उपनिर्वाचन भएका ठाउँहरुमा सवारी चलाउन के गर्ने ?
नेपालबहस संवाददाता
मंसिर ९, २०७६ सोमबार २३:४४:१५
९ मंसिर, काठमाडौं । उपनिर्वाचनको मिति नजिकिएसँगै निर्वाचन आयोगले उपनिर्वाचन, २०७६ को सवारी आवागमन व्यवस्थापन योजना स्वीकृत गरेको छ । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यका लागि यही मङ्सिर १४ गते उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा बिहान ५ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म सवारी पास अनुमति पत्र प्राप्त गरेका बाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइएको आयोगले जनाएको छ ।
उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा राष्ट्रिय मानव अधिकार आयोग, संवैधानिक निकाय, कूटनीतिक नियोगका अवलोकनकर्ता, संयुक्त राष्ट्रसङ्घीय नियोग र नेपालका विकास साझेदार संस्थाहरूलाई मतदानको दिनको तोकिएको मापदण्डभित्र रही सवारी अनुमतिपत्र निर्वाचन आयोगबाट उपलब्ध हुने व्यवस्था गरेको जनाइएको छ ।
मानवीय उद्धार एवं सहायतामा प्रयोग गरिने सवारी साधनको हकमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको अनुमति लिई प्रयोग गर्न र कामको प्रकृति हेरी सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट एउटा जिल्ला भन्दा बढी जिल्लाका लागि पनि सवारी पास जारी गर्न सकिने आयोगले जानकारी दिएको छ ।
आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ–उपनिर्वाचन हुने क्षेत्र भएर एउटा वडाबाट अर्को वडामा वा एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा वा एउटा जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्ने सरकारी, निजी तथा भाडाका सवारी साधनले उपनिर्वाचन हुने क्षेत्रमा पर्ने कुनै पनि स्थानमा सवारीसाधन रोक्न, यात्रु चढाउन वा ओराल्न नपाउने गरी आवतजावत गर्न दिने व्यवस्था सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले मिलाउनु पर्नेछ ।
स्वीकृत सवारी आवागमन व्यवस्थापन योजनामा विवाह, व्रतबन्ध जस्ता सामाजिक कार्यमा सवारीसाधनको प्रयोग गर्नपर्ने भएमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले जाँचबुझ गरी सवारी सञ्चालन पास दिने आवश्यक व्यवस्था मिलाउन सक्ने उल्लेख छ ।
संस्थाले आफ्नो संस्थाको आधिकारिक पत्रमा सवारी नं, सवारीको किसिम, सवारी प्रयोगकर्ता/संस्था वा व्यक्तिको नाम र उक्त सवारीमा यात्रा गर्ने यात्रु सङ्ख्या, सवारी प्रयोग हुने जिल्ला (काठमाडौं उपत्यकाबाहेक) र सवारी चालकको नाम (लाइसेन्स नम्बरसहित) उल्लेख गरी सम्बन्धित निकायको सिफारिससहित प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनका लागि मङ्सिर १२ गतेसम्म निर्वाचन आयोग वा सम्बन्धित प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिई सक्नु पर्नेछ ।
अत्यावश्यक सेवा एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दुरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत् सेवाको हकमा सवारी अनुमति पत्र लिइरहनु नपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपछिल्लो समय पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छः अध्यक्ष प्रचण्ड
मंसिर २९, २०८१ शनिबार
रोजगारी र आत्मनिर्भरता शिक्षातर्फ अघि बढिनेछ : प्रधानमन्त्री ओली
मंसिर २९, २०८१ शनिबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
सँगिनी र बालन नाच संरक्षणमा महिला समूह
मंसिर २९, २०८१ शनिबार
दोस्रो ‘इलाम गोल्डकप’को उपाधि पनि एनआरटीकै पोल्टामा
मंसिर २९, २०८१ शनिबार
पछिल्लो समय पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छः अध्यक्ष प्रचण्ड
मंसिर २९, २०८१ शनिबार
दक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित
मंसिर २९, २०८१ शनिबार
प्रधानसेनापति सिग्देलले गरे भारतीय अधिकृत क्याडेटको कवाज निरीक्षण
मंसिर २९, २०८१ शनिबार
रोजगारी र आत्मनिर्भरता शिक्षातर्फ अघि बढिनेछ : प्रधानमन्त्री ओली
मंसिर २९, २०८१ शनिबार