निगमले सबै जहाजमा भ्रमण वर्षको प्रतीक चिह्न राख्ने
नेपालबहस संवाददाता
मंसिर ८, २०७६ सोमबार २:५०:४५
८ मंसिर काठमाडौं । ‘नेपाल एयरलाइन्स’ ले नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारी प्रवद्र्धनका लागि आफ्ना सबै जहाज तथा अन्य साधनमा भ्रमण वर्षका लागि लोगो राख्ने भएको छ ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलको अध्यक्षतामा मंसिर ५ गते बसेको बैठकले निगमका सम्पूर्ण जहाज र निगमको स्वामित्वमा रहेका सबै सवारीसाधनमा भ्रमण वर्षको लोगो राख्ने गर्ने निर्णय गरिएको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए ।
निगमको निर्णयअनुरुप सम्बन्धित विभागलाई लोगो राख्ने काम तत्काल लागू गर्न निर्देशन दिइएको छ । निगमले सरकारद्वारा घोषित भ्रमण वर्षलाई अत्यधिक सफल पार्न रणनीतिक कार्य योजनालाई थप परिस्कृत एवं परिणाममुखी बनाउने निर्णय गरेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाललाई पर्यटकका लागि आकर्षक गन्तव्य बनाइनुका साथै प्राकृतिकरुपमा अत्यधिक सुन्दर र संस्कृतिकरुपमा सम्पन्न राष्ट्रको विश्वव्यापी परिचयलाई थप सुदृढ बनाउने महान् अवसरका रुपमा भ्रमण वर्षलाई उपयोग गर्न निगमले विज्ञसहितको डिजिटल मिडिया एवं कन्टेन्ट बनाई पर्यटक आकर्षित गर्ने कार्यनीति पनि तयार गरेको निगमले जनाएको छ ।
भ्रमण वर्ष २०२० को लक्ष्य र निगमको व्यावसायिक प्रवद्र्धनलाई केन्द्रित गरी निगमले डिजिटल मिडिया सेलबाट फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम र युट्युबमा पर्यटन प्रवद्र्धनसम्बन्धी सामग्री प्रसारण गर्नेछ । निगमले गुणस्तरीय सेवासहित पर्यटक आकर्षण गर्न केन्द्रीय कार्यालयस्थित बिक्री कक्ष रातिको ८ बजेसम्म खुला राख्ने भएको छ । काठमाडौँका होटेल तथा टुर अपरेटर व्यवसायीसँग सम्झौता गरी विदेशबाट आएका यात्रुलाई निगमका बाह्य स्टेशनबाट प्याकेजमा टिकट बिक्रीको व्यवस्था गरिनेछ ।
भ्रमण वर्ष २०२० लक्षित थप कार्यक्रम क्रमशः बनाउन पाँच निर्देशक सम्मिलित समिति गठन गरेको छ भने मिडिया÷पर्यटक सहजीकरणका लागि एक उपसमिति गठन गरी पाक्षिक प्रगति मूल्याङ्कन गरेर थप कार्यक्रम बनाउन निगमले निर्णय गरेको छ । प्रत्येक अन्तरराष्ट्रिय स्टेशनमा पर्यटकका लागि गोलाप्रथाद्वारा मासिक एक थान टिकट निःशुल्क उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार