प्याजको भाउ ५ सय प्रतिशतले महंगाे
नेपालबहस संवाददाता
मंसिर १०, २०७६ मंगलबार १६:१७:१५
१० मंसिर काठमाडौं । तपाईको घरको भान्सामा दशैं, तिहार, छठ लगायतका पर्व सकिएसंगै हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै पाँच सय प्रतिशतले महँगो भएको छ । पछिल्लो समय भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको वर्षको मंसिरमा प्रतिकेजी ३१ रुपियाँ थोक किनबेच भएको प्याज अहिले बढेर १७७ रुपियाँ थोकमै पुगेको छ । खुद्रा बजारमा प्याजको भाउ २०० देखि २२० रुपियाँसम्म कारोबार भइरहेको छ ।
समितिका अनुसार अघिल्लो वर्ष यो बेलामा कालीमाटीमा मात्रै भारतबाट दैनिक ९५ देखि १०० टन प्याज आयात हुने गरेकोमा अहिले औसतमा ५० टन मात्रै आएको छ । मागको आधा मात्रै प्याज आपूर्ति भएकाले मूल्य बढेको हो ।
भाउ अझै बढ्ने
नेपालमा प्याज उत्पादनको मौसम भर्खर सुरु भएको छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । हाम्रोमा आठ-दश दिनभन्दा धेरै प्याज भण्डारण गर्न पनि सकिन्न । त्यसैले अहिले खुद्रा २०० देखि २२० रुपियाँसम्म पुगेको प्याजको भाउ थप बढ्न सक्ने व्यापारी बताउँछन् ।
उपभोक्ता अधिकारकर्मीहरू सरकारको अनुगमन नै नभएकाले प्याज व्यापारीले मनपरी भाउमा बिक्री गर्ने गरेको आरोप लगाउँछन् । उपभोक्ता हित अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बजारमा प्याज कम आएर भन्दा पनि व्यापारीको मनपरीका कारण भाउ महँगो भएको बताए ।
नेपालमा खपत हुने परिमाणमध्ये झन्डै ९८ प्रतिशत भारतकाे नासिक, कानपुर, इन्दौर, लखनऊ र सिमलालगायत स्थानबाट आयात हुन्छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा पाँच अर्ब ६२ करोड २५ लाख रुपियाँको प्याज आयात भएको थियो । काठमाडौँ उपत्यकामा मात्रै दैनिक २७० टन खपत हुन्छ ।
बङ्गलादेशमा पनि महँगो
भारतले दोस्रो देशमा निर्यात रोकेपछि बङ्गलादेशमा पनि यसको भाउ महँगो भएको छ । बङ्गलादेशमा प्याजको भाउ एक वर्षको बीचमा ८०० प्रतिशतसम्म बढेको समाचार सार्वजनिक भएको थियो । भारतमा प्याजको उत्पादनमा कमी आएपछि गएको असोजदेखि भारतले नेपाल र बङ्गलादेशमा प्याज निर्यात प्रतिबन्ध गरेको थियो ।
प्याजको मूल्य अत्यधिक बढेपछि बङ्गलादेशकी प्रधानमन्त्री सेख हसिनाले प्याज खान छाडेको पनि समाचार सार्वजनिक भएको थियो ।
यस्तो छ कातिमाटी तरकारी फलफूल बजार समितिका अनुसार आजको थोकमूल्य विवरण हेर्नुस :
|
स्रोत :नेपाल सरकार, कृषि तथा पशुपन्छी बिकास मन्त्रालय, कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समिति ।।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार