११०० बलियो टेवा बन्दै, के देखाउँछ आजको बजारले ? (प्राविधिक विश्लेषणसहित)
आर्थिक संवाददाता
मंसिर १०, २०७६ मंगलबार २२:४२:३३
९ मंसिर, काठमाडाैं । आज नेप्से परिसूचक शुन्य दशमलव ९१ ले घटेको छ । आज बजार बन्द हुँदा शुन्य दशमलव ०८ प्रतिशतको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११०९ दशमलव १६ को बिन्दुमा बन्द भएको हाे । जम्मा २९ करोड ५८ लाख बराबरको शेयर किनबेच भएको छ । जसमा दिनभरमा १६५ कम्पनीका ११ लाख ३४ हजार कित्ता शेयर किनबेच भएको हाे ।
विभिन्न समयमा नेप्से परिसूचक :
आज नेप्से परिसूचक १२ बजेर २ मिनेटमा सबै भन्दा धरैले बढेर ११११ दशमलव ७७ को बिन्दुमा पुगेको थियो भने २ बजेर ५१ मिनेटमा सबै भन्दा न्यून ११०७ दशमलव २४ को बिन्दुमा पुगेको थियो । आज पनि बजारले ११०० को क्षेत्रलाई एउटा महत्वपूर्ण टेवाको रुपमा प्रमाणित गरेको छ ।
आजको बजारको प्रवृत्ति हेर्दा खरिदकर्ता र बिक्रीकर्ताले कुनै पनि प्रकारको रणनीति लिन नसकेको प्रस्ट हुन्छ ।
हेरौं आज सर्वाधिक कारोवार हुने कम्पनीहरु :
आज नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर सर्वाधिक ५ करोड ८२ लाखको किनबेच भएको छ भने दोश्रोमा सिटिजन्स बैंकको ३ करोड ८२ लाख बराबरको सस्थापक शेयर खरिदबिक्री भएको छ । आज माथिल्लो दुई कम्पनीको संस्थापक शेयरलाई घटाउने हो भने कारोवार रकम सुस्त नै देखिन्छ।
हेरौं सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु :
प्राविधिक विश्लेषण:
प्रतिरोध : १११३ बन्द बिन्दु : ११०९.१६ टेवा : ११००
आज नेप्सेमा खरिदकर्ता र विक्रीकर्ताहरुको चाप दुबै कम रहेको छ । अन्तिम दिनको मैनबत्ती चित्रले “डोजी” आकृति बनाएको छ। यसले घटी रहेको बजारमा विक्रेताको चाप कमजोर भएको संकेत गर्दछ ।
“आरएसआई”को रेखाले बजारको सन्तुलन गुमाएको अर्थात “न्यूट्रल जोन”भन्दा तल झरेको छ। यसले बजारमा आपूर्ती बढी रहेको संकेत गरेको छ। आरएसआई २९ दशमलब ४१ बिन्दुमा छ।
“एडिएक्स”ले केहि समय अघिदेखि आपूर्ति हावी रहेकोमा हाल कमजोर हुँदै गएको संकेत गरेको छ। जोड र बेजोड डाइरेक्सनल इन्डेक्स केहि मात्रामा नजिकिएकोले बजारमा माग बढ्न थालेको संकेत गरेको छ ।
“अन ब्यालेन्स भल्यूम”ले हालसम्म बजारमा मागभन्दा आपूर्ति बढेको संकेत गरेको देखिन्छ। नेप्से बढेमा पहिलो प्रतिरोध १११३ मा पाउने देखिन्छ र घटेमा पहिलो टेवा ११०० मा पाउने देखिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार