कङ्गोको राजधानी किन्सासामा व्यापक वर्षापछि डुबान, कम्तीमा ३६ जनाको मृत्यु
नेपालबहस संवाददाता
मंसिर ११, २०७६ बुधबार १३:५४:५३
११ मंसिर एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको राजधानीमा रातिको समयमा मुसलधारे वर्षापछि भएको डुबानमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको नगरका उच्च अधिकारीहरूले बताएका छन् ।
किन्सासा शहरमा सोमबार रातिको वर्षापछि भएको डुबानका कारण शहरका विभिन्न भागमा वस्तीहरू जलमग्न भएका र स्थानीय समयअनुसार मङ्गलबार दिउँसोसम्ममा कम्तीमा ३६ जना मृत भेटिएका छन् । अधिकारीहरूले शहरका कतिपय बस्ती अकस्मात डुबानमा परेकाले तत्काल उद्धारका प्रयास विफल हुँदा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।
किन्सासा क्षेत्रका आन्तरिक (प्रान्तीय) मामिलामन्त्रीलाई उद्धृत गर्दै किन्सासाका उप–प्रशासक नेरोन एमबुनगुले भने, “मङ्गलबारसम्म ३६ जना मृत भेटिएका छन् । केही व्यक्ति परिवारको सम्पर्कमा नआएपछि उनीहरूको खोजी जारी रहेको छ ।” मुसलधारे वर्षाका कारण ठूलो क्षेत्र डुबान भएका कारण थप कैयौँ व्यक्ति पनि वेपत्ता भएकाले उनीहरूलाई जीवित उद्धार गर्नसकिने सम्भावना क्षीण रहेको स्थानीयहरूले एएफपीलाई बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार