पाँच लाख ३४ हजार ४१५ मूल्यमा खरीद बिक्री भए ।
नेप्सेका अनुसारका कारोबार भएका कूल १२ उपसमूहकै शेयर ओरालो लागेको छ । बैंकिङ १०.४७, व्यापार ३९.८६, होटल १०.८३, विकास बैंक १०.३९, जलविद्युत् ७.६, वित्त ५.४१, निर्जीवन बीमा ५७.१५, उत्पादन २०.५१, अन्य ४.६६, लघुवित्त ६.३४, जीवन बीमा ४८.०८ र सामूहिक लगानी कोष ०.०९ विन्दुले घटेको छ ।
नेप्सेका अनुसार एनएमबी बैंकको कारोबार शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ११ लाख ५९ हजार ४०० बराबरको शेयर कारोबार भयो । नेपाल बैंक लिमिटेड रु एक करोड ३७ लाख ८३ हजार ९१६, साना किसान विकास बैंक रु एक करोड २० लाख, स्ट्यान्र्डड चार्टड बैंक रु एक करोड ७८ हजार ९११ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार नेशनल हाइड्रोपावर चार, अपि पावर ३.८८, लक्षमी लघुवित्त वित्तीय संस्था ३.०७ र नेशनल माइक्रोफाइनान्सका लगानीकर्ताले २.५८ प्रतिशतले कमाउँदा साल्ट टेडिङ कर्पोरेशन ९.९०, गुर्खाज फाइनान्स ५.४०, प्रुडेन्डियल इन्स्योरेन्स ५.२६, गुरास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४.८२ प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार परिवर्तनको सहमतिसँगै नेप्सेमा सकारात्मक सर्किट
असार १८, २०८१ मंगलबार
नेप्सेमा दोहोरो अंकले उकालो लागेर दुई हजार ५३ दशमलव ३८ मा पुग्यो
असार १७, २०८१ सोमबार
नेप्से १४.८३ प्रतिशतले घटेर दुई हजार ३७.०९ को विन्दुमा कायम
असार १६, २०८१ आइतबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार
एमालेका मन्त्री र सांसदलाई हाइअलर्ट रहन ओलीको निर्देशन, सत्ता समीकरण फेरिँदै
असार १७, २०८१ सोमबार
ओली र देउवाबीच सहमति, एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय
असार १८, २०८१ मंगलबार
बालकोटमा एमालेका मन्त्रीहरुसँग ओलीले राखे छलफल
असार १७, २०८१ सोमबार
फुस्रेखोला देउराली सडकमा सात वर्षमा तोकिएको मध्ये आधा काम
असार १८, २०८१ मंगलबार
गिरिजाप्रसाद युगान्तकारी परिवर्तनका नायक
असार १८, २०८१ मंगलबार
मुसिकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट तीन हजार युवा लाभान्वित
असार १८, २०८१ मंगलबार
राष्ट्रपति र प्रधानमन्त्री प्रचण्डबीच शीतल निवासमा छलफल
असार १८, २०८१ मंगलबार
तिला गाउँपालिकामा ८३ मध्ये ६१ योजना सम्पन्न
असार १८, २०८१ मंगलबार
राष्ट्रिय सहमतिको सरकारबारे छलफल गर्न कांग्रेसले बोलायो राप्रपासहितका साना दल
असार १८, २०८१ मंगलबार