लगानीकर्ताको मनोबल वृद्धि गर्दै बन्द भयो बजार, अरु के भयो ?
आर्थिक संवाददाता
मंसिर ९, २०७६ सोमबार २२:५४:३७
९ मंसिर, काठमाडाैं । आज नेप्से परिसूचक हिजाेकै बिन्दुमा बन्द भएको छ। आज बजार बन्द हुँदा कुनै प्रकारको परिवर्तन देखिएन । आज नेप्से परिसूचक १११० दशमलव ०८ को बिन्दुमा बन्द भएको हाे । बजार इण्ट्राडेमा ११०२ को बिन्दु पुगेकोमा बजार बन्द हुँदा हिजाेकै बिन्दुबाट नघट्नुलाई सकारात्मक प्रवृत्तिको रुपमा लिन सकिन्छ ।
विभिन्न समयमा नेप्से परिसूचक :
आज बजार २ बजेर ५२ मिनेटमा सबै भन्दा धरैले बढेर १११२ दशमलव १५ को बिन्दुमा पुगेको थियो भने १ बजेर १५ मिनेटमा सबै भन्दा न्यून ११०२ दशमलव ४७ को बिन्दुमा पुगेको थियो । आज बजारको अन्तिम समयमा खरिदकर्ताको उपस्थित बाक्लाे थियो । बजारले ११०० को बिन्दुबाट फर्केकाले ११०० को क्षेत्रमा बलियो टेवा बन्न पुगेको छ ।
हेरौं आज सर्वाधिक कारोवार हुने कम्पनीहरु :
आज नेपाल इन्भेस्टमेन्ट बैंकको सस्थापक शेयर सर्वाधिक ३ करोड ६१ लाखको किनबेच भएको छ भने दोश्रोमा नेपाल बैंकको ३ करोड ५२ लाख बराबरको शेयर खरिदबिक्री भएको छ ।
हेरौं सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु :
प्राविधिक विश्लेषण:
प्रतिरोध : ११२० बन्द बिन्दु : १११०.०८ टेवा : ११००
१० कारोबार अवधिलाई हेर्दा नेप्सेको चाल घट्ने क्रममा रहेपनि आज बजारमा माग बढ्न थालेको छ । अन्तिम दिनमा मैनबत्ती चित्रले डोजी आकृति बनाएको छ । यसले घटीरहेको बजार परिवर्तन हुनसक्ने संकेत गर्दछ । आरएसआईको रेखाले बजारको सन्तुलन गुमाएको अर्थात “न्युट्रल जोन” भन्दा तल झरेको छ । यसले बजारमा आपूर्ति बढी रहेको संकेत गरेको छ। “आरएसआई” २९ दशमलब ८१ बिन्दुमा छ।
“एडीएक्स”ले केहि समय अघिदेखि आपूर्ति हावी रहेकोमा हाल कमजोर हुँदै गएको संकेत गरेको छ । जोड र बिजोड डाइरेक्सनल इन्डेक्स फेरि टाढिदै गएकोले पुन बजारमा आपूर्ति बढ्न थालेको संकेत गरेको छ । “अन ब्यालेन्स भल्यूम”ले हालसम्म बजारमा माग भन्दा आपूर्ति बढेको संकेत गरेको देखिन्छ । नेप्से बढेमा पहिलो प्रतिरोध ११२० मा पाउने देखिन्छ र घटेमा पहिलो टेवा ११०० मा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार