बढ्दो धपेडी घट्दो स्वास्थ्य
नेपालबहस संवाददाता
मंसिर १०, २०७६ मंगलबार १८:५८:९
१० मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज फेरि अस्पताल भर्ना भएका छन् । आजको समस्या भने नियमित भन्दा पृथक छ । एपेन्डिसाइटिसले पिरोलेपछि उनी आज विहानै अस्पताल पुगेका हुन् ।
जाँचपड्तालपछि उनको पेटमा एपेन्डिसाइटिसले सताएको पत्ता लाग्यो । अनि तत्कालै शल्यक्रिया गर्ने निर्णय गरियो । अचेल प्रधानमन्त्री ओलीको अस्पताल आउजाउ निकै बढेको छ । हप्ताको दुई पटक जस्तो त उनको मृगौलाको डायलासिस नै गर्नुपर्छ ।
डाइलासिस गर्दा कम्तिमा पाँच घण्टा अस्पतालको बसाई हुन्छ । आते जाते गर्दा लगभग सात घण्टा त एकपटकको डाइलासिसमा खर्च हुने गरेको छ । मृगौलाले काम गर्न छाडेपछि शरीरका अरु अंगप्रत्यङ्गले पनि क्रमश काम गर्न नसक्ने हुन्छ । त्यसैको सुरुआत भएको त हैन ? यस्ता प्रश्न उब्जनु स्वभाविक हो ।
देशको कार्यकारी प्रमुखको अधिकांश समय अस्पतालको चक्कर लगाउँदै वित्ने स्थिति आयो भने सुखी नेपाली समृद्ध नेपालको नाराको के हविगत होला ? नेपाली जनताको दुई तिहाई समर्थन प्राप्त ओली सरकार निकम्मा भयो भन्ने आरोप सबैतिरबाट लागेको अवस्था छ ।
हुन पनि सरकारले अहिलेसम्म नेपाली जनताको मनमा केही हुन्छ र हुँदैछ भन्ने विश्वास दिलाउन सकेको छैन । लगभग दुई वर्षको अवधि त अहंकार र दम्भमा नै वितायो ओली सरकारले । सबैतिरबाट चर्काे आलोचना हुन थालेपछि भने अहिले मन्त्रिमण्डल पुनर्गठन गरेर जनताको ध्यान अन्यत्रै मोड्ने प्रयत्न गरिएको छ ।
गत साता मन्त्रिपरिषद पुनर्गठन गर्दा पनि ओलीले विवेक बन्धकी राखेको भन्दै आफ्नै पार्टी पंक्तिबाट बढी विरोधको स्वर सुन्नु परेको छ । पाँच वर्ष प्रधानमन्त्री पद जोगाउन ओलीले गएको साता राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी किनारा सदर भन्दै पार्टी अध्यक्षको कार्यकारी अधिकार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुम्पिएका छन् । जबकि अहिले उनको स्वास्थ अवस्था एकदमै नाजुक छ ।
जब जब उनको स्वास्थ कमजोर बन्छ , त्यही बेला उनी दुनियाँलाई देखाउन अझ बढी सकृय हुन थाल्छन् । यसले ओलीको स्वास्थ्य अझै जोखिममा पर्ने चिकित्सकहरुको भनाई छ । तर ओली प्रधानमन्त्री पद जोगाउन चिकित्सकको राय सुझावलाई धोती लगाउन उद्यत छन् ।
चाहिने भन्दा बढी धपेडी लिएकाले नै प्रधानमन्त्रीको स्वास्थ अझै खस्कन गएको छ – नाम बताउन नचाहने एकजना चिकित्सक भन्छन् ,अहिले एपेन्डिसाइट बढेको पनि त्यही अनावश्यक धपेडीले हो । मृगौलाले काम गर्न छाडेपछि शरीरका अन्य अंग पनि कमजोर हुने भएकाले नै यतिखेर नै एपेन्डिसाइट बढेको हो – उनले भने । तर ओली भने बाँकी तीन वर्षको अवधि जसरी भएपनि प्रधानमन्त्रीका रुपमा बिताउने ध्याउन्नमा छन् ।
त्यसका लागि उनले यो उमेरमा समेत दोस्रो पटक भएपनि मृगौला प्रत्यारोपण गर्ने मनस्थिति बनाएका हुन् । संभवतः यही महिनाको अन्त्यसम्म उनी उपचारका लागि अमेरिका जाने छन् । सरकारी नियुक्तिका केही काम पूरा गर्नपर्ने भएकाले उनी रोकिएका हुन्, ओली निकट स्रोतको भनाई छ । खासगरी रिक्त संवैधानिक निकायका पदाधिकारी पदपूर्ति गरेपछि भने ओली लामो विदामा बस्ने गरी उपचारमा रहने भएका छन् ।
त्यसका लागि उनले संवैधानिक परिषद ऐनको मौजुदा व्यवस्थामा परिर्वतन गर्न चाहेका छन् । बहुमतले पदाधिकारी नियुक्त गर्न मिल्ने गरी ऐनमा संशोधन गरी पारित गर्न उनले अध्यादेश तयार गरेका छन् । उक्त अध्यादेश लालमोहर लगाउन अहिले राष्ट्रपति कार्यालय पठाइएको छ ।
स्रोतका अनुसार , राष्ट्रपतिले उक्त अध्यादेश चाँडै नै स्वीकृत गरी लालमोहर लगाउने अन्तिम तयारीमा छन् । आगामी साता हुने उपनिर्वाचन लगत्तै अध्यादेशमा लालमोहर लगाउने तयारी भएको छ । उक्त अध्यादेशले लोकतन्त्रको हुर्मत लिने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत संविधानका जानकार भने विरोधमा उत्रिएका छन् ।
प्रधानमन्त्री ओली भने अध्यादेशमा लालमोहर लाग्ने वित्तिकै बहुमतका आधारमा आफ्ना आसेपासेलाई संवैधानिक आयोगमा नियुक्ति दिने कसरतमा जुटेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट भाषण हुने समयसम्म दलहरुबीच सहमति हुनेमा प्रधानमन्त्री विश्वस्त
जेठ १३, २०८१ आइतबार
महिलाहरूको क्षमता कमजोर बनाउने कथाको चक्र तोड्न राजनीतिमा आए : उपप्रमुख डंगोल
जेठ १३, २०८१ आइतबार
आगामी आर्थिक वर्षको बजेट मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने
जेठ १३, २०८१ आइतबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको स्वागत तथा सम्मान
जेठ १२, २०८१ शनिबार
बजेट भाषण हुने समयसम्म दलहरुबीच सहमति हुनेमा प्रधानमन्त्री विश्वस्त
जेठ १३, २०८१ आइतबार
महिलाहरूको क्षमता कमजोर बनाउने कथाको चक्र तोड्न राजनीतिमा आए : उपप्रमुख डंगोल
जेठ १३, २०८१ आइतबार
चालू आर्थिक वर्षमा ३ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अर्थमन्त्रीको अनुमान
जेठ १३, २०८१ आइतबार
मौरीका घार रित्तिन थालेपछि व्यवसाय संकटमा
जेठ १३, २०८१ आइतबार
काठमाडौंको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सारिने
जेठ १३, २०८१ आइतबार
आगामी आर्थिक वर्षको बजेट मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने
जेठ १३, २०८१ आइतबार