प्रमुख निर्वाचन आयुक्तको आग्रह, मौन अवधिमा मुख र थैली दुवै बन्द गर्नुस !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
मंसिर १०, २०७६ बुधबार ३:३८:४५
![](https://nepalbahas.prixacdn.net/media/albums/dinesh-kumar-thapaliya-e1574784370391_9MrMnpt32m.jpg)
१० मंसिर काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शनिबार हुने उपनिर्वाचनमा राजनीतिक दल र उम्मेदवारले कुनै चलखेल नगरी शान्तरूपमा बसेर उदाहरण प्रस्तुत गर्न आग्रह गरेका छन् ।
उनले बुधबार राति १२ बजेबाट निर्वाचनको मौन अवधि सुरु हुने भएकाले त्यस अवधिमा हुने चलखेल रोक्नलाई आयोगले यस पटक विशेष निगरानी राख्ने जानकारी पनि दिए ।
प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिलाई उपनिर्वाचनको तयारीबारे आयोगमा मङ्गलबार जानकारी गराउदै प्रमुख आयुक्त थपलियाले भने, ‘‘मौन अवधिमा मुख मात्र होइन निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले थैली पनि नखुलोस् र अन्य क्रियाकलाप पनि बन्द नै रहोस् भन्न चाहेको हो, मौन अवधिको पूर्णपालना सबै राजनीतिक दल, उम्मेदवारबाट हुने विश्वास आयोगले लिएको छ ।’’
उनले भने मौन अवधिमा राजनीतिक दल र उम्मेदवारले चुनावी चिन्तन छोड्नुपर्छ, मौन अवधि उपनिर्वाचनको जस्तो होस् भनी सधैँका लागि नमूना प्रस्तुत गर्न पाइयोस्, यसका लागि राजनीति दल र उम्मेदवारले कुनै चलखेल नगरी शान्तरूपमा बसेर उदाहरण प्रस्तुत गर्नुपर्छ ।
प्रमुख आयुक्त थपलियाले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न उपनिर्वाचनको ९५ प्रतिशत तयारी कार्य पूरा भएको छ, अब मतदान केन्द्रको निर्माण, मतदान, मतगणना, नजिता सार्वजनिक गर्ने मात्रै काम बाँकी रहेको जानकारी सांसदहरूलाई गराए ।
सबै मतपत्र र मतदाता परिचयपत्र सम्बन्धित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको जानकारी गराउँदै प्रमुख थपलियाले प्रचार प्रसारपछिको मौन अवधि विगतमा आलोच्य बनेकाले यस पटक त्यो हुन नदिन आयोगले विशेष ध्यान पु¥याउने बताए ।
प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले आयोगलाई स्वायत्त, बलियो र सक्षम बनाउन समितिको पूरा सहयोग र साथ रहने विश्वास व्यक्त गरे। सभापति श्रेष्ठले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउने सवालमा समितिको सधै सहयोग र समर्थन रहने जानकारी गराउँदै निर्वाचलाई मितव्ययी बनाउन, समितिको निर्देशन कार्यान्वयन गर्न र मतदातालाई ढुक्क भएर मतदान गर्ने वातावरणको सुनिश्चित गर्न सुझाव दिए ।
निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी रहेको हुँदा मतदातालाई निर्धक्क भएर मतदानमा भाग लिन पाउने वातावरण सुनिश्चित भएको बताए
।
कार्यक्रममा सांसदहरूले निर्वाचन आचारसंहिताको कडाईका साथ पालना भए नभएको प्रभावकारी अनुगमनको व्यवस्था गर्न, मतदान स्थलमै मतगणनाको व्यवस्था गर्न, निर्वाचनलाई प्रविधिमैत्री बनाउन, निर्वाचनलाई कम खर्चिलो तुल्याउन, नक्कली मतदाताबाट हुन सक्ने मतदानप्रति सचेत रहन तथा मौनअवधिमा हुन सक्ने अनेकौं आर्थिक चलखेललाई रोक्न आयोगलाई चनाखो रहन सुझाव दिए।
मौन अवधि भनेको निर्वाचन प्रचार प्रसार गर्न नपाइने मात्र होइन, मतदाता किन्नका लागि ‘थैली पनि खोल्न मिल्दैन’ भन्ने पक्षलाई बुझाउन जरुरी छ, अहिले मौन अवधि भनेको पैसा बाँड्ने समयका रूपमा बुझिएको छ, पैसाका आधारमा चुनाव जित्ने पवृत्तिले लोकतन्त्र बलियो हुन सक्दैन, यसमा आयोगबाट विशेष निगरानी होस् भनी सांसदहरूले आयोगको ध्यानाकर्षण गराएका थिए । थियो । यसरी धारणा राख्नु हुने सांसदहरूमा दिलेन्द्रप्रसाद बडू, मिना पाण्डे, डा.अमरेशकुमार सिंह, छक्कबहादुर लामा, झपड रावल, नवराज सिलवाल, यशोदाकुमारी सुवेदीलगायत थिए ।
नेता कर्मचारीलाई नखटाइने
निर्वाचन आयोगले जिल्लास्थित निजामती कर्मचारीसँग सम्बद्ध राष्ट्रियस्तरको ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनका जिल्लास्तरका कार्य समितिका पदाधिकारी वा केन्द्रीयस्तरका पदाधिकारीलाई नखटाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।
साथै आयोगले सरकारी सेवामा कार्यरत कर्मचारीको परिभाषाभित्र रहेका उम्मेदवारका नातेदारलाई उपनिर्वाचनसम्बन्धी काममा नियुक्ति नगर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको जानकारी आयोगले दिएको छ ।
अस्पतालको नियुक्ति बदर
यसैबीच, निर्वाचन आयोगले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिले नयाँ चिकित्सक तथा कर्मचारी नियुक्ति गरेको सम्बन्धमा परेको उजुरीमा २४ घण्टाभित्र आयोगलाई जानकारी दिन आदेश दिएको छ । साथै, आयोगले सो नियुक्ति प्रक्रिया बदर गर्ने निर्णय पनि गरेको जानकारी आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
असार १२, २०८१ बुधबार
कांग्रेसले स्वास्थ्य तथा गुणस्तर सम्बन्धी गैर सरकारी विधेयक दर्ता गराउने
असार १२, २०८१ बुधबार
उपप्रमुख डंगोलसँग ल्हासा नगरको प्रतिनिधिमण्डलको भेटवार्ता
असार १२, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त बझाङको विद्यालयलाई एक लाख सहयोग प्रदान
असार १२, २०८१ बुधबार
रास्वपाको भविष्य छैन, दुर्घटना उन्मुख छः महामन्त्री मुकुल
असार १२, २०८१ बुधबार
सिटिजन्स बैंकका ग्राहकलाई सितल चौतारीमा विशेष छुट
असार १२, २०८१ बुधबार
प्रदेशको बजेट, उठाउनै नसक्ने आन्तरिक ऋण !
असार १२, २०८१ बुधबार