प्रधानमन्त्रीज्यू, बुढीगण्डकीमा राष्ट्रघात किन ?
नेपालबहस संवाददाता
मंसिर ९, २०७६ मंगलबार २:५४:२९
९ मंसिर काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा भइरहेको ढिलाईप्रति चासो व्यक्त गरेको छ ।
यहि मंसिर १४ गते हुने उपनिर्वाचनलाई केन्द्र बनाएर सरकारले गरेका काम कार्बाहीका बारेमा सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेस प्रवक्क्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई प्रधानमन्त्री ज्यू, बुढीगण्डकीमा राष्ट्रघात किन ? भन्दै खबरदारी गरेका हुन् ।
आयोजनाको मुआब्जा निर्धारण हुन बाँकी रहेका धादिङको खहरे बजार क्षेत्र र गोरखाको आरुघाट, आर्खेतलगायत का स्थानीयवासीले असन्तुष्टि व्यक्त गरिरहेको र आयोजना कुन ढाँचामा निर्माण गर्ने भन्नेसम्बन्धी कुनै पनि निर्णय नभएकाेमा सो पार्टीले चासो व्यक्त गरेको हो ।
कांग्रेसका प्रवक्ता शर्माले एक हजार २०० मेगावाट क्षमताको सो आयोजनामा भइरहेको ढिलाईले आफूहरुलाई समेत संवेदनशिल बनाएको बताए । आयोजानका लागि रकम जोहो गर्ने भन्दै सरकारले भन्सार बिन्दुमा नै डिजेल र पेट्रोलमा प्रतिलिटर रु पाँच पूर्वाधार कर लगाएको छ । सो करबाट कात्तिक मसान्तसम्म रु ३८ अर्ब रकम जम्मा भएको छ ।
कांग्रेसले बिनाप्रतिस्पर्धा एक विवादास्पद कम्पनीलाई आयोजना निर्माणको जिम्मा दिइएको र हालसम्म काम नै शुरु नभएकाेमा समेत गुनासो गरेको छ । नेपाल आफैँले निर्माण गर्न जरूरी र सम्भव ठहर गरिएको सो परियोजना लामो समयसम्म अलपत्र पर्नु दुर्भाग्यपूर्ण रहेको कांग्रेसको टिप्पणी छ ।
नेपाली आफैँले बनाउन सक्ने ठहरका साथ अघि बढाउने सङ्कल्प गरिएको र रकमको बन्दोबस्त गर्ने गरि अघि बढिसकेको अवस्थामा आयोजनाको भविष्य के हुन्छ भन्ने प्रश्नसमेत कांग्रेसले गरेको छ । प्रवक्ता शर्माले सरकारलाई खबरदारी संगै सोधेका छन् , “अब समग्रमा बूढीगण्डकीको भविष्य के हुन्छ ?”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदीपक राज गिरीको चेतावनी:- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु
कात्तिक ३०, २०८१ शुक्रबार
एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने नरेन्द्र मोदी
साउन ५, २०८१ शनिबार
प्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार