अलबिदा ! वरिष्ठ पत्रकार विनय
नेपालबहस संवाददाता
मंसिर १०, २०७६ मंगलबार २२:५६:१
१० मंसिर, काठमाडौं । अनवरत रुपमा पत्रकारिता क्षेत्रमा योगदान दिएका वरिष्ठ पत्रकार विनय कसजूको निधन भएको छ। गत कात्तिक १९ गते निमोनियाका कारण ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका कसजुको आज दिउँसो निधन भएको छ ।
‘पारिवारिक स्रोतका अनुसार अस्पतालमा उपचाररत कसजूको दिउँसो ३ बजे निधन भएको हो । उनी सूचना आयोगका संस्थापक प्रमुख आयुक्त हुन् । सूचना हक तथा सूचना आयोगको स्थापनाका लागि कसजूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पत्रकारिता र साहित्य दुवै विधामा परिचित कसजू जनमूखी सञ्चार माध्यमका पक्षपाती हुन्। उनले साहित्यतिर छोटा कथा र बाल रचनामा विशेष रुपमा कलम चलाएका थिए।
पाल्पाको तानसेनमा सन् १९४७ जुलाई १८ का दिन जन्मिएका उनको बाल्यकाल गुल्मीको रिडीमा बितेको थियो । ग्रामीण पत्रकारिताको विकासमा उनको विशेष योगदान रहेको छ । उनले गाउँले जनजीवनलाई उपयोगी हुने गरी देउराली गाउँले भित्ते पत्रिकाको सुरुवात गरेका थिए।
उनले सन् १९९६ देखी १९९९ नेपाल प्रेस काउन्सिलको सल्लाहकारका रूपमा काम गरेका थिए। राष्ट्रिय समाचार समितिको बोर्डको सदस्यको रूपमा र मानव अधिकार आयोग र इन्सेकको सल्लाहकारका रूपमा पनि काम गरेका थिए। नेपाली भाषा साहित्यका क्षेत्रमा समर्पित कसजूका ५० बढी बाल साहित्यका कृति प्रकाशित भइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार
पुष १९, २०८१ शुक्रबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले संसद अधिवेशन नबोलाएर अध्यादेशमार्फत दल फुटाउने नीति लिएः माओवादी
पुष १९, २०८१ शुक्रबार
पर्यटकीयस्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल
पुष १९, २०८१ शुक्रबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान
पुष १९, २०८१ शुक्रबार
सामूहिक खेतीतर्फ आकर्षित सिसवोनीका दलित महिला
पुष १९, २०८१ शुक्रबार
काग्रेसले विभागहरुसँग माग्यो कार्ययोजना, फागुन मसान्तभित्र बुझाइसक्नुपर्ने
पुष १९, २०८१ शुक्रबार