साउदी नेतृत्वको गठबन्धनको नियन्त्रणमा रहेका २०० हुथी विद्रोहीको रिहा
नेपालबहस संवाददाता
मंसिर ११, २०७६ बुधबार १३:४८:७
११ मंसिर एजेन्सी । साउदी नेतृत्वको गठबन्धनले विभिन्न समयमा यमनबाट नियन्त्रणमा लिइएका दुई सय हुथी विद्रोही लडाकूलाई रिहा गरेको छ ।
“कैदीबन्दीहरूलाई रिहा गर्नका लागि स्वीडेनको राजधानी स्कटहोममा भएको स्टकहोम सहमतिमा टेकेर मङ्गलबार विद्रोही पक्षका २०० जनालाई रिहा गरिएको छ,” गठबन्धन सेनाका प्रवक्ता तुर्की अल मालिकीले बताए ।
“त्यस्तै व्यावसायिक उडानका लागि सन् २०१६ देखि बन्द गरिएको साना एअरपोर्टबाट उपचार आवश्यक भएमा उपचार सेवा लिन जान गठबन्धन सेनाले हुथी विद्रोहीलाई अनुमति पनि दिइनेछ,” उनले थपे । यमनमा स्थायी शान्ति स्थापनाका लागि राष्ट्रसङ्घको पहलमा भएका प्रयासमा यस पहिले विद्रोहीले नियन्त्रणमा लिएका करीब ३०० सैनिकलाई फिर्ता गरेको थियो । कैदीहरूको आदानप्रदानका लागि राष्ट्रसङ्घको समर्थनप्राप्त यमनी सरकारले पहललाई सकारात्मक भनेको छ ।
यमनमा युद्धरत पक्षलाई शान्तिका लागि वार्तामा ल्याउन राष्ट्रङ्घले आफ्ना विशेष प्रतिनिधि मार्टिन ग्रिफिथ्समार्फत साउदी अरब नेतृत्वको गठबन्धन सेना र यमनी हुथी विद्रोही विगत केही महिनादेखि पहल जारी राख्नुभएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलको तेल अवीवमा हमासद्वारा रकेट प्रहार
जेठ १३, २०८१ आइतबार
इजिप्टबाट केरम शालोम हुँदै सहायता ट्रकहरू गाजामा प्रवेश
जेठ १३, २०८१ आइतबार
राजकोट आगलागी : मालिक र व्यवस्थापक सोधपुछका लागि प्रहरी नियन्त्रणमा
जेठ १३, २०८१ आइतबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध
जेठ १३, २०८१ आइतबार
अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द
जेठ १३, २०८१ आइतबार
निजामतीमा महिलाको प्रतिनिधित्व १३ दशमलव ६ प्रतिशत
जेठ १३, २०८१ आइतबार
स्वास्थ्य मन्त्रालयको बेरुजु ३ अर्ब
जेठ १३, २०८१ आइतबार
पत्नी बलात्कार मुद्दामा निलम्बित न्यायाधीश गिरी दोषी ठहर
जेठ १३, २०८१ आइतबार
ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्द्रसम्म
जेठ १३, २०८१ आइतबार