हिंसा अन्त्यका लागि राष्ट्रसंघ पूर्ण प्रतिबद्ध

नेपालबहस संवाददाता
मंसिर १०, २०७६ मंगलबार २०:८:२७

१० मंसिर एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले महिला हिंसा अन्त्य गर्न आह्वान गरेका छन् ।महिला हिंसा निर्मूल पार्ने सम्वन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा उनले यस अभियानलाई सरोकारवाला सवै मिलेर सफल पार्नु पर्नेमा पनि जोड दिए ।
“सरकारी पक्ष, निजी क्षेत्र, नागरिक समाज र हरेक आम नागरिकलाई हातेमालो गरेर महिला हिंसा विरुद्धको अभियानमा लाग्न आग्रह गर्दछु,” उनले भनेका छन् । महासचिव गुटेर्रेसले महिला हिंसा विरुद्ध अभियान चलाईरहेकाहरुप्रति सम्मान र ऐक्वबद्धता व्यक्त गरेका छन् । उनले महिला अधिकार र समानताका लागि काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने, “हामीले सँगै मिलेर काम गर्नुपर्छ, यौनिक हिंसा, बलात्कार जस्ता घटना अन्त्य गर्नुपर्दछ ।” उनले महिलाविरुद्ध हुने सवै प्रकारका हिंसा अन्त्यका लागि राष्ट्रसंघ पूर्ण प्रतिबद्ध रहेको पनि उनले गरे ।
महासचिव गुटेर्रेस विश्वभरका हरेक तीन महिला मध्ये एक महिला हिंसाबाट प्रभावित भएको पाइएको पनि जानकारी दिए ।
यस बर्षपनि अघिल्ला बर्षमा झै नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
ब्राजिलकी पूर्व राष्ट्रपति रुसेफले अस्पताल भर्ना
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
हिउँदे खडेरीले वन डढेलो : धेरै घटना तराईमा, क्षति पहाडमा
फागुन १५, २०८१ बिहिबार
आज मगर एकता दिवस, नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
फागुन १५, २०८१ बिहिबार
कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना, अन्य प्रदेशको मौसम कस्तो रहला ?
फागुन १५, २०८१ बिहिबार
सात महिनामा वीरगञ्ज नाकाबाट ४० अर्ब बढीको सामान निर्यात
फागुन १५, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १५, २०८१ बिहिबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार