जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई रु १० लाख
नेपालबहस संवाददाता
मंसिर १०, २०७६ मंगलबार १२:१०:२७
१० मंसिर कञ्चनपुर । जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराका परिवारलाई राहतस्वरुप रु १० लाखको चेक साेमबार हस्तान्तरण गरिएको छ ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्का, डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजय मानन्धरलगायतले संयुक्तरुपमा मृतकका श्रीमती मैनादेवी बोहराको घरमै पुगेर राहत रकमको चेक हस्तान्तरण गरेका हुन् ।
वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०६९ बमोजिम राहत रकम हस्तान्तरण गरिएको डिभिजन वन कार्यालयका प्रमुख अजय मानन्धरले बताए । बोहराको असोज २९ गते घर नजिकै हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो ।
यसअघि मृतकका परिवारलाई शुक्लाफाँटा नगरपालिकाले रु २५ हजार र राष्ट्रिय प्रकृति संरक्षण कोषले रु ५० हजार किरिया खर्चबापतको रकम छुट्टाछुट्टैरुपमा उपलब्ध गराएको थियो । यसैगरी सामुदायिक वन समन्वय समितिलेसमेत राहतस्वरुप रु २५ हजार रकम हस्तान्तरण गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
कैलाश सिरोहियालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार