अब तिलोत्तमाका सबै गर्भवतीलाई निःशुल्क क्याल्सियम
नेपालबहस संवाददाता
मंसिर १०, २०७६ मंगलबार १५:३१:२
१० मंसिर रुपन्देही । तिलोत्तमा नगरपालिकाले गर्भवतीलाई निःशुल्करूपमा क्याल्सियम उपलब्ध गराउने भएको छ । गर्भवती तथा शिशुको पोषणमा सुधार ल्याउन नगर कार्यपालिकाको ७४औँ बैठकले स्वास्थ्य संस्थामार्फत क्याल्सियम निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।
गर्भवती भएको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म दैनिक एक चक्की क्याल्सियम खानुपर्ने स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्यकर्मीले गर्भवतीलाई क्याल्सियम नियमित खान सिफारिश गरे पनि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क नपाइँदा किनेर खानुपर्ने बाध्यता छ ।
नगरपालिकाको सो निर्णयपछि अब तिलोत्तमाका सबै गर्भवतीले आइरन चक्कीसँगै क्याल्सियम पनि निःशुल्क प्राप्त गर्नेछन् । शिशुको हाड तथा मानसिक विकासका लागि क्याल्सियम आवश्यक पर्ने स्वास्थ्यकर्मी बताउँछन् ।
आमाको गर्भबाटै शिशुले आवश्यक पोषक तत्व पाउन सकून् भन्ने उद्देश्यले गर्भवतीलाई क्याल्सियम चक्की निःशुल्क प्रदान गर्ने निर्णय गरिएको नगर प्रमुख वासुदेव घिमिरेले बताउनुभयो । “कार्यपालिकाबाट नीतिगत निर्णय गरेका छौँ, आवश्यक प्रक्रियापछि सबै गर्भवतीले नगरपालिका मातहतका स्वास्थ्य संस्थामार्फत निःशुल्क क्याल्सियम पाउनुहुनेछ”, नगरप्रमुख घिमिरेले भने ।
नगरपालिकाका १० सरकारी स्वास्थ्य संस्थामार्फत वार्षिक तीन हजार बढी महिलाले सुरक्षित मातृत्व सेवा लिने गरेका छन् । नगर उपप्रमुख जागेश्वरी चौधरीले आमाको गर्भमा रहेका कुनै पनि शिशु पोषकतत्वका अभावबाट प्रभावित हुन नपरोस् भनेर क्याल्सियम प्रदान गर्ने कार्यक्रम अघि बढाइएको बताए ।
क्रिमसन अस्पतालमा कार्यरत स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा रुक्सना हकले क्याल्सियमले गर्भवतीमा ढाड दुख्ने, हाड खिइनेजस्ता समस्यालाई पनि कम गर्ने बताए।
नगरपालिकाले सङ्घीय सरकारको आमा सुरक्षा कार्यक्रममा पाइने सेवासुविधाको अतिरिक्त प्रसूति केन्द्रमा सुत्केरी सेवा लिनेलाई रु ५०० प्रोत्साहन भत्तासमेत उपलब्ध गराउँदै आएको सिनियर अहेव अधिकृत गणेश गौतमले बताए।
तिलोत्तमाका सेमराबजार र आनन्दवन स्वास्थ्यचौकीमा प्रसूति केन्द्र छन् । सबै वडामा कम्तीमा एउटा सरकारी स्वास्थ्य संस्था पु¥याउने योजनानुरुप चालू आवमा तिलोत्तमामा थप पाँच वडामा शहरी स्वास्थ्य केन्द्र निर्माण हुँदैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर सुरु
जेठ १३, २०८१ आइतबार
आविष्कार केन्द्रले बनायो १० किसिमका कृषि औजार
जेठ १३, २०८१ आइतबार
नेवार समुदायका युवायुवतीलाई वाद्यवादन तालिम
जेठ १३, २०८१ आइतबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा डोजर चालकको मृत्यु
जेठ १३, २०८१ आइतबार
चालु आवमा थप तीन लाख जनसङ्ख्यामा सुरक्षित खानेपानी सेवा
जेठ १३, २०८१ आइतबार
चालू आवमा नेपालीको प्रतिव्यक्ति आय बढ्ने, कति बढ्यो त ?
जेठ १३, २०८१ आइतबार
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा, हिमाली क्षेत्रमा बढी असर
जेठ १३, २०८१ आइतबार
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
जेठ १३, २०८१ आइतबार
भक्तपुर अस्पतालमा पाठेघरको निःशुल्क उपचार
जेठ १३, २०८१ आइतबार
निःशुल्क स्वास्थ्य शिविरमा नौ सय जनाको उपचार
जेठ १३, २०८१ आइतबार